सिसडोल र बञ्चरेडाँडाका स्थानीयले फिर्ता लिए आन्दोलन

काठमाडौं,साउन,३०-सिसडोल-बञ्चरेडाँडा ल्याण्डफिल साइटमा स्थानीयले काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा लगाएको अवरोधको आन्दोलन फिर्ता लिएका छन् । शहरी विकास मन्त्रालयले दुई महिनाभित्र सबै समस्या समाधानको संयुक्त प्रतिवेदन मन्त्रिपरिषदमा पेश गर्ने निर्णय गरेसँगै उनीहरुले आन्दोलन फिर्ता लिएका हुन् । यसका लागि मन्त्रालयका पदाधिकारीहरूले प्राविधिक टोलीसँग संयुक्त हस्ताक्षर गरेका छन् । यसअघि दुबै ल्याण्डफिल साइटका स्थानीयले भदौ १ गतेदेखि […]

ओलीको नेतृत्वमा एमालेको निर्वाचन परिचालन समिति गठन, तीनै कमिटीको बैठक डाकियो

काठमाडौं,साउन,२६-नेकपा (एमाले)ले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा निर्वाचन परिचालन समिति गठन गरेको छ । बिहीबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले अध्यक्ष ओलीको नेतृत्वमा निर्वाचन परिचालन समिति गठन गरेको पार्टीका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । समितिमा सबै केन्द्रीय कमिटी सदस्य, अनुशासन आयोग, निर्वाचन आयोग, लेखा आयोग र […]

संसद अधिवेशन अझै केही समय चल्छ : मन्त्री शर्मा

काठमाडौं,साउन,२४-कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले चालु संसद अधिवेशन अझै केही समय चल्ने बताउनुभएको छ। मंगलवार प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री शर्माले चालु संसद अधिवेशन केही समय अझै चल्ने बताउनुभएको हो।उहाँले यो संसदले धेरै कानूनहरू बनाउन बाँकी रहेको उल्लेख गर्दै सम्भव भएसम्मका कानूनहरू बनाइने बताउनुभयो। मन्त्री शर्माले राज्यको विभिन्न क्षेत्रमा अझै पनि सकारात्मक विभेद […]

मंसिर ४ गते आमचुनाव गर्ने सरकारको निर्णय

काठमाडौ,साउन,१९-सरकारले आगामी मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्ने निर्णय गरेको छ।बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की जानकारी दिनुभयो। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ नेताहरुको बैठकले आगामी ४ मंसिरमा चुनावको मिति घोषणा गर्ने सहमति गरेको थियो।उक्त सहमति अनुसार,बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चुनावबारे […]

सरकारले आज निर्वाचनको मिति घोषणा गर्ने सम्भावना

काठमाडौं,साउन,१९-मन्त्रिपरिषदको बैठक आज बिहीबार दिउँसो बस्दै छ । बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्ने छ । कुनै राजनीतिक घटना क्रम नभए सरकारले बिहीबार प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मिति घोषणा गर्दैछ । सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूबीच बुधबार भएको छलफलमा आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्ने सहमति भएकाले सरकारले बिहीबार बस्ने […]

एसपीपीलाई अघि नबढाउने लिखित जानकारी अमेरिकालाई गराए: मन्त्री खड्का

काठमाडौं,साउन,१३-सरकारले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) लाई अघि नबढाउने लिखित जानकारी अमेरिकालाई गत साउन ९ गते नै दिएको बताएको छ । शुक्रबार प्रतिनिधि सभा बैठकमा एसपीपीको विषयमा संसदलाई जानकारी गराउदै परराष्ट्रमन्त्री डा.नारायण खड्काले साउन ९ गते नै अमेरिकी सरकारलाई लिखित जानकारी गराएको बताउनुभयो । उहाँले कूटनीतिक माध्यमबाट नेपालले एसपीपीलाई अघि नबढाउने निर्णय गरेको लिखित जानकारी अमेरिकी […]

दलाल पुँजीलाई पोसेर देशमा समाजवाद आउन सक्दैनः अध्यक्ष नेपाल

काठमाडौं,साउन,७-नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले दलाल पुँजीलाई पोसेर देशमा समाजवाद आउन नसक्ने दाबी गर्नुभएको छ । शनिबार कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष नेपालले दलाल पुँजीलाई पोसेर र प्रोत्साहन दिएर देशको राष्ट्रिय पुँजीको प्रवद्र्धन हुनेकुरा सम्भव नहुने बताउनु […]

नेपाली समाजलाई समृद्ध नेपाल,सुखी नेपाली बनाउने ओलीको घोषणा

काठमाडौं,साउन,७-नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाजलाई समृद्ध नेपाल, सुखी नेपाली बनाएर छोड्ने घोषणा गर्नुभएको छ । शनिबार कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो।उहाँले अहिले पनि देशको परिवर्तनकारी र बलियो शक्ति पुष्पलालले नै स्थापना गरेको पार्टी नेकपा एमाले रहेको दाबी […]

प्रतिनिधिसभाबाट पारित नागरिकता विधेयकका प्रावधान यस्ता छन्

काठमाडौँ,साउन,६-प्रतिनिधिसभाबाट ‘नेपाल नागरिकता(पहिलो संशोधन) विधेयक २०७९’ पारित भएको छ।प्रमुख प्रतिपक्षी एमालेका सांसदहरुले पेस गरेका संशोधनलाई अस्वीकृत गर्दै सरकारले पेस गरेको विधेयक प्रतिनिधि सभाले पारित गरेको हो । नयाँ विधेयकमा नेपाल नागरिकता ऐन २०६३ कै केही प्रावधानमा संशोधन गरिएको छ।प्रतिनिधि सभाबाट विधेयकमा नेपाली नागरिकसँग विदेशी महिलाले विवाह गरेमा नागरिकता पाउने पुरानै व्यवस्थालाई यथावत् राखिएको छ । नागरिकता […]

निर्वाचनपछि देशको नेतृत्व माओवादीले गर्छ : अध्यक्ष दाहाल

काठमाडौं,साउन,६-नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचनबाट देशको नेतृत्व नेकपा (माआवादी केन्द्र)ले गर्ने दाबी गर्नुभएको छ । शुक्रबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा भएको पार्टी समायोजन/ध्रुवीकरण तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष दाहालले आगामी संघ र प्रदेशको निर्वाचनमा आउने चुनावमा माओवादीलाई देशको बागडोरको जिम्मा लिनबाट कसैले रोक्न नसक्ने उद्घोष गर्नुभयो।उहाँले […]