काठमाडौं, फागुन २३- सरकारले दुई नम्बर प्रदेशमा २१ स्थानीय तह थप गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद बैठकले काठमाडौंमा दुई थप्ने र दुई नम्बर प्रदेशमा २१ थप गर्ने निर्णय गरेको हो। योसँगै अब स्थानीय तहको संख्या ७४४ पुगेको छ। यसअघि बालानन्द पौडेल संयोजकत्वको आयोगले ७१९ स्थानीय तहको सिफारिस गरेको थियो। तर, मधेशी मोर्चा मनाउन भन्दै स्थानीय […]
राजनीति
१० जिल्लामा १९ स्थानीय तह थप्ने तयारी
काठमाडौं, फागुन २२ स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन पुनरावलोकन गर्न बनेको मन्त्रीस्तरीय कार्यदलले २, ४ र ७ नम्बर प्रदेशका १० जिल्लामा १९ वटा स्थानीय तह थप गर्ने प्रारम्भिक मस्यौदा तयार गरेको छ । प्रदेश नम्बर २ का आठ जिल्ला तथा प्रदेश नम्बर ४ र ७ का एक–एक जिल्लामा स्थानीय तह थप गर्र्ने तयारी कार्यदलले गरेको […]
बर्दियाका ७ वटा क्याम्पसमा भएको चुनवामा नेविसंघ पाँच वटा क्याम्पसमा विजयी
बर्दिया फागुन १९- बर्दियाका ७ वटा क्याम्पसमा स्ववियु चुनाव भएकोमा पाँच वटा क्याम्पसमा नेपाल विद्यार्थी संघको प्यानल बिजयी भएको छ भने दुईवटा क्याम्पसमा संयुक्त प्यानलका सभापति बिजयी भएका छन् । तीनवटा क्याम्पसमा स्थगित भएको छ । बबई नगरपालिका बगानाहामा रहेको चुरे क्याम्पस, मैनापोखरको शारदा बहुमुखी क्याम्पस, बाँसगढीको बाँसगढी बहुमुखी क्याम्पस, राजापुरमा रहेको अमरसहीद बहुमुखी क्याम्पस […]
बाँकेमा २६ दल दर्ता ( नामावली सहित )
बाँके,फल्गुन,१९- नेपाल सरकारले स्थानीय तहको निर्वाचन बैशाख ३१ गते तोकेसंगै बाँकेमा २६ वटा दल दर्ता भएका छन् । सरकारले निर्वाचनको मिती घोषणा गरेसंगै निर्वाचन आयोगले दल दर्ताका लागि दिएको अन्तिम समय सकिदा सम्म बाँकेमा २६ वटा दल दर्ता भएको हो । बाँके जिल्लामा दर्ता भएका दलहरुको नामावलीहरु १. नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रीक पार्टी २. संघीय […]
पुष्पलता जनएकता बहुमुखीमा सिंगो कार्य समितिमा सबै महिला चयन
लमजुङ,फागुन ,१८-लमजुङको मध्यनेपाल नगरपालिका–११ दुईपिप्लेमा रहेको पुष्पलता जनएकता बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सिंगो कार्य समितिमा सबै महिला चयन भएका छन् । क्याम्पसको स्ववियु सभापतिमा अखिल (क्रान्तिकारी) की संगीता भुजेल, उप–सभापतिमा नेविसंघकी बिना श्रेष्ठ, सचिवमा अनेरास्ववियुकी निशा कुमाल, सह–सचिवमा अनेरास्ववियुकै बिनिता श्रेष्ठ, कोषाध्यक्षमा नेविसंघकी सञ्जु कँडेल क्षेत्री चयन भएका छन् । यस्तै सदस्यमा […]
भोलि बस्ने संसद् बैठक सूचना टाँसेर स्थगित :अर्को बैठक फागुन २७ दिउँसो १ बजे बास्ने
काठमाण्डौं,फागुन १८-व्यवस्थापिका(संसद्को भोलि बिहीबारका लागि निर्धारण गरिएको बैठक सूचना टाँसेर स्थगन गरिएको छ । संसद् सचिवालयले विशेष कारणले बिहीबारको बैठक स्थगित गर्नु परेको जनाउँदै अर्को बैठक यही फागुन २७ शुक्रबार दिउँसो १ बजेका लागि निर्धारण गरिएको सूचनामा उल्लेख गरेको छ । संसद्मा छलफलका लागि बिजनेस नभएका कारण बैठक आठ दिनका लागि पर धकेलिएको हो । […]
निर्बाचन आरसंहिता लागू, कसले पालना गर्नुपर्छ आचारसंहिता
काठमाडौं, फागुन १८ –आजबाट स्थानीय तह निर्वाचनसम्बन्धि आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले आजदेखि लागू हुने गरी निर्वाचन आचारसंहिता जारी गरेको हो ।आयोगको मंगलबार बसेको पदाधिकारी बैठकले आउँदो वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग […]
देशभरका दुईसय कलेजमा आज स्ववियु निर्बाचन हुँदै, ठूला क्याम्पसमा भने तालाबन्दी
काठमाडौं, फागुन १८- विद्यार्थी संगठनहरुकै विवादका कारण आजका लागि तोकिएको स्ववियु निर्वाचन जम्मा ४० प्रतिशत कलेजमा मात्र हुँदैछ ।त्रिभुवन विश्वविद्यालयअन्तर्गतका करीब दुई सय कलेजमा मात्र चुनाव हुनेछ भने बाँकी कलेजमा चुनाव नहुने भएको हो ।तोकिएको समयमा ४० प्रतिशत क्याम्पसमा मात्र उम्मेदवारी मनोनयन भएकाले ती क्याम्पसमा मात्र आज मतदान गरिनेछ । जसअनुसार ६० वटा आंगिकमध्ये विवाद […]
यो चुनाव मेरो मात्र होइन, राष्ट्रकै परीक्षा हो : प्रधानमन्त्री
काठमाण्डौं,फागुन १७-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेसमा देखिएको असन्तुष्टी संवोधन गर्न संविधान संशोधन गर्ने विश्वास दिलाउँदै निर्वाचनमा सहभागी हुन अपिल गर्नु भएको छ । आज राष्ट्रवासीलाई संबोधन गर्दै प्रधानमन्त्री प्रचण्डले मधेसको असन्तोष मत पत्रमार्फत ब्यक्त गर्न आग्रह गर्नुभयो । २० वर्षदेखि हुन नसकेको स्थानीय निर्वाचन घोषणा गर्दा आफूलाई संशय भन्दा गौरवबोध भएको भन्दै प्रधानमन्त्री प्रचण्डले यो […]
नलगाड क्याम्पसमा राजन रानाको नेतृत्वमा निर्विरोध स्ववियु गठन
जाजरकोट,फागुन १७-माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले नलगाड बहुमुखी क्याम्पस दल्ली जाजरकोट क्यम्पसमा स्ववियुमा विजय हासिल गरेको छ। नलगाड क्याम्पसमा राजन रानाको नेतृत्वमा निर्विरोध स्ववियु गठन भएको क्रान्तिकारीका सचिव खेम बहादुर सिंहले जानकारी दिए। उपाध्यक्षमा रणबहादुर परियार, सचिवमा जनम पुन, सहसचिवमा लोकेन्द्र खड्का, कोषाध्यक्षमा रविन्द्र ओली निर्वा्चित भएका छन्। सदस्यहरुमा दीपक पुन, पुर्णीमा पुन, […]