काठमाडौं,फागुन,१२-सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन् ।१३ औं अर्थात् अन्तिम चरणको खेलअन्तर्गत आज दुई खेलहरु हुन लागेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लबबीच दिउँसो १ बजे प्रतिस्पर्धा हुनेछ । आज हिमालयन र फ्रेन्ड्स जित निकाल्दै अंक तालिका सुधार गर्ने योजनामा हुनेछन् । १३ अंक […]
खेल
विश्वकप छनोट : तेश्रो स्थानको लागि आज नेपाल र ओमान खेल्दै
काठमाण्डौं,फागुन,१२-ओमानमा जारी टि-ट्वान्टी विश्वकप छनोट प्रतियोगिता अन्तर्गत सेमीफाइनलमा युएईसंग पराजित भएको नेपालले तेश्रो स्थानको लागि आज बिहिबार ओमानसंग खेल्नेछ। युएईसंग पराजित हुँदै नेपालको टि-२० विश्वकप २०२२ छनोट हुने सम्भावना समाप्त भइसकेको छ। नेपाल र ओमान बीचको खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ। खेलको प्रत्यक्ष प्रशारण हिमालय टिभी र युट्युबमा ओएसआर स्पोर्ट्सले गर्नेछ। यस्तै ICC.tv बाट […]
खप्तड गोल्डकप : उद्घाटनमा मनाङ र दिल्ली भिड्ने
काठमाडौं,फागुन,११-पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकपको उदघाटन खेलमा मनाङ मर्स्याङ्दी क्बल र भारतको दिल्ली फुटबल क्लब भिड्ने भएका छन् । मनाङ र दिल्लीबीचको उदघाटन खेल कैलालीको धनगढी रंगशालामा फागुन १९ गते हुनेछ । सुदुरपश्चिम-११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । आयोजक सुदुरपश्चिम–११ सहित मनाङ, दिल्ली, हिमालयन शेर्पा क्लब, एनजेजेवाईसी फुटबल क्लब, क्यामरुनको […]
टी-ट्वान्टी विश्वकप छनोट : नेपालले आज युएईको सामना गर्ने
काठमाडौं,फागुन,१०-आईसीसी टी-ट्वान्टी विश्वकप ग्लोबल छनोटको सेमिफाइनलमा आज मंगलबार नेपालले युएईको सामाना गर्दैछ। आफ्ना तीनै खेलमा जित निकालेसँगै नेपाल ग्लोबल छनोट ‘ए’ को समूह बीको विजेता बन्दै सेमिफाईनलमा प्रवेश गरेको हो । अस्ट्रेलिया हुने विश्वकपमा स्थान बनाउनका लागि अब नेपालले समूह ‘ए’को उपविजेता युएईलाई पराजित गर्नुपर्ने हुन्छ । सोमबार भएको छनोट अन्तर्गतको तेस्रो खेलमा क्यानडालाई ८ […]
नेपाल समूह विजेता बन्दै सेमिफाइनल प्रवेश,क्यानडालाई ८ विकेटले पराजीत
काठमाडौं,फागुन,९-नेपाल आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट ए को सेमिफाइनलमा प्रवेश गरेको छ । ओमानको अल अमेरातमा सोमबार क्यानडालाई ८ विकेटले हराउँदै नेपाल अन्तिम चारमा पुगेको हो । क्यानडालाई हराएसँगै छनोटको समूह ‘बी’ मा रहेको नेपाल समूह विजेता बन्यो । नेपालले ३ खेलमा ३ जितसहित ६ अंक जोड्यो । ओमान ३ खेलमा ४ अंक […]
टी-ट्वान्टी विश्वकप छनोट : क्यानडाद्वारा नेपाललाई ८१ रनको लक्ष्य
काठमाडौं,फागुन,८-आईसीसी विश्वकप टी–ट्वान्टी ग्लोबल छनोट अन्तर्गत आफ्नो तेस्रो खेलमा क्यानडाले नेपाललाई ८१ रनको लक्ष्य दिएको छ । ओमानको राजधानी मस्कटस्थित अल अमिरात क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको क्यानडाले १४ ओभरको अन्तिम बलमा अलआउट हुँदै ८० रन बनायो । उसका लागि कप्तान नवनित ढलिवालले १८, रायन पठानले १४ रन बनाए । लमान नजारले १० […]
ए डिभिजन लिग : ब्रिगेड र सातदोबाटो भिड्ने
काठमाडौं,फागुन,९-कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज सोमबार एक खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा ब्रिगेड ब्वाइज क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । ब्रिगेड र सातदोबाटोबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । ब्रिगेडका लागि यस खेल निकै महत्वपूर्ण रहेको छ । रेलिगेसनबाट जोगिन ब्रिगेडलाई सातदोबाटोविरुद्धको खेल जित्नैपर्ने […]
टी-ट्वान्टी विश्वकप छनोट : नेपालले आज क्यानडाको सामना गर्दै
काठमाण्डौं,फागुन,९-आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट ए को तेस्रो खेलमा नेपालले आज सोमबार क्यानडाको सामना गर्दैछ । विश्वकपमा छनोट हुने लक्ष्यसहित ओमान पुगेको नेपालले अल अमेरात क्रिकेट मैदानमा क्यानडाको सामना गर्नेछ । नेपाल र क्यानडाबीचको खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ । छनोटको समूह ‘बी’ मा रहेको नेपाल आज क्यानडालाई हराउँदै छनोटमा लगातार तेस्रो […]
टी-ट्वान्टी विश्वकप ग्लोबल छनोटमा नेपालको लगातार दोस्रो जित
काठमाडौं,फागुन,७-आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले फिलिपिन्सलाई १ सय ३६ रनले पराजित गर्दै सेमिफाइनल नजिक पुगेको छ । ओमानको अल अमेरात क्रिकेट मैदानमा २ सय १९ रनको लक्ष्य पछ्याएको फिलिपिन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै मात्र ८२ रन जोड्न सक्यो । नेपालको यो लगातार दोस्रो जित हो । यस अघि नेपालले आयोजक ओमानलाई […]
टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा कुशल भुर्तेलको शतक
काठमाडौं,फागुन,७-आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको ग्लोबल छनोटअन्तर्गत नेपालको दोस्रो खेलमा कुशल भुर्तेलले अन्तर्राष्ट्रिय शतक प्रहार गरेका छन् । ओमानको मस्कटस्थित अल अमिरात क्रिकेट मैदानमा भएको फिलिपिन्सविरुद्धको खेलमा भुर्तेलले पहिलो अन्तर्राष्ट्रिय शतक प्रहार गरेका हुन् । ५७ बलको सामना गरेका भुर्तेलले १३ चौका र १ छक्काको मद्दतमा १ सय रनको पूरा गरेका हुन् ।यसअघि टी–ट्वान्टीमा नेपालको तर्फबाट […]



