नेपालले इराकविरुद्ध खेल्नु ठुलो अवसर हो:कप्तान किरण चेम्जोङ

इराक,जेठ,१४-राष्ट्रिय फुटबल टिम कप्तान किरण चेम्जोङले इराकविरुद्धको मैत्रीपूर्ण खेल नेपालका लागि ठुलो अवसर रहेको बताउनु भएको छ । बिहिबार साँझ इराकी सञ्चार माध्यमसंग कप्तान चेम्जोङले मैत्रीपूर्ण खेलका लागि आफुहरुले राम्रो अभ्यास गरेको बताउनुभयो ।   ‘यो हाम्रो लागि ठुलो अवसर हो ।यसका लागि राम्रो अभ्यास गरेका छौं ।’ उहाँले सञ्चारकर्मी समक्ष बताउनुभयो । मैत्रीपूर्ण खेलका […]

नेपालले २० वर्षपछि इराकसंग अन्तराष्ट्रिय मैत्रीपुर्ण फुटबल खेल्दै

काठमाण्डौं,जेठ,१२-कोरोना महामारीका बीच नेपाली राष्ट्रिय फुटबल टिम बुधबार विहान इराक पुगेको छ। नेपाली राष्ट्रिय टिम सन् २००७ को एएफसी एसियन कप च्याम्पियन इराकसँग मैत्रीपूर्ण खेल खेल्नका लागि बगदाद पुगेको हो।  अर्को सातादेखि कुवेतमा सुरु हुने फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को दोस्रो चरणको तयारीका लागि नेपाली टिमले इराकसँग मैत्रीपूर्ण खेल खेल्न लागेको […]

विश्वकप फुटबल हरेक दुई वर्षमा गर्ने फिफाको योजना

एजेन्सी,जेठ,९-विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप फुटबल हरेक दुई वर्षमा आयोजना गर्ने तयारी थालेको छ । फिफाले महिला र पुरुषको विश्वकप हरेक दुई वर्षमा आयोजना गर्नका लागि अध्ययन थालेको छ । साउदी अरेबियन फुटबल फेडेरेसनको प्रस्तावमा फिफाले विश्वकप दुई वर्षमा आयोजना गर्नका लागि अध्ययन थालेको हो । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले साउदीको प्रस्तावलाई स्पष्ट र […]

नेपालमा एकैदिन ८ हजार २०३ जना संक्रमित थपिए,१९६ जनाको मृत्यु

काठमाडौं,जेठ,४-नेपालमा पछिल्लो २४ घण्टामा ८२०३ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा २० हजार ९७९ परीक्षण गर्दा ८ हजार २ सय ३ जनामा कोरोना पोजेटिभ देखिएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा २० हजार २८६ जनामा पिसिआर परीक्षण गर्दा ८ हजार १३६ मा पोजेटिभ देखिएको र ६९३ जनाको एन्टिजेन परीक्षण गर्दा ६७ […]

विश्वकप छनोट र इराकसँग खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं,जेठ,४-फिफा विश्वकप तथा एसियन छनोट र इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा भएको छ । कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले मंगलबार २३ सदस्सीय नेपाली टिमको घोषणा गरेका छन् । बन्द प्रशिक्षणमा रहेका ३२ खेलाडीबाट प्रशिक्षक अलमुताईरीले २३ सदस्सीय नेपाली टिम छनोट गरेका हुन् ।प्रशिक्षक अलमुताईरीले नेपाली टिममा ठुलो परिवर्तन गरेका छन् । नेपाली टिमका नियमित सदस्य […]

बार्सिलोनालाई च्याम्पियन्स लिगको उपाधि

काठमाण्डौं,जेठ,३-बार्सिलोनाको महिला टिमले च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ ।आईतबार राति लण्डन क्लब चेल्सीलाई पराजित गर्दै बार्सिलोनाले उपाधि कब्जा गरेको हो । स्पेनिस क्लब बार्सिलोनाले चेल्सीमाथि ४–० को एकतर्फी जित निकाल्यो । चेल्सीको पुरुष टिम शनिबार रातिमात्र एफ ए कपको फाईनलमा लेस्टर सिटीसंग पराजित बनेको थियो । त्यसको भोलि पल्ट महिला टिमले च्याम्पियन्स लिगको उपाधि […]

उत्तर कोरियाले विश्वकप नखेल्ने

काठमाण्डौं,जेठ,३-उत्तर कोरियाले फिफा विश्वकप छनोट र एसियन कप छनोटको बाँकी खेल नखेल्ने भएका छन् । एसियन फुटबल फेडेरेसन (एएफसी) ले आइतबार उत्तर कोरियाले छनोटबाट नाम फिर्ता लिएको जनाएको छ । उत्तर कोरिया छनोटको समूह ‘एच’ मा रहेको छ । यस समूहमा उत्तर कोरिया आठ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।एएफसीले उत्तर कोरियाले नाम फिर्ता […]

नेपाल सुपर लिग: धनगढीलाई हराउँदै काठमाडौं च्याम्पियन

काठमाडौं,जेठ,१-काठमाडौं रेजर्स एफसीले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा धनगढी एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै काठमाडौं च्याम्पियन बनेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौंलाई जित दिलाउन मेसौके ओलोमोउले निर्णायक गोल गरे । मेसौकेले खेलको २१ औं मिनेटमा निर्णायक गोल गरेका हुन् । विश्वास श्रेष्ठले धनगढीका मिडफिल्डर विशाल […]

नेपाल सुपर लिगको उपाधीका लागी आज काठमाडौं रेजर्स भर्सेस धनगढी भिडने

काठमाडौं,जेठ,१-नेपाल सुपर लिग (एनएसएल)को उपाधिका लागि आज (शनिबार) काठमाडौं रेजर्स एफसी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उपाधि भिडन्त साँझ साढे ५ बजे सुरु हुनेछ।काठमाडौं र धनगढी यस प्रतियोगितामा तेस्रो पटक भिड्न लागेका हुन् । यस अघि लिग चरण र पहिलो प्लेअफमा भिडेका दुई टोली फाइनलमा पनि भिड्न लागेका हुन्।दुबै भेटमा […]

काठमाडौं रेजर्सलाई हराउँदै धनगढी एफसी फाइनलमा प्रवेश

काठमाडौं,बैशाख,२८-धनगढी एफसी पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो प्लेअफमा काठमाडौं रेजर्सलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै धनगढी फाइनल पुगेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा धनगढीलाई जित दिलाउन पुजन उपरकोटी र विशाल राईले एक एक गोल गरे ।काठमाडौंका तेज तामाङले एक गोल […]