निजामती कर्मचारी संगठनको १० औं राष्ट्रिय अधिवेशनको आज मतदान हुँदै

बाँके मंसिर २९-नेपालगंजमा जारी निजामती कर्मचारी संगठनको १० औं राष्ट्रिय महाअधिवेशन अन्तर्गत बुधबार बाट निर्वाचन प्रक्रिया सुरु हुने भएको छ । २७ सदस्यीय सचिवालय सहित १ सय ११ सदस्यीय केन्द्रिय समितिका लागि निर्वाचन हुनेछ । निर्वाचनमा वर्तमान अध्यक्ष मोहनकुमार घिमिरे र वरिष्ठ उपाध्यक्ष केदारप्रसाद देवकोटाबीच अध्यक्षतामा प्रतिष्पर्दा हुदैंछ । मोहनकुमार घिमिरेलाई समर्थन गर्दै वरिष्ठ उपाध्यक्षमा […]

व्यवस्थापिका संसदको बैठक आज दिउसो १ बजे बस्दै

काठमाडौं, मंसिर  २२ – व्यवस्थापिका संसदको बैठक आजलाइ डाकिएको छ ।संसद भवन नयाँ वानेश्वरमा दिउसो १ बजेका लागि बैठक बोलाईएको वैठकमा आजपनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बीत प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने या नलगाउने भन्ने विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।आयोगका प्रमुख आयुक्त माथि सांसद महेन्द्रबहादुर शाहीसहित १५७ जना सांसदले प्रस्ताव दर्ता गरेका […]

प्रधानमन्त्री दाहाल राप्ती नदीको पुल शिलन्यास गर्न आज दाङ आउदै

दाङ,मंसिर २२-राप्ती नदीको पुल शिलन्यास गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज दाङको देउखुुरी आदैहुनुहुनछ । पुलले पूर्व पश्चिम राजमार्गमा पर्ने सिसनियाँ गाविस र कालाकोट गढवा सडकखण्ड अन्तर्गत गोबरडिहा गाविसको महादेव गाउँलाई जोड्ने छ । राप्तीमा पुन बन्ने भएपछि गोबरिया र  सिसनिया गाविसका बासिन्दा खुस िदेखिएका छन् । तर पुल शिलान्यास कार्यक्रममा दाङ आउन लाग्नु भएका […]

कपिलवस्तुमा आन्दोलनको स्वरुप बुधबार देखि परिवर्तन हुने ।। सवै विद्यालयहरुमा पठनपाठन र परिक्षा संचालन गर्ने सहमति ।।

अराज सिंह बेल्बासे कपिलवस्तु मंसिर २१- प्रदेश नम्वर ५ बाट पहाडी जिल्लालाई अलग गराएको विरोधमा कपिलवस्तुमा संचालन हुदै आएको आन्दोलनको स्वरुप बुधबारदेखि परिवर्तित हुने भएको छ । कपिलवस्तु संघर्ष समितिको चारनम्बरमा मंगलबार बसेको संयुक्त वैठकले एक साता देखि हुदै आएको जिल्ला बन्द, हडताल जस्ता कार्यक्रमको स्वरुप परिवर्तन गर्ने निर्णय गरेको छ । जिल्लामा एक सातादेखि […]

क्रियाशिल आन्दोलनकारी राजनैतिक पार्टिहरुको संयुक्त बैठक घोराहीमा सम्पन्न

रोशन घर्ती घोराही,मंसीर २१ –दाङमा क्रियाशिल आन्दोलनकारी राजनैतिक पार्टिहरुको संयुक्त बैठक आज घोराहीमा सम्पन्न भएको छ । आन्दोलनकारी पार्टिका संयोजक टिकाराम खड्काको अध्यक्षतामा भएको बैठकले मंसीर २२ गते देखि २५ गते सम्म हुने बिभिन्न कार्यक्रमको घोषणा गरेको छ । जस अन्तर्रगत आज २२ गते संयुक्त संघर्ष समिति र पत्रकारहरुको बिचमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरीएको छ […]

राष्ट्रको निकासका लागी तराइमा २ प्रदेश बनाउनु पर्छ : डा. भट्टराई

अराज सिंह बेल्बासे कपिलवस्तु ,मंसिर २१-नयाँशक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले अहिलेको अवस्थाबाट देशलाई निकास दिन तराईमा २ प्रदेश हुनेगरी राज्यपुनरसंरचना गर्नूपर्ने बताउनु भएको छ ।नेपाल प्रेस सोसाइटि कपिलवस्तुले तौलीहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले एमाले लगायतका दल ले पंञ्चायतकालिन संरचना फेरबदल गर्नु हुँदैन भन्दै आन्दोलन गर्नु गलत रहेको दाबि गर्नु भएको हो । […]

नवलपरासी जिल्लालाई ५ नम्बर प्रदेशमा राख्न थारु कल्याणकारी सभाको माग

नवलपरासी,मंसिर २१-  नवलपरासी जिल्लालाई ५ नम्बर प्रदेशमा राख्न मागगर्दै थारु कल्याणकारी सभाले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । आज रिपोर्टर्स क्लब नेपालमा थारु कल्याणकारी सभा नवलपरासिले पत्रकार सम्मेलन गरेर नवलपरासी जिल्लालाई टुक्र्याएर ४ र ५ नम्बर प्रदेशमा विभाजन गरिएको भन्दै मसाल जुलुसदेखि नेपाल बन्दसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरको हो । थारुकल्याणकारीसभा नवलपरासीका सभापति गणेशमान महतोले […]

प्रधानमन्त्री दाहाल र यूरोपेली यूनियनका राजदूत रिन्चे बीचभेट वार्ता

काठमाण्डु,मंसिर २१-प्रधानमन्त्री पुष्पकमल दाहाल र यूरोपेली यूनियनका राजदूत रिन्चे टीरिन्का बीचभेट वार्ता भएको छ ।आज बिहान  प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री र टीरिन्कबीच नेपालको संविधान कार्यान्वयन र शान्ति प्रक्रिया लगायतका विषयमा छलफल भएको थियो । भेटमा प्रधानमन्त्रीले नेपालको शान्ति प्रक्रियाको सफलताका लागि यूरोपेली यूनियनले खेलेको भूमिका लागि धन्यवाद दिँदै भूकम्पपछिको पूनर्निर्माण एवं विकासका क्षेत्रमा […]

कपिलवस्तुमा सातौदिन पनि विरोधका कार्यक्रम निरन्तर, तौलीहवामा लगाएको निषेधाज्ञा भने हट्यो

अराज सिहं बेल्बासे कपिलवस्तु मंसिर २१-   प्रदेश नम्वर ५बाट पहाडी जिल्लालाइ अलग गराएको विरोधमा कपिलवस्तुका राजनितिक दलले आज सातौदिन पनि विरोधका कार्यक्रमलाइ निरन्तरता दिएका छन् । आफना माग पुरा नहुंदासम्म आन्दोलन जारी रहने बताउंदै सर्बदलिय बैठकले सघर्ष समिति नै बनाएर दैनिक जिल्लाका विभिन्न ठाउंमा अनिश्चितकालीन कपिलवस्तु बन्द लगायत विरोधका कार्यक्रम गदैं आएका छन् ।  बन्दको […]

नेपाल पत्रकार महासंघ बाँके शाखाले सदस्यता विरणमा मनपरी गरेको भन्दै , प्रेस युनियनद्वारा तालाबन्दी

बाँके,मंसिर २० –नेपाल पत्रकार महासंघ बाँके शाखाले सदस्यता विरणमा मनपरी गरेको भन्दै आज संघको कार्यालयमा तालाबन्दी गरिएको छ । महासंघले एकतर्फी रुपमा नयाँ सदस्यता सिफारिस गरेको भन्दै प्रेस युनियन बाँकेले आज तालाबन्दी गरेको हो । कार्यसमिति सदस्य र सल्लाहकारलाई थाहा नै नदिई व्यवसायिक पत्रकारलाई कुनै वास्ता नगरि बहुमतको आडमा राम्रा लाई भन्दा आफ्नालाई महासंघको सदस्यमा […]