काठमाण्डौं,असोज,१७- चुनावी तालमेल लगायत समकालिन राजनीतिका विषयमा हाम्रो पनि माओवादी केन्द्रसँग वार्ता भइरहेको छ’ कांग्रेस महामन्त्री शशांक कोइरालाले भने ‘यो विषयमा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग कुरा गरिहरनु भएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवासँग ‘वान टू वान’ वार्ता गरेको र थप कुराकानी हुने महामन्त्री […]
राजनीति
भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदै
काठमाडौं,असोज,१७- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने भएका छन् । भारतीय कम्पनी सतलजको लगानीमा बन्न लागेको अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास गर्न मोदी नेपाल आउन लागेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी मोदीले संयुक्त रुपमा उक्त आयोजना शिलान्यास गर्ने कार्यक्रम छ । त्यसका लागि मोदी असोज अन्तिम साता वा कात्तिक पहिलो साता नेपाल आउने […]
हामी बोल्सेभिक, एमाले मेन्सेभिकः प्रचण्ड
काठमाडौं,असोज,१७- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबारको पार्टी सचिवालय बैठकमा एमालेसँगको एकता प्रस्तावलाई अनौठो तर्कद्वारा स्थापित गर्ने प्रयत्न गरे । उनले रुसमा कम्युनिस्ट पार्टी विभाजन भएर दुई धार बनेका बोल्सेभिक र मेन्सेभिकबीच पुनः एकताको प्रसंग कोट्याए । उनले माओवादीलाई बोल्सेभिक र एमालेलाई मेन्सेभिकका रुपमा अथ्र्याए । रुसी भाषामा बोल्सेभिकको अर्थ बहुमत र मेन्सेभिकको अर्थ […]
एकीकरण र तालमेलको फगत हल्ला
हरिविनोद अधिकारी’ काठमाण्डौं,असोज,१७- नेकपा एमाले र नेकपा माओबादी केन्द्रका बिचमा आगामी निर्वाचनहरुका लागि उम्मेदवार तालमेलको कुरासँगै दुबै दलहरुको एकीकरणसम्मको कुरा बाहिर आएको छ । फुट्नु भन्दा जुट्नु अत्यन्त राम्रो हो र झन एउटै बिचारका आधारमा खोलिएका दलहरु मिल्नु त समय, श्रम र सिपको समेत संचय गर्नु हो । अनि नेपाली सञ्चार माध्यमहरु र राजनीतिक वृत्तमा […]
देवनारायणका बाबुछोरालाई रिहाइको पहल गर्न सीडीओलाई गृहमन्त्रीको निर्देशन
काठमाडौं,असोज,१६- भारतीय प्रहरीद्वारा पक्राउ परेका सीमा बचाऊ अभियानकर्ता देव नारायण यादव र उहाँका छोरालाई छुटाउन गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले सप्तरीका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनु भएको छ । सप्तरी तिलाठीका देव नारायण यादव र उनको छोरा अजयलाई भारतीय प्रहरीको नियन्त्रणबाट रिहाईको पहल थाल्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनु भएको हो । उहाँले सप्तरीका प्रमुख जिल्ला अधिकारी भगिरथ […]
देव नारायण यादवलाई छुटाउन प्रचण्ड र गृहमन्त्री शर्माको पहल
काठमाडौं,असोज,१६- भारतीय प्रहरीद्वारा पक्राउ परेका सीमा बचाऊ अभियानकर्ता देव नारायण यादवलाई छुटाउन आवश्यक पहल गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पहल शुरु गर्नु भएको छ । यादवलाई शनिवार भारतीय बजारमा लागेको दशेरा मेला हेर्न गएको बेला भारतीय प्रहरीले यादव र उनका छोरासहित तीनजनालाई नियन्त्रणमा लिएको थियो । त्यतिखेर यादव र अन्य एकजनालाई रिहाई गरेपनि उनका […]
आगामी निर्वाचनमा माओवादीसँग तालमेल गर्ने एमाले स्थायी समितिको निर्णय
काठमाण्डौं,असोज,१५- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आउँदो प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा सत्ता साझेदार नेकपा माओवादी केन्द्रसँग तालमेल प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ। एमाले स्थायी समितिको आइतबार बिहान बसेको बैठकले वामपन्थी पार्टीहरुसँग मोर्चा बनाएर अघि बढ्ने निर्णय गरेको सचिव योगेश भट्टराईले जानकारी दिनुभयो । स्थायी समितिको बैठकमा मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको चुनावमा पार्टीले अपनाउने […]
चिकित्सक संघको आन्दोलन फिर्ता
काठमाण्डौ,असोज,१३- सरकारले माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएपछि नेपाल चिकित्सक संघले आन्दोलन स्थगित गरेको छ । आज बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी कार्यालयमा भएको वार्तामा प्रधानमन्त्री शेर बहादुर देउवाले संघले उठाएको माग सम्बोधन गर्दै चिकित्सकलाई सुरक्षाको पुर्ण प्रत्याभुति दिलाउने प्रतिवद्धता जनाएपछि संघले तत्काललाई आन्दोलन स्थगित गरेको हो । चिकित्सकहरुमाथि हातपात भईरहेको र सुरक्षाको महसुस नभईरहेका बेला सरकारले […]
वीरगन्ज महानगरपालिकाको मेयरमा फोरम नेपालका सरावगी विजयी
वीरगन्ज, असोज ११- प्रदेश नम्बर–२ मा भएको स्थानीय तह निर्वाचनअन्तर्गत् पर्साको वीरगन्ज महानगरपालिकामा संघीय समाजवादी फोरम नेपाल विजयी भएको छ । प्रदेश नम्बर–२ को एकमात्र महानगरपालिका वीरगन्जमा फोरम नेपालका मेयर पदका उम्मेदवार विजय सरावगीले नेपाली कांग्रेसका उम्मेदवार अजय द्विवेदीलाई पछाडि पार्दै विजय हासिल गरेका हुन् । बुधबार सार्वजनिक मतपरिणामअनुसार सरावगीले १९ हजार ३९३ मत प्राप्त […]
१०४ दिन पछि गोर्खाल्याण्ड आन्दोलन स्थगित
नयाँ दिल्ली, असोज ११- विगत सय दिनभन्दा बढी अवधिदेखि चलिरहेको गोर्खाल्याण्ड आन्दोलन र दार्जीलिङ बन्दको कार्यक्रम आन्दोलनकारीहरुले फिर्ता लिएका छन्। भारतको केन्द्रिय सरकारका गृहमन्त्री राजनाथ सिंहको आग्रहमा उक्त आन्दोलन र बन्दको कार्यक्रम फिर्ता गरिएको सरकारी अधिकारीहरुले बताएका छन्। दार्जीलिङ बन्द स्थगित भएपछि पहाडकी रानी भन्ने नामबाट परिचित दार्जीलिङ र आसपासका सबै ठाउँका जनजीवन बुधबार बिहानदेखि […]