काठमाडौं, भदौ ७/ पाँच दिने राजकीय भ्रमणका लागि प्रधानमन्त्री शेरबहादुर देउवा आज भारत जानु भएको छ । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा ४८ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा नेपाल वायुसेवा निगमको नियमित उडानबाट नयाँ दिल्ली जानु भएको हो । भारत प्रस्थान गर्नुअघि काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको एक टुकडीले प्रधानमन्त्री देउवालाई सलामी अर्पण […]
राजनीति
नेपाल पत्रकार महासङ्घमा गोविन्द आचार्यको प्यानल विजयी
काठमाडौं,भदौं,६- नेपाल पत्रकार महासङ्घको २५औँ महाधिवेशनबाट अध्यक्षमा गोविन्द आचार्यसहित ४७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ ।मतगणनाको परिणामअनुसार आचार्यले ७३२ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी तीर्थ कोइरालाले ६२७ मत प्राप्त गर्नुभयो । पदाधिकारीहरुमा पनि आचार्य नेतृत्वकै प्रेस सेन्टर र नेपाल प्रेस युनियनको संयुक्त समूह विजयी भएको छ भने केही सदस्यहरुमा […]
संविधान संशोधन विधेयक संसदबाट अस्वीकृत
काठमाडौं, भदौ,५- संविधान संशोधन विधेयक संसद वैठकबाट अस्वीकृत भएको छ । मधेश केन्द्रीत दलहरुको चित्त बुझाउने उद्धेश्यले ल्याइएको संशोधन विधेयकमाथि सोमबार (आज) संसद वैठकमा मतदान भएकोमा दुई तिहाइ मतप्राप्त हुन सकेन । संसद वैठकमा आज ५५३ जना सांसदहरु उपस्थित रहेकोमा संशोधन विधेयकको पक्षमा ३४७ मत मात्रै पर्यो भने संशोधनको विपक्षमा २०६ मत पर्यो । संसदमा हाल […]
प्रधानमन्त्री देउवाको भारतको पाँचदिने राजकीय भ्रमण तालीका सार्वजनीक
काठमाडौं, भदौ,५- आगामी बुधबार भारतको पाँचदिने राजकीय भ्रमणमा जान लाग्नु भएका प्रधानमन्त्री शेर बहादुर देउवाको भ्रमण तालिका सार्वजनिक भएको छ । चौथोपटक प्रधानमन्त्री भएपछि विदेश भ्रमणका रुपमा पहिलोचोटी भारत जान लाग्नु भएका प्रधानमन्त्री देउवाको भ्रमण तालिका सोमबार (आज) परराष्ट्र मन्त्रालयले निकालेको हो । भ्रमण तालिकाअनुसार प्रधानमन्त्री देउवाले बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन् । […]
सरकारले मंसिर १० गते प्रदेश र संघीय संसदको निर्वाचन गर्ने
काठमाडौँ,भदौ,५- सरकारले आगामी मंसिर १० गते प्रदेश र संघीय संसदको निर्वाचन गर्ने निर्णय गरेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश र संघको निर्वाचन एकै दिन मंसिर १० गते गर्न निर्वाचन आयोगलाई सिफारिस गर्ने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो । त्यसैगरी : मन्त्रिपरिषद्ले प्रधानमन्त्री देउवाको आसन्न […]
देश निर्माणमा सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : प्रधानमन्त्री
काठमाडौँ,भदौ, ४- प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको बताउनुभएको छ । ‘व्यावसायिक पत्रकारिताको आधार– प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने मूल नाराका साथ काठमाडौँमा आजदेखि सुरू भएको नेपाल पत्रकार महासंघको २५ औँ महाधिवेशनको उद्घाटन गर्दै उहाँले मुलुकका विभिन्न समयमा भएका परिवर्तनमा पत्रकारिता जगत्को अत्यन्त महत्वपूर्ण योगदान रहेको र […]
संशोधनमाथिको बृहत् छलफल आज हुँदै
काठमाडौं,भदौं,४- व्यवस्थापिका संसदको आजको बैठकमा संविधान संशोधन प्रस्तावमाथिको बृहत् छलफल हुने भएको छ । दिउँसो १ बजे सुरु हुने बैठकमा गत बुधबार प्रस्तुत गरिएको संशोधन प्रस्तावमाथि छलफल हुने भएको हो । संशोधन प्रस्तावमाथि परेका ५० संशोधनमध्ये एक संशोधनकर्ताले बोलिसक्नु भएको छ भने अब ४९ संशोधनकर्ताले धारणा राख्न बाँकी छ । संशोधनकर्ता सांसदसँगै अन्य इच्छुक सांसदले […]
प्रदेश २ मा स्थानीय तहको निर्वाचनको तयारी तीव्र
काठमाडौं,भदौं,३- निर्वाचन आयोगले असोज २ गते प्रदेश नम्बर २ माहुने स्थानीयतहको निर्वाचनको तयारी तीव्र पारेको छ । प्रदेशनम्बर २ का ८ जिल्लाका १ सय ३६ स्थानीय तहमा असोज २ गते स्थानीयतहको तेस्रो चरणको निर्वाचन हुदैछ । निर्वाचनका लागि आवश्यक पर्ने मतपत्र, मतपेटिका लगाएतका सामानहरु जिल्ला, जिल्लामा पुर्याउने, थपिएका स्थानीय तहमा मतदातानामावलि संकलनको कामलाई व्यवस्थित गर्ने […]
नेपाल प्रेस युनियनले बोलायो बृहत आकस्मिक भेला
काठमाडौं,भदौं,३- नेपाल प्रेस युनियनले संगठन विभागले भोलीबाट काठमाडौंमा सुरुहुने पत्रकार महासंघको २५ औं महाधिवेशनका बारेमा छलफल गर्ने बृहत भेला बोलाएको छ । युनियनको संगठन विभागले आकस्मिक भन्दै भेला बोलाएको हो । युनियन संगठन विभागले भेलामा उपस्थितिकालागि केन्द्रीय समितिका सदस्य, आकांक्षी उम्मेदवारहरु, युनियनका केन्द्रीय पार्सद, महासंघका पार्षद्हरु अनिवार्य उपस्थीतिकालागि आग्रह गरेको छ । काठमाडौंको अनामनगरस्थित घट्टेकुलो […]
नवनियुक्त महान्यायाधिवक्ता भण्डारीद्वारा शपथ ग्रहण
काठमाण्डौं,भाद्र ,२- नवनियुक्त महान्यायाधिवक्ता वसन्तराम भण्डारीलाई प्रधानन्यायाधीश गोपाल पराजुलीले राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको छ । शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजना गरिएको विशेष समारोहमा प्रधानन्यायाधीश पराजुलीले नवनियुक्त महान्यायाधिवक्ता भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, संवैधानिक अङ्गका प्रमुख, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति […]