काठमाण्डौ,फागुन २६- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापा उपप्रधान तथा स्थानीय विकासमन्त्रीमा नियुक्त हुनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार विस्तारकाक्रममा थापालाई उपप्रधान तथा स्थानीय विकासमन्त्रीमा नियुक्त गर्नु भएको हो । माओवादी केन्द्रको कोटाका स्थानीय विकासमन्त्री हितराज पाण्डेलाई फिर्ता बोलाएर सो मन्त्रालय थापालाई दिइएको हो । यस्तै, नेपाली कांग्रेसको कोटाका पर्यटनमन्त्री जीवनबहादुर शाहीलाई फिर्ता […]
राजनीति
कञ्चनपुरमा भारतीय एसएसबीको गोलीबाट एक नेपालीको मृत्यु : गोली नहानेको भारतको दाबी
कन्चनपुर, फागुन २६ – कल्भर्ट निर्माणका विषययमा कन्चनपुरको नेपाल–भारत सीमा क्षेत्र पुनर्वासमा प्रदर्शन गरिरहेका नेपालीमाथि भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले गोली चलाउँदा विहीबार एकजनाको मृत्यु भएको छ ।गोली लागेर ज्यान गुमाउनेमा पुनर्वास नगरपालिका–८ का २५ वर्षीय गोविन्द गौतम रहेका छन् । कम्मरमा गोली लागेर गम्भीर घाइते भएका उनलाई धनगढीस्थित सीपी अस्पताल र्पुयाउँदा चिकित्सकले मृत घोषणा […]
एनसेल कर छलीमा सघाउ पुग्ने गरी मन्त्रिपरिषद्को निर्णय
काठमाण्डौं,फागुन २६ – सरकारले एनसेल बिक्रीमा पुँजीगत लाभकर छलीलाई सघाउ पुर्याउने प्रकृतिको निर्णय गरेको छ। मन्त्रिपरिषद्को बुधबारको बैठकमा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले राखेको मौखिक प्रस्तावमा केही मन्त्रीको विरोधका बाबजुत प्रधानमन्त्री पुष्पकमल दाहालले कर छलीलाई नै सघाउ पुर्याउने खालको निर्णय गरेका हुन्। मन्त्रिपरिषद्ले बिक्रेता कम्पनी टेलियासेनेराबाट लाभकर असुल गर्नुपर्ने निर्णय गरेकाले कर छलीमा सघाउ पुग्ने […]
सप्तरी घटनामा मृतकका परिवारलाई १०र१० लाख दिने सरकारको निर्णय
काठमाडौं, फागुन २५ – सरकारले सप्तरी घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बुधबार साँझ बसेको मन्त्रिपरिषद बैठकले तीन सदस्यीय समिति बनाउने निर्णय गरेको हो ।समितिमा को–को रहने भन्ने चाहीँ खुलाइएको छैन । समितिलाई १५ दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यदेश दिइएको छ । यस्तै सप्तरी घटनामा मृतकका परिवारलाई […]
संविधान कार्यान्वयनका लागि सबै दल मिल्नुहोस: मन्त्री परिषद्का पूर्व अध्यक्ष रेग्मी
बाँके,फागुन २५- मन्त्री परिषद्का पूर्व अध्यक्ष खिल राज रेग्मीले संविधान कार्यान्वयन जटिल बन्दै गएकोले सबै दलहरुलाई मिलेर जान आह्वान गर्नुभएको छ । आज नागरिक समुह बाँकेले आयोजना गरेको मैत्रीपुर्ण फुटबलको पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै संविधान कार्यान्वयन जटिल बन्दै गएकोले यसमा विशेष भुमिका सबै राजनीतीक दलहरुको रहेको बताउनुभयो । उहाँले जसरी खेलको नियम सबै खेलाडीले […]
उम्मेदवार छान्न माओवादीले बनायो कार्यविधि : के छ प्रचण्डको प्रस्तावमा
काठमाडौं,फागुन २५- माओवादी केन्द्रले स्थानीय तह निर्वाचनको उम्मेदवार छनोट कार्यविधि तय गरेको छ । गाउँपालिकाका वडा सदस्यदेखि महानगरपालिकाका प्रमुख–उपप्रमुखसम्मका उम्मेदवार छान्न माओवादी केन्द्रले कार्यविधि बनाएको हो । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको प्रस्तावमा सोसम्बन्धी कार्यविधि उल्लेख छ । ‘अध्यक्षले पेस गर्नुभएको निर्वाचन परिचालन समिति गठनदेखि उम्मेदवार छनोट गर्ने कार्यविधि पार्टीले […]
प्रधानमन्त्री र म दुवैले गोली नचलोस् भन्ने चाहेका हौं : गृहमन्त्री निधि
काठमाडौं, फागुन २५- प्रधानमन्त्रीले कुनै हालतमा गोली नचलाउनू भनेर निर्देशन दिए पनि गोली चलेको कुरा आएको छ। वास्तविकता के हो । प्रधानमन्त्रीले मात्रै होइन, मैले पनि कुनै हालतमा गोली नचलोस् भन्ने नै चाहेको हुँ। मधेसी मोर्चा र एमाले नेताहरूसँग प्रधानमन्त्री र मैले पटकपटक कुराकानी गर्दै आएको थिएँ। त्यहीबीच एमालेको कार्यक्रमलाई ध्यानमा राखेर सुरक्षा निकाय प्रमुखहरूसँग […]
एमालेलाई मधेसी मोर्चाको प्रश्न: निर्दोष मधेसी मारेकामा तिमीलाई अझै अपराध बोध भएको छैन
काठमाण्डु,फागुन २५- संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले एमालेलाई सप्तरी नरसंहारको नाइकेको आरोप लगाउँदै आफ्नै कारणले निहत्था जनता मारिँदासमेत एमाले नेतृत्वको चेत नफिरहेको टिप्पणी गरेको छ ।संघीय समाजवादी फोरमको कार्यालय तिनकुनेमा बसेको मोर्चा बैठकमा मोर्चा नेताहरु एमालेविरुद्ध मजैले खनिए । बैठकले सप्तरी घटनापछि पनि एमालेले अपराध बोध नगरेको निस्कर्ष निकालेको छ । एमालेले पार्टी मुख्यालय धुम्बाराहीमा पत्रकार […]
सात दिनमा माग पूरा नभए मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने
काठमाडौं, फागुन २४- संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सातदिनमा आफ्ना माग पूरा नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।सप्तरीको राजविराजमा भएको घटना पछि सोमबार बसेको मोर्चाको बैठकमा नै सरकारलाइ दिएको समर्थन फिर्ता लिनुपर्ने माग उठेपनि मंगलबार फेरि बसेको मोर्चाको बैठकले चार बुँदे माग राख्दै सात दिनमा पूरा नगरे समर्थन फिर्ता लिने निर्णय गरेको […]
सप्तरीमा गोली चल्दा,एक पदर्शनकारीको मृत्यु:मोर्चाद्धारा उदयपुरका अध्यक्ष राउतको गाडीमा तोडफोड
काठमाण्डौं,फागुन २३- नेकपा एमालेको मेची महाकाली अभियान बिथोल्न पुगेका मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबिच झडप हुँदा एक जनाको ज्यान गएको छ । अरु २०–२२ जना घाइते भएका छन् । सप्तरीको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा भएको सभा सकेर एमाले नेताहरु हिँडेपछि झडप भएको थियो । त्यस क्रममा स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गर्नु परेको प्रहरीले जनाएको […]