काठमाण्डौं,असोज २- आयल निगमका प्रमुख कार्यकारी गोपाल खड्का बर्खास्त हुनु भएको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले उहाँलाई बर्खास्त गरेको हो। खड्काले निगमको जग्गा खरिदमा अनियमितता गरेको संसदीय समितिले ठहर गरेको थियो। पेट्रोलियम पदार्थ भण्डारण गर्न जग्गा खरिद गर्दा चलनचल्तीभन्दा चारगुना बढी मूल्य भुक्तानी गरी अनियमितता गरेको पुष्टि गर्दै आपूर्ति मन्त्रालयले खड्कालाई कारबाही गर्न प्रधानमन्त्री […]
राजनीति
प्रदेश नं: २ मा मतदान जारी ,मतदान केन्द्रमा मतदाताको उत्साहजनक सहभागिता
काठमाडौं,असोज,२- स्थानीय तह तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश २ का ८ जिल्लामा मतदान जारी रहेको छ । बिहान ७ देखि सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ । सप्तरीको राजविराजमा १ सय ३ वर्षीया एक वृद्धाले मतदान गरेकी छन् ।वडा नम्वर ७ बस्ने १ सय ३ वर्षीय समानदेवी जोशीले मतदान गरेकी हुन् […]
प्रदेश नम्बर २ को निर्बाचनको तयारी पुरा
काठमाडौं, असोज १- निर्वाचन आयोगले प्रदेश नम्बर २ मा भोली(सोमबार) हुने स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।निर्वाचनका लागि सबै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी पुगिसकेको आयोगले जनाएको छ । प्रदेश नम्बर २ का सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, बारा, पर्सा, रौतहट र धनुषा गरी आठ जिल्ला छन् ।सबै जिल्लामा गरी १३६ स्थानीय […]
सीमा नाका बन्द
रौतहट ,३१ भदौ स्थानीय तह निर्वाचनको शान्ति सुरक्षालाई ध्यानमा राख्दै गएराति १२ बजेदेखि निर्वाचन हुने आठ जिल्लामा भारतसँग सीमा जोडिएका क्षेत्रमा सीमा नाका बन्द गरिएको छ । निर्वाचन हुने समय भन्दा ७२ घण्टा अघिदेखि निर्वाचन हुने सीमा जोडिएका जिल्लामा नाका बन्द गरिएको हो । खुला सीमाको फाइदा उठाउँदै हतियार, विस्फोटक पदार्थ तथा आपराधिक समूह भित्रिनसक्ने […]
कांग्रेस र राजपाबीच प्रतिष्ठाको लडाईं
जनकपुरधाम,२९ भदौ कांग्रेस नेता विमलेन्द्र निधि डेरा जमाएरै बसेका छन्, गृहनगरमा । उनलाई साथ दिँदै पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पनि बुधबार भोट माग्न पुगे । निधिजस्तै सक्रिय छन्, राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो पनि । जनकपुरका लथालिंग अवस्थाका भित्री सडकमा महतोको ‘साइकल सवारी’ यतिबेला चर्चामा छ, मतदातामाझ । […]
राप्रपा प्रजातान्त्रिकबाट ३ मन्त्री र १ राज्यमन्त्रीले सपथ लिदै
काठमाडौं,भदौं,२६- प्रधानमन्त्री देउवाले पाँचौ पटक विस्तार गरेको मन्त्रीमण्डलमा परेका मन्त्रीहरुले आज सपथ लिदैछन । मन्त्रीमण्डलमा राप्रपा प्रजातान्त्रिकवाट ३ मन्त्री तथा १ राज्यमन्त्री सहभागी भएपछि उनिहरको सपथ आज हुन लागेको हो । राप्रपावाट दीपक वोहोरा, विक्रम पाण्डे र शुनिल थापा मन्त्री वन्नुभएको छ भने रेशम लामा राज्यमन्त्री बन्नुभएको छ । मन्त्रीहरुले आज विहान ११ वजे राष्ट्रपति […]
छैंठौ पटक मन्त्रीपरिषद विस्तारको तयारी
काठमाडौं,भदौं,२५- राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक दीपक बोहोराको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले छैठौंपटक मन्त्रिपरिषद विस्तार गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट विभाजित भएर बनेको राप्रपा प्रजातान्त्रिकलाई सरकारमा सहभागी गराउन लाग्नुभएको हो । मन्त्रालयमा कुरा मिले आज नै राप्रपा प्रजातान्त्रिक सरकारमा सहभागी हुनेछ ।राप्रपा प्रजातान्त्रिक राप्रपाबाट विभाजित भएको एक महिना पुगेको […]
काँग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओली पनि मधेश जादै
काठमाडौं,भदौं,२५- प्रदेश नम्बर २ मा हुने तेस्रो चरणको स्थानीय निर्वाचनमा आफ्ना उम्मेदवार जिताउन शीर्ष नेताहरु घरदैलो अभियानमा व्यस्त भएका छन् । २ नम्बर प्रदेशको निर्वाचनलाई प्रतिष्ठाको विषय बनाएका दलहरुले प्रचार–प्रसार अभियानलाई तीव्र बनाएका हुन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम नेपाल लगायतका दल तथा उम्मेदवार भोट […]
समानुपातिक निर्वाचनमा भाग लिन दलहरूले भदौ २७ भित्र निवेदन दिनुपर्ने
काठमाडौं,भदौं,२५- निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दलले आजदेखि २७ भदौं सम्म आवेदन दिनुपर्ने भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन आगामी मंसिर १० गते आइतबार र मंसिर २१ गते बिहीबार दुई चरणमा एकै साथ गर्ने सरकारले निर्णय गरिसकेको छ । निर्वाचन आयोगमा दर्ता […]
पूर्वपदाधिकारीलाई सुविधासम्बन्धी विधेयक माथी छलफल
काठमाडौं,भदौ २२- व्यवस्थापिका–संसदको राज्य व्यवस्था समितिको बैठकमा पूर्वपदाधिकारीलाई सुविधा दिने सम्बन्धमा बनेको विधेयकमा परेका संशोधनमाथि छलफल थालिएको छ । समितिको कार्यालय सिंहदरबारमा आज बसेको बैठकमा संशोधन प्रस्ताव राख्ने समिति सदस्यहरुसँग छलफल सुरु गरिएको हो । बैठकमा विधेयक ल्याउनुको औचित्यमाथि नै सदस्यहरुबीच मत बाझिएको छ । बैठकमा संशोधन दर्ता गर्नेमध्येका एक सदस्य राजीवविक्रम शाहले पूर्वपदाधिकारीजस्तै पूर्वसांसदहरुलाई […]