काठमाडौँ,भदौ,१४- निर्वाचन आयोगले आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचनका लागि तीन हजार ५७८ मतदान केन्द्र निर्धारण गरेको छ । प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमा हुने उक्त निर्वाचनका लागि दुई हजार १६६ मतदान स्थलसमेत निर्धारण भएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो । प्रदेश नं २ अन्तर्गत सबैभन्दा बढी […]
राजनीति
भ्रष्टाचारी नेता अनुकूल कानून बनाउन प्रधानमन्त्रीको लबिङ
काठमाडौं,भदौं,१४- प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाको निर्देशनमा निर्वाचनसम्बन्धी विधेयक संसदमा अड्किएको छ । अदालतले दोषी ठहर गरेर सजाय भुक्तान गरिसकेको व्यक्तिले निर्वाचन लड्न पाउने गरी कांग्रेसका १९ सांसदको सशोधन प्रस्तावअनुसार विधेयक अघि बढाउन देउवाले राज्य व्यवस्था समितिलाई दबाब दिएको श्रोतको दाबी छ । भ्रष्टाचार मुद्दामा दोषी ठहरिएर सजाय भुक्तान गरेका खुमबहादुर खड्का, चिरञ्जीवी वाग्लेलगायतलाई […]
दलहरू उम्मेदवारी टुंग्याउन सक्रिय
काठमाडौं,भदौं,१४- प्रदेश नं. २ मा असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी छनोट गर्न प्रमुख दल सक्रिय छन् । प्रमुख दलसहित मधेस केन्द्रित दलले एक-दुई दिनभित्रै उम्मेदवारी टुंग्याउने बताएका छन् । आकांक्षी धेरै भएपछि दललाई उम्मेदवार छनोट गर्न सकस भइरहेको छ । दुई नम्बर प्रदेशमा एक महानगर, तीन उपमहानगर, ७३ नगरपालिका […]
गलत टिप्पणी नगर्न सम्बन्धित पक्षलाई प्रधानमन्त्रीको आग्रह
काठमाडौं, भदौ १२- प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल र भारतको सम्बन्धलाई थप फराकिलो र सुदृढ बनाउन आफ्नो भारत भ्रमण सफल भएको बताउनु भएको छ । व्यवस्थापिका–संसदको आजको बैठकमा आफ्नो राजकीय भारत भ्रमणकाबारेमा जानकारी गराउँदै उहाँले सीमा क्षेत्रमा हुने बाढी तथा डुबानको समस्या समाधानका लागि आफूले आफ्ना समकक्षीसँग प्रस्टरुपमा विषयवस्तु राखेको र समाधान हुने विश्वाससमेत पैदा भएको […]
व्यवस्थापिका संसदको बैठक बस्दै
काठमाडौं,भदौं,१२- व्यवस्थापिका संसदको बैठक आज बस्ने भएको छ । संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्नेगरि बैठक बोलाइएको छ । आजको बैठकमा अस्थायी शिक्षकको मागका विषयमा बनेको शिक्षा विद्येयक संशोधनमाथि छलफल हुने छ, भने बैठकमा बन मन्त्रालय अन्तरगत बनेको अन्तराष्ट्रिय संन्धीमाथि छलफल हुने संसद सचिवालयका सह–प्रवक्ता भरत गौतमले जानकारी दिनुभयो । संसद बैठकमा प्रमुख […]
प्रदेश नम्बर २ मा हुने निर्वाचनको लागी दलहरु उम्मेदवार छान्न व्यस्त
काठमाडौं,भदौ,१२- प्रमुख राजनीतिक दलहरु प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनको मिति नजिकिदै गर्दा उम्मेदवार छान्न व्यस्त भएका छन् । उम्मेदवारको अन्तिम सुची तय गर्न कांग्रेस, एमाले, माओवादी केन्द्र र राजपा आन्तरिक छलफलमा व्यस्त भएका हुन् । आकांक्षीहरुको संख्या धेरै भएपछि उम्मेदवार छान्न नसकेको कांग्रेसले आन्तरिक छलफल जारी राखेको छ । आजदेखि उम्मेदवारको अन्तिम निर्णय प्रक्रिया सुरु […]
संविधान संशोधन नेपालको आन्तरिक विषय हाेः प्रचण्ड
सुर्खेत,भदौ,९- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रले अब हार्ने ठाउँ नभएको बताउनुभएको छ ।संगठन परिचालनमा कमजोरी र नेता गाउँ नपुग्दा हालैको स्थानीय तह निर्वाचनमा हारिएको उहाँले मूल्याँकन थियो । पार्टीको प्रदेश नं ६ को प्रशिक्षण कार्यक्रममा सहभागी हुन सुर्खेत आइपुग्नुभएका अध्यक्ष प्रचण्डले पत्रकारसँगको भेटमा माओवादी केन्द्रले हार्नुपर्ने जति हारिसकेको तर, अब नहार्ने […]
भारत–नेपाल रक्षा समझदारी निकै महत्वपूर्ण छ: मोदी
नयाँ दिल्ली, भदौ ८- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतको सुरक्षासम्बन्धी आपसी समझदारी निकै महत्वपूर्ण भएको बताउनु भएको छ । हैदरावाद हाउसमा संयुक्त पत्रकार सम्मेलनमा बोल्दै मोदीले नेपाल र भारतबीचको सुरक्षा हित आपसमा निर्भर रहेको बताउनु भएको हो ।भारत र नेपालको रक्षा हित आपसमा निर्भर रहेको बताए पनि मोदीले जारी दोक्लम विवादबारे औपाचारिक रुपमा […]
नेपाल र भारतबीच आठ सम्झौता पत्रमा हस्ताक्षर
नयाँ दिल्ली, भदौ ८- भारतको ५ दिने राजकीय भ्रमणमा रहनु भएका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । भारतीय प्रधानमन्त्रीको कार्यालय हैदरावाद हाउसमा दुई मुलुकका प्रधानमन्त्रीबीच एक्ला–एक्लै भेटवार्ता भएको हो । भेटवार्तामा दुई मुलुकको आपसी हित र सहयोग आदानप्रदानलगायतका विषयमा छलफल भएको बताइएको छ । यसैबिच : नेपाल र भारत […]
प्रधानमन्त्री देउवालाई दिल्लीमा विदेशमन्त्रीको स्वागत
काठमाडौं,भदौ,७- प्रधानमन्त्री शेरबहादुर देउवा पाँच दिने भारत भ्रमणका क्रममा नयाँदिल्ली पुग्नु भएको छ । नेपाल एयरलाइन्सको विमानबाट दिल्ली पुग्नु भएका प्रधानमन्त्री देउवालाई इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गर्नु भएको थियो । प्रधानमन्त्री विमानस्थलबाट राष्ट्रपति भवन प्रस्थान गर्नु भएको छ ।