काठमाडौं,साउन,२६- एमालेले आफूविरुद्ध कांग्रेस र माओवादी केन्द्रसहित मधेस केन्द्रित दलले संयुक्त मोर्चाबन्दी नगरे प्रदेश नम्बर २ को स्थानीय चुनावमा पहिलो दल बन्ने चुनावी परिणाम आँकलन गरेको छ । महासचिव इश्वर पोखरेलको नेतृत्वमा खटिएका पदाधिकारीहरुले गरेको अध्ययन प्रतिवेदनका आधारमा एमालेले दुई नम्बर प्रदेशमा पहिलो दल बन्न सकिने आँकलन गरेको हो । एक साता २ नम्बर प्रदेशका […]
राजनीति
डा.केसिको माग सम्बोधन गर्नु पर्ने भन्दै सडकमा उत्रियो नेबिसघं
केपि खनाल, कैलाली,साउन,२४- शिक्षा सुधारको माग गर्दै आमरण अनसनरत डा. गोविन्द केसीका माग पूरा गर्न सरकारलाई दबाब दिन नेपाल विद्यार्थी संघका विद्यार्थी आज नाराजुलुससहित त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) प्रांगणमा पुगेका थिए। नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा विद्यार्थीहरु केसीको अनसनलाई समर्थन जनाउन तथा माग पूरा गराउन सरकारलाई दबाब दिन त्यहाँ पुगेका हुन्। उनीहरुले […]
NRNA अमेरिकाको उपाध्याक्षमा सुमन बुडामगर को सबै भन्दा बलियो उम्मेदवारी
मिलन मगर, अमेरिका,साउन,२४- यही अगस्ट ११/१२ मा हून लागेको NRNA अमेरिकाको राष्ट्रीय निर्वाचनमा लोकप्रिय गायक सुमन बूढामगर सबै भन्दा बलियो उम्मेदवारको रुपमा देखीनु भएको छ । १४,४८२ भोटर रहेको निर्वाचन अहिले सम्मको सबैभन्दा ठुलो निर्वाचन हो । हिमाली जिल्ला डोल्पामा जन्मेको यूवा उम्मेदवार सुमनलाई स्पष्ट बक्ता खुला बिचार दूरगामी सोच मिठो बोलीवचन मिलनसार सोस्च्छ छबी धेरै सामाजिक संघ […]
सुर्खेत जिल्ला समन्वय समितिको संयोजकमा काँग्रेसका सिग्देल निर्वाचीत
रोशन घर्ती, सुर्खेत,साउन,२४- जिल्ला समन्वय समिति सुर्खेतको संयोजकमा नेपालीकांग्रेसका छविलाल सिग्देल निर्वाचितहुनुभएको छ । सोमबार भएकोनिर्वाचनमा संयोजकसिग्देलसहित नेपालीकांग्रेसको प्यानल नै जिल्ला समन्वय समितिमानिर्वाचितभएको छ । यस्तै, उपप्रमुखमाकांग्रेसकै देवी भट्टराई निर्वाचितहुनुभएको छ । दलित सदस्यमाकांग्रेसका पुसे कामीनिर्वाचितहुनुभएको छ भने महिला सदस्यमाबालकुमारी पुन, रमाविसी र पुर्णा चालिसे निर्वाचितहुनुभएको छ। समन्वय समितिको अन्य सदस्यमाकांग्रेसकाविरसिंह घर्ती, बासुदेव शर्मा र […]
२ नम्बरमा चुनाव जित्न थप रणनीति बनाउदै कांग्रेस
काठमाडौं,साउन,२४- नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । प्रदेश नं २ मा आगामी असोज २ गते हुन लागेको स्थानीय तहको तेस्रोचरणको निर्वाचनका बारेमा छलफल गर्न बैठक बोलाइएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा प्रदेश नम्बर २ को निर्वाचन तयारी र पार्टीले लिने रणनीतिको विषयमा हुनेछ । साथै प्रदेशसभा र प्रतिनिधिसभा […]
पूर्वका नौं जिल्ला बन्द, जनजीवन प्रभावित
काठमाडौं,साउन,२२- राष्ट्रिय जनमुक्ति पार्टी लिम्बुवान राज्य परिषद्ले आज आह्वान गरेको वन्दका कारण अरुण पूर्वका नौ जिल्लाको जनजीवन प्रभावित भएको छ । परिषदको बन्दका कारण पूर्वका ताप्लेजुङ, पाँचथर, ईलाम, झापा, सुनसरी, मोरङ, तेहथुम, धनकुटा, र संखुवासभा गरी ९ जिल्लाको जनजीवन प्रभावित भएको हो । बन्दका कारण बजार, पसल, यातायात, शैक्षिक संस्था उद्योग कलकारखानाहरु ठप्प रहेका छन् […]
फेरि अघि बढ्यो संविधान संशोधनको मुद्दा
काठमाडौं,साउन,२२- सत्ता गठबन्धनले प्रदेश नम्बर २ मा हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनमा आन्दोलनरत तराई–मधेसकेन्द्रित दललाई सहभागी गराउनका लागि संविधान संशोधन प्रस्तावलाई फेरि अघि बढाएको छ। सत्तापक्षले प्रतिपक्ष, आन्दोलनरत राजपासँग संशोधनका एजेन्डा थपघट गराउन अनौपचारिक छलफल चलाएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल एमालेसँग संशोधनका बुँदा लिखित रूपमा राखेर अनौपचारिक छलफल अघि बढाएका छन्। […]
भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहाल विजयी
भरतपुर,साउन,२१- भरतपुर महानगरपालिकाको मेयरमा माओवादी र कांग्रेसकी साझा उम्मेदवार रेणु दाहाल निर्वाचित भएकी छिन ।निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार देवी ज्ञवालीलाई २०३ मतले पछि पार्दै दाहाल मेयरमा निर्वा्चित भएकी हुन । विजयी दाहालले ४३ हजार १२७ मत प्राप्त गरेकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका प्रमुख पदका उम्मेदवार देवी ज्ञवालीले ४२ हजार ९२४ मत ल्याएका छन् […]
भरतपुर १९ मा रेणुको अग्रता,ज्ञवाली ३६७ ले पछाडी
भतरपुर,साउन,२१- भतरपुर महानगरपालिकाको वडा नं. १९ मा पुनः भएको मतदानमा नेकपा माओवादी केन्दकी उम्मेदवार रेणु दाहालले अग्रता लिएकी छिन्। (आज) शनिवार बिहानसम्म गणना भएको दुई हजार मत मध्ये दाहालले १ हजार ५६ मत ल्याएकी छिन् भने नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार देवी ज्ञवालीले ६ सय ८९ मत प्राप्त गरेका छन् । दाहालले ३ सय ६७ ले अगाडी […]
एमालेले मधेस र पहाडका जनतालाई लडाएर खुकुलो राष्ट्रवादको नारा दिएको प्रधानमन्त्रीको आरोप
जनकपुर, साउन,२०- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेको हठका कारण संविधान सशोधन प्रस्ताव पारित हुन ढिलाइ भएको बताउनु भएको छ । आज जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले एमालेले मधेस र पहाडका जनतालाई एकआपसमा लडाएर खुकुलो राष्ट्रवादको नारा दिएको आरोप लगाउनुभयो । उनले संविधान संशोधन प्रस्ताव आफूले कुनैपनि हालतमा पारित गराएरै छाड्ने […]