गोपाल जंग थापा र पूर्णकला विसीको स्वरमा “पहाडको ठन्डो पानी” सार्वजनीक (भिडीयो सहित)

काठमाण्डौं,मंसिर,१२-विगत लामो समय देखि गित संगितमा लागि परि रहनु भएका चर्चित गायक तथा सञ्चारकर्मी गोपाल जंग थापा र गायिका पूर्णकला विसीको स्वरमा सजिएको नयाँ प्रस्तुती “पहाडको ठन्डो पानी” बोलको देउडा गित सार्वजनिक भएको छ । चित्रकला बुढा थापाको लय र प्रकाश थापाको शब्दमा रहेको “पहाडको ठन्डो पानी” गितलाई विजय थापाले संगित गर्नु भएको छ।गोपाल जंग थापाको आफ्नै […]

तिहार पर्व मलाई औधी मन पर्छ, सम्झनामा बाल्यकालको देउसी-भैलो

जापान,कात्तिक,१८-तिहार पर्व मलाई औधी मन पर्छ ! तिहार हिन्दु धर्मावलम्बीहरूको दशैं पछिको सबैभन्दा ठूलो पर्व हो । तिहारलाई झिलीमिलीको पर्व अर्थात उज्यालोको पर्व पनि भनिन्छ ! तिहार दशैंको पन्ध्र दिनपछि आउने पर्व हो । यो पर्व कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कार्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म (पाँच दिन) मनाइन्छ । […]

महाकवि देवकोटाको आज ११३ औँ जन्म जयन्ती

काठमाडौँ,कार्तिक,१८-नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औँ जन्म जयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म वि.सं. १९६६ मा कात्तिक कृष्ण औँसी अर्थात लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न शुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना […]

आज फागु पूर्णिमा अर्थात होली पर्व उल्लासपूर्वक मनाइदैं

काठमाडौं,चैत्र,१५-काठमाडौं उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा उल्लासपूर्वक आज फागू पूर्णिमा अर्थात् होली पर्व मनाइंदै छ । फागु पर्व एक आपसमा मैत्री भाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रंग दलेर तथा लोला खेलेर होली मनाउने गरिन्छ । सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र […]

सुदूरपश्चिममा होलीको रौनक सुरू,पाँच दिन मनाइन्छ रुपाली होली

कञ्चनपुर,चैत,१४-सुदूरपश्चिममा कञ्चनपुर, कैलाली र डडेल्धुरा जिल्लामा पाँच दिनसम्म होली मनाइने गरिएको छ ।पहाड र तराईमा गरी दुई दिन मात्रै होली मनाउने गरिए पनि सुदूरपश्चिमको रुपालमा भने फागुन शुक्ल एकादशीका दिनबाट सुरु भएर फागु पूर्णिमाको दिन होली मनाउने गरिन्छ । पछिल्लो समय बसाईसराईका कारण कञ्चनपुरमा पनि रुपाली होलीको रौनक बढेको छ । पहिले सुदूरपश्चिमको डडेल्धुराको रुपालमा […]

नयाँ वर्षको उपलक्ष्यमा जेआरएफद्धारा फोटो कन्टेस्टको आयोजना

फुकुओका,जापान,चैत्र,१२-आउदै गरेको नयाँ वर्ष २०७८ सालको पावन अवसरमा जापान रेमिट फाईनान्स (JRF) ले आफ्नो आधिकारिक फेसबुक पेज मार्फत फोटो कन्टेस्ट (PHOTO CONTEST)२०२१ को आयोजना गरेको छ। उक्त प्रतियोगितामा जापान भरी रहनुभएका इच्छुक महानुभावहरुले सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ।सहभागी हुन चाहाने ईच्छुक व्यक्तीको फोटो संकलन यहि फाल्गुन २७ गते बिहिबार अर्थात (मार्च ११) तारिख देखि सुरु […]

घरमै होली पर्व मनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं,चैत,११-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होली पर्व घरमै मनाउन र भीडभाड नगर्न अनुरोध गरेको छ ।कोरोना संक्रमितको संख्यासँगै जोखिम बढेको भन्दै मन्त्रालयले थप सतर्कता अपनाउन आग्रह गरेको छ । बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भन्नुभयो, ‘पछिल्लो केही दिनमा संक्रमणको संख्या उकालो लागेको छ । जोखिम पनि बढेको छ । त्यसैले होली […]

सुदुरपश्चिममा माघ १५ देखि नियमीत प्याराग्लाईडिङ्ग संचालन हुदै

बुडर डोटी,माघ,११-प्रदेश नं.७ सुदुरपश्चिममा यहि माघ १५ गते (बिहिबार) देखि प्याराग्लाइडिङ पुनह:नियमीत रुपमा सञ्चालन हुने भएको छ। छतिवन पर्यटन प्रबर्द्धन संरक्षण समिती र स्काईलाई प्रा.लि को संयुक्त सहकार्यमा निरन्तर प्याराग्लाईडिङ्ग संचालन हुने भएको हो ।  प्याराग्लाईडिङ्ग निरन्तर संचालन हुने भएपछि टिकट बुकिङ खुल्ला गरिएको छतिवन पर्यटन प्रबर्द्धन संरक्षण समितिका अध्यक्ष भरत कुवंरले बिहानी अनलाईनलाई जानकारी दिनुभयो […]

आज राष्ट्रिय टोपी दिवस

काठमाडौं,पौष,१७-आज राष्ट्रिय टोपी दिवस ! नेपालमा हरेक वर्ष विविध कार्यक्रमका बीच मनाईदै आएको राष्ट्रिय टोपी दिवस यस वर्ष भने कोरोना भाईरसका कारण बितेका वर्ष जस्तो विविध कार्यक्रम नगरी मनाईदैछ । यस वर्ष विभिन्न सामाजीक सन्जाल फेसबुक,टुईटर,ईन्स्टाग्राममा युवाहरुको जमातले ढाका टोपि अर्थात भादगांउले टोपि लगाएका तस्विर पोष्ट गर्दै एक आपसमा शुभकामना आदान प्रदान गरि मनाईदै छ […]

आजबाट अंग्रेजी नयाँ वर्ष सन् २०२१ सुरु

काठमाण्डौं,पुस,१७-आज बाट अंग्रेजी नयाँ वर्ष २०२१ सुरु भएको छ।आज  नयाँ वर्षका दिन विश्वभरका मानिसहरुले एक आपसमा शुभकामना आदान प्रदान गर्दै मनाइरहेका छन् । यद्यपी विगत जस्तो भने यस वर्ष भव्यताका साथ कार्यक्रहरु भने भएनन्।२०२० को वर्ष विश्वभरी कोरोना भाइरसको महामारीका कारण गएका वर्ष जस्तो भने हुन नसकेको हो। विश्वभरी २०२० को अन्तीम दिन सम्म कोरोना भाईरसका कारण […]