प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना सकियो

काठमाडौं,मंसिर,२१-प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना सकिएको छ।निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फको पनि मतगणना सकिएको हो । आयोगका अनुसार कुल १ करोड ५ लाख ६० हजार ६७ मत सदर भएको छ।जसमा सबैभन्दा धेरै नेकपा (एमाले)ले पाएको छ। एमालेले २८ लाख ४५ हजार ६४१ मत पाएको आयोगले जनाएको छ ।दोस्रोमा रहेको नेपाली कांग्रेसले २७ लाख १५ […]

समानुपातिकतर्फको मतगणना आज सकिंदै

काठमाडौं,मंसिर,२०-यही मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको समानुपातिकर्फको मत गणना आज मंगलबार सकिने भएको छ । मंगलबार बिहान ६ बजेसम्म एक करोड चार लाख ७८ हजार ७ सय ३५ मतगणना भएको छ । जसमा २८ लाख १४ हजार ६ सय ५५ मत मत पाउँदै नेकपा (एमाले) अग्रस्थानमा रहेको छ । यस्तै २६ […]

प्रत्यक्षतर्फ १६४ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कसको कति सिट ?

काठमाडौं,मंसिर,२०-प्रतिनिधिसभा निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फ १६४ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएको छ।सार्वजनिक भएको मतपरिणाम अनुसार सबैभन्दा धेरै नेपाली कांग्रेसले ५७ निर्वाचन क्षेत्र जितेको छ । नेकपा एमालेले ४४ वटा निर्वाचन क्षेत्र जितेको छ।यस्तै, नेकपा माओवादी केन्द्रले १७ सिट जितेको छ।नेकपा एकीकृत समाजवादीले १० सिट जितेको छ।प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले ७/७ सिट जितेको […]

समानुपातिकतर्फ कुन दलले कति मत प्राप्त गरे ?

काठमाडौं,मंसिर,१२-प्रतिनिधि तथा प्रदेश सभामा समानुपातिकतर्फको मत गणनामा नेकपा एमालेले कांग्रेससँग फराकिलो अग्रता बनाउँदै लगेको छ । निर्वाचन आयोगको पछिल्लो तथ्यांक अनुसार एमालेले प्रतिनिधि सभातर्फ २५ लाख ७ हजार भन्दा बढी मत प्राप्त गर्दा कांग्रेसले २३ लाख ७७ हजार मत पाएको छ । त्यस्तै तेस्रो स्थानमा उक्लिएको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ५६ हजार, चौथो स्थानको […]

प्रतिनिधीसभा र प्रदेशसभा तर्फ कुन पार्टीको जित र अग्रता कती?

काठमाडौं,मंसिर,६-मंसिर ४ गते भएको प्रतिनिधीसभा र प्रदेशसभाको मतगणनाको परिणाम आईरहेको छ । यसैविच अहिले विहान ६ बजे सम्म प्रतिनिधिसभा तर्फ र प्रदेशसभा तर्फ कुन दलले कति सिट जिते र कति ठाँउमा अग्रता बनाईरहेका छन् हेरौं ।। प्रतिनिधीसभा तर्फ  १. नेपाली काँग्रेस जित-३ अग्रता -४३  २.नेकपा एमाले जित-२ अग्रता-३७  ३. नेकपा माओवादी केन्द्र जित- ० अग्रता […]

काठमाडौं–१ मा रवीन्द्र मिश्रलाई हराउँदै काँग्रेसका प्रकाशमान सिंह विजयी

काठमाडौं,मंसिर,६-नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौं-१ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भएका छन् । उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रलाई हराउनु भएको हो।  सिंहले २०७४ को निर्वाचनमा पनि मिश्रलाई हराउनु भएको थियो । सिंहले ७ हजार १ सय ४३ मत  प्राप्त गरेका छन् । मिश्रले ७ हजार १८ मत प्राप्त गरेका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार […]

देशभर प्रतिनिधि सभा र प्रदेश सभाको आज निर्वाचन हुँदै

काठमाडौं,मंसिर,४-देशभर प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चयनका लागि आज (आईतवार)मतदान हुँदैछ ।आगामी ५ वर्षका लागि मतदान हुन लागेको हो । निर्वाचन गराउन आयोगबाट खटिएका कर्मचारी आवश्यक सबै सामग्री लिएर मतदान केन्द्रमा पुगिसकेको छ।आयोगका अनुसार आज विहान ७ बजेदेखि मतदान सुरु हुने जनाएको छ। बेलुकी ५ बजेसम्म हुने मतदानका लागि लाइन लाग्ने, मतपत्र लिने, मत संकेत […]

बागीलाई निष्क्रिय बनाउन अधिकतम प्रयास गर्ने सत्ता गठबन्धनको निर्णय

काठमाडौं,कार्तिक,२६-सत्तारुढ गठबन्धनले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उठेका बागी उम्मेदवारहरुलाई निष्तेज पार्न अधिकतम प्रयास गर्ने भएको छ । शनिबार सानेपास्थित नेपाली कांग्रेसको केन्द्रिय कार्यालयमा बसेको सत्तारुढ गठबन्धनको केन्द्रिय निर्वाचन परिचालन समितिको सचिवालय बैठकले सो निर्णय गरेको हो । सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुका कुनै पनि उम्मेदवार पराजित हुन नदिनका लागि बागी उम्मेदवारहरुलाई निष्क्रिय बनाउन अधिकतम […]

केन्द्रीय सदस्य कोइरालासहित ७४ जना कांग्रेस पार्टीबाट निष्काशित

  काठमाडौं,कात्तिक,२२-सत्तारूढ नेपाली कांग्रेसले केन्द्रीय सदस्य दिनेश कोइरालासहित ७४ जनालाई पार्टीबाट निष्काशन गरेको छ । पार्टीको निर्णय विपरीतका बागी उम्मेदवार, प्रस्तावक र समर्थकलाई पार्टीबाट निकालेको हो । केन्द्रीय सदस्य कोइरालासहित ७४ जना नेताको नाम पार्टीको अभिलेखबाट हटाउने निर्णय भएको केन्द्रीय अनुशासन समितिले जनाएको छ । पार्टीको विधान बमोजिम ७४ जनालाई ५ वर्षसम्मका लागि पार्टी सदस्य […]

कांग्रेस र एमालेका आर्थिक एजेण्डा विच फरक यस्ता छन् !

काठमाडौं,कार्तिक,१६-सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रमुख प्रतिपक्ष दल नेकपा एमाले दुवैले चुनावी घोषणा पत्र सार्वजनिक गरिसकेका छन् । सत्तारुढ दल कांग्रेसले गत शनिबार र एमालले मंगलबार निर्वाचन घोषणापत्र सार्वजनिक गरेका हुन् । अन्य राजनीतिक दलहरुले पनि चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् । आगामी मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि अधिकांश […]