काठमाडौं,चैत्र,९-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको लोकतान्त्रिक आन्दोलनको मुख्य शक्ति र मूलधार एमाले मात्रै भएको दाबी गर्नुभएको छ । पार्टी केन्द्रीय कमिटी बैठक उद्घाटन गर्दै अध्यक्ष ओलीले लोकतान्त्रिक आन्दोलनका भ्रमपूर्ण विचारहरु प्रवाह भएको, जनविरोधी प्रचार भएको भन्दै सत्तापक्षले गलत इतिहास रचना गर्न खोजिएकामा आपत्ति जनाउनुभयो । उहाँले एमालेलाई कम्युनिस्ट पार्टी मध्येको ठूलो एमाले भन्नेजस्ता […]
राजनीति
जलस्रोत ऐनको मस्यौदा संसदमा पेश गर्ने सरकारको तयारी
काठमाडौं,चैत,८-सरकारले जलस्रोत ऐनको मस्यौदालाई संसदमा पेश गर्ने तयारी गरेको ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले बताउनु भएको छ । उहाँले राष्ट्रिय जलस्रोत नीति–२०७७ कार्यान्वयन गर्नका लागि आवश्यक मस्यौदा संसदमा पेश गर्ने तयारी गरिएको बताउनुभएको हो । मन्त्री भुसालले जलस्रोत क्षेत्रको अपेक्षित उपलब्धिको रुपमा दर्ज गरिएको एकीकृत नदी बेसिन योजना पनि सम्पन्न हुने क्रममा रहेको बताउनुभयो […]
माओवादी द्वन्द्वका घाइतेलाई राहत र सम्मान दिन माओवादीको माग
काठमाडौं,चैत्र,८-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर दश वर्षे सशस्त्र द्वन्द्वबाट पीडितहरुलाई राहत र सम्मान उपलब्ध गराइने विषयमा छलफल गर्नुभएको छ । आज (मंगलबार) अध्यक्ष प्रचण्ड बालुवाटार पुगेर देउवासँग सो विषयमा छलफल गर्दै ५ बुँदामा ध्यानाकर्षण गराएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभएको छ । अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवालाई बुझाएको […]
स्थानीय तहले जनताको मन जितेर काम गर्नुपर्छ : प्रधानमन्त्री देउवा
काठमाडौं,चैत्र,८-प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहले जनताको मन जितेर काम गर्नुपर्ने बताउनुभएको छ । मोरङको सुन्दरहरैचा नगरपालिका–८ सलकपुरस्थित प्रशासनिक कार्यालय भवनको शिलान्यास गर्दै उहाँले संघीयताको जग स्थानीय तह भएकाले जनताको आकांक्षाअनुसार जनप्रतिनिधिले काम गर्नुपर्ने बताउनुभयो । स्थानीय तहको निर्वाचन स्वच्छ, मर्यादित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले तोकिएकै समयमा निर्वाचन […]
स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ता बैशाख ११ र १२ गते
काठमाडौं,फागुन,४-निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ताको तालिका सार्वजनिक गरेको छ । आयोगले शुक्रबार पारित गरेको निर्वाचत कार्यक्रम अनुसार स्थानीय तहको निर्वाचनका लागि बैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुने भएको छ । आयोगले निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारी दर्ताका लागि २ दिन छुट्याइएको हो।उजरी दर्ता, त्यसमाथि जाँचबुझ लगायतको प्रक्रिया पूरा गरेर १५ वैशाखमा […]
संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको आज सुनुवाई हुँदै
काठमाडौं,चैत्र,४-संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको आज (शुक्रबार) सुनुवाई हुँदैछ । गत १७ भदौ २०७८ मा जारी भएको अन्तरिम आदेशका कारण संवैधानिक पदाधिकारीको नियुक्ति विरुद्धमा परेका ५२ मुद्दा अवरुद्ध हुँदै आएका सोही मुद्दाको शुक्रबार बिहान ११ बजे सुनुवाई हुने सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले ईमेजखबरलाई जानकारी दिनुभएको हो । साथै अन्य मुद्दाका विषयमा पनि छलफल […]
एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै
काठमाडौं,चैत,१-नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आज मंगलबार बस्दैछ ।पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा दिउँसो ३ बजे बैठक बोलाइएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो । बैठकमा स्थानीय तहको निर्वाचनको तयारीलगायत विषयमा छलफल हुनेछ ।निर्वाचनको तयारीकै लागि स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको आह्वान गर्ने एमालेको तयारी छ । आजको सचिवालय […]
नेपाल र साउदी अरबबीच आज दुई पक्षीय वार्ता हुँदै
काठमाडौं,चैत,१-नेपाल र साउदी अरबबीच आज द्विपक्षीय बैठक वार्ता हुँदैछ ।सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा द्विपक्षीय वार्ता हुन लागेको हो । बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री डा.नारायण खड्काले गर्नुहुनेछ भने साउदी अरवको नेतृत्व साउदीका बिदेशमन्त्री तथा राजकुमार फैसल बिन फरहान अल साउदले गर्नुहुनेछ । बैठकमा नेपाल र साउदी अरव सम्बन्धका सबै आयामहरुमा छलफल गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ । […]
साउदीका विदेशमन्त्री आज नेपाल आउँदै, १२ वर्षपछिको उच्चस्तरीय भ्रमण
काठमाडौं,फागुन,३०-साउदी अरबका विदेशमन्त्री फैजल बिन फरहान बिन साउद आज सोमबार नेपाल आउँदै हुनुहुन्छ। फैजल त्यहाँका राजकुमार पनि हुनुहुन्छ । १२ वर्षअघि नोभेम्बर २०१० मा साउदीका राजकुमार अलवालिद बिन तलाल नेपालको अनौपचारिक भ्रमणमा आउनु भएको थियो। तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारले तलाललाई महाउज्जवल राष्ट्रदीपबाट विभूषित पनि गरेको थियो। महाउज्जवल राष्ट्रदीप नेपालले विदेशी नागरिकलाई दिने गरेको […]
माधव नेपालसहित १४ सांसदविरुद्धको रिट पूर्ण इजलासमा पठाउन आदेश
काठमाडौं,फागुन,२९-नेकपा एमालेले कारबाही गरेका माधवकुमार नेपालसहित १४ सांसद र उनको नेतृत्वमा गठित नेकपा एकीकृत समाजवादी पार्टीको वैधानिकताविरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतले पूर्ण इजालसमा पठाएको छ। आइतवार सुनुवाइका लागि पेसी तोकिएपछि भएको सुनुवाइका क्रममा न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार चुँडालको इजलासमा यसको अन्तिम टुंगोका लागि पूर्ण इजलासमा पठाउने निर्णय भएको हो। एमालेले कारबाही गरे पनि सभामुखले कारबाही […]





