नेपाल समूह विजेता बन्दै सेमिफाइनल प्रवेश,क्यानडालाई ८ विकेटले पराजीत

काठमाडौं,फागुन,९-नेपाल आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट ए को सेमिफाइनलमा प्रवेश गरेको छ । ओमानको अल अमेरातमा सोमबार क्यानडालाई ८ विकेटले हराउँदै नेपाल अन्तिम चारमा पुगेको हो । क्यानडालाई हराएसँगै छनोटको समूह ‘बी’ मा रहेको नेपाल समूह विजेता बन्यो । नेपालले ३ खेलमा ३ जितसहित ६ अंक जोड्यो । ओमान ३ खेलमा ४ अंक […]

टी-ट्वान्टी विश्वकप छनोट : क्यानडाद्वारा नेपाललाई ८१ रनको लक्ष्य

काठमाडौं,फागुन,८-आईसीसी विश्वकप टी–ट्वान्टी ग्लोबल छनोट अन्तर्गत आफ्नो तेस्रो खेलमा क्यानडाले नेपाललाई ८१ रनको लक्ष्य दिएको छ । ओमानको राजधानी मस्कटस्थित अल अमिरात क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको क्यानडाले १४ ओभरको अन्तिम बलमा अलआउट हुँदै ८० रन बनायो । उसका लागि कप्तान नवनित ढलिवालले १८, रायन पठानले १४ रन बनाए । लमान नजारले १० […]

ए डिभिजन लिग : ब्रिगेड र सातदोबाटो भिड्ने

काठमाडौं,फागुन,९-कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज सोमबार एक खेल हुँदैछ ।    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा ब्रिगेड ब्वाइज क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । ब्रिगेड र सातदोबाटोबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । ब्रिगेडका लागि यस खेल निकै महत्वपूर्ण रहेको छ । रेलिगेसनबाट जोगिन ब्रिगेडलाई सातदोबाटोविरुद्धको खेल जित्नैपर्ने […]

टी-ट्वान्टी विश्वकप छनोट : नेपालले आज क्यानडाको सामना गर्दै

काठमाण्डौं,फागुन,९-आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट ए को तेस्रो खेलमा नेपालले आज सोमबार क्यानडाको सामना गर्दैछ । विश्वकपमा छनोट हुने लक्ष्यसहित ओमान पुगेको नेपालले अल अमेरात क्रिकेट मैदानमा क्यानडाको सामना गर्नेछ । नेपाल र क्यानडाबीचको खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ । छनोटको समूह ‘बी’ मा रहेको नेपाल आज क्यानडालाई हराउँदै छनोटमा लगातार तेस्रो […]

टी-ट्वान्टी विश्वकप ग्लोबल छनोटमा नेपालको लगातार दोस्रो जित

काठमाडौं,फागुन,७-आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले फिलिपिन्सलाई १ सय ३६ रनले पराजित गर्दै सेमिफाइनल नजिक पुगेको छ ।  ओमानको अल अमेरात क्रिकेट मैदानमा २ सय १९ रनको लक्ष्य पछ्याएको फिलिपिन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै मात्र ८२ रन जोड्न सक्यो । नेपालको यो लगातार दोस्रो जित हो । यस अघि नेपालले आयोजक ओमानलाई […]

टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा कुशल भुर्तेलको शतक

काठमाडौं,फागुन,७-आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको ग्लोबल छनोटअन्तर्गत नेपालको दोस्रो खेलमा कुशल भुर्तेलले अन्तर्राष्ट्रिय शतक प्रहार गरेका छन् । ओमानको मस्कटस्थित अल अमिरात क्रिकेट मैदानमा भएको फिलिपिन्सविरुद्धको खेलमा भुर्तेलले पहिलो अन्तर्राष्ट्रिय शतक प्रहार गरेका हुन् । ५७ बलको सामना गरेका भुर्तेलले १३ चौका र १ छक्काको मद्दतमा १ सय रनको पूरा गरेका हुन् ।यसअघि टी–ट्वान्टीमा नेपालको तर्फबाट […]

नेपालले दियो फिलिपिन्सलाई २ सय १९ रनको विशाल लक्ष्य

काठमाडौं,फागुन,७-आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको ग्लोबल छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले फिलिपिन्सलाई २ सय १९ रनको लक्ष्य दिएको छ । ओमानको मस्कटस्थित अल अमिरात क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा तानिएको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २ सय १८ रन बनाएको हो ।   नेपालका लागि कुशल भुर्तेलले अविजित रहँदै शतक र दिपेन्द्रसिंह ऐरीले […]

‘ए’ डिभिजन लिगमा आजबाट १२ औं चरणका खेल हुने

काठमाडौं,फागुन,७-सहिद स्मारक ‘ए’ डिभिजन लिगमा अब दुई चरणका खेल मात्र बाँकी छन् ।साविक विजेता मच्छिन्द्रले उपाधि रक्षा गरिसकेको छ भने रेलिगेशनबाट बच्न पुछारका टोलीको रोचक प्रतिस्पर्धा हुनेछ।यस्तै मनाङ मर्स्याङदी क्लब र थ्री स्टारसँगै त्रिभुवन आर्मी क्लबबीच शीर्ष स्थान पछिको स्थानका लागि हुने प्रतिस्पर्धाले १२ औं चरणको खेल रोमान्चक बन्ने देखिन्छ । आज दशरथ रंगशालामा तालिकाको […]

टी-ट्वान्टी विश्वकप छनोट: ओमानमाथि नेपालको शानदार जित

काठमाडौं,फागुन,६-आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले आयोजक ओमानमाथि ३९ रनको जित हात पारेको छ । १ सय १८ रनको लक्ष्य पछ्याएको ओमान १७ ओभरमा अलआउट हुदै ७८ रनमात्र जोड्न सक्यो ।  ओमानका लागि नसिम खुसीले २४ रन, आमिर कलिमले ९, जातिन्दर सिंहले ९, खबर अलीले ७, कलिमुल्लाहले ५, अयान खानले ३, जिसन मक्सुदले २ […]

टी-ट्वान्टी विश्वकप छनोट : नेपालले आज ओमानसंग सामना गर्दै

काठमाडौं,फागुन,६-आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट ए को पहिलो खेलमा नेपालले आज शुक्रबार घरेलु टोली ओमानको सामना गर्दैछ । विश्वकपमा छनोट हुने लक्ष्यसहित ओमान पुगेको नेपालले अल अमेरात क्रिकेट मैदानमा घरेलु टोलीको सामना गर्नेछ । नेपाल र ओमानबीचको खेल बिहान ११:४५ बजे सुरु हुनेछ  । छनोटको समूह ‘‘ए’ मा रहेको नेपाल घरेलु टोलीलाई हराउँदै […]