प्रतिनिधिसभा विघटनको मुद्दामा आज फैसला आउने सम्भावना

काठमाडौं,असार,२८-संवैधानिक इजलासले दोस्रो पटक भएको प्रतिनिधिसभा विघटनको मुद्दाको पेशी आजलाई तोकेको छ । गत सोमबार सुनुवाइ सकेर हेर्दाहेर्दै राखेको मुद्दाको फैसलाका लागि आज पेशी तोकिएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीश दीपककुमार कार्की, मिरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले असार ९ गतेदेखि सुरु गरेको अन्तिम सुनुवाइ सबै पक्षको बहसपछि गत सोमबार […]

एमाले छोडेर ७० जना कलाकर्मीले गरे काँग्रेस प्रवेश

काठमाडौं,असार,२८-नेपाली काँग्रेसमा ७० जना कलाकर्मी प्रवेश गरेका छन् । शनिबार काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा अधिकांश कलाकर्मीहरु नेकपा एमाले परित्याग गरी काँग्रेस प्रवेश गरेका हुन् । एमाले परित्याग गरी काँग्रेस प्रवेश गर्नेमा गायक मोहन राई, मेनुका भुजेल, गंगाराज राई, प्रमेबहादुर लिम्बु, मित्रकुमार राई, चन्द्र कुमारी राई, कमल कुमार राई, दिपेश कुमार बान्तावा र दिपेनकुमार […]

एमाले कार्यदलको बैठक आज पनि

काठमाडौं,असार,२५-पार्टीमा आन्तरिक विवाद बढेसँगै गठन भएको नेकपा एमालेको कार्यदलको बैठक आज पनि बस्दै छ । पछिल्ला केही दिनदेखि निरन्तर छलफल गरिरहेका कार्यदलले आजको बैठकमा सबै विवादको समाधन गर्ने नेताहरुले दावी गरेका छन् । बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने बैठकमा सहमतिसहित निष्कर्ष दिने वार्ता समितिका सदस्य सुवास नेम्वाङले जानकारी दिनुभयो । हिजोको बैठक पछि कार्यदलका […]

पूर्व माओवादी नेताहरू निर्वाचन आयोगमा

काठमाडौ,असार,२५-पूर्व माओवादी नेता एवं वर्तमान नेकपा एमाले स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीसहितका नेताहरू निर्वाचन आयोग पुगेका छन् । नेकपा माओवादी केन्द्रको दल दर्ता खारेजीको माग गर्दै परेको निवेदनमा आयोगले गरिरहेको कामको जानकारी लिन नेताहरू आयोग पुगेका हुन् । गत बुधबार माओवादी केन्द्र पार्टी अवैधानिक भन्दै अधिवक्ता सरोज बुढाथोकीले निर्वाचन आयोगमा दर्ता खारेजीको निवेदन निवेदन दिएका […]

सरकारलाई कारण देखाऊ आदेश जारी

काठमाडौं,असार,२३-सर्वोच्च अदालतले सामाजिक सुरक्षा कोषविरुद्ध परेको रिटमा सुनुवाइ गर्दै सरकारको नाममा कारण देखाऊ आदेश जारी गरेको छ । बैंक तथा वित्तीय संस्थाका ६५ कर्मचारीले दायर गरेको रिटमा पहिलो सुनुवाइ गर्दै मंगलवार न्यायाधीश तेजबहादुर केसीको इजलासले १५ दिनभित्र महान्यायाधिवक्ता कार्यालयमार्फत् लिखित जवाफ पेश गर्न भनेको हो। बैंकका कर्मचारीले बैंक तथा वित्तीय संस्थालाई कोषमा आबद्ध हुन बाध्य […]

संसद विघटन विरुद्धको मुद्धामा आज पनि जवाफी बहस हुने

काठमाडौं,असार,२१-संसद विघटन विरुद्धको मुद्धामा रिट निवेदक पक्षको जवाफी बहस आज पनि जारी रहनेछ । जवाफी बहसको लागि अब २ घण्टा समय बाँकी रहेको छ । आज वरिष्ठ अधिवक्ता शम्भु थापा, हरिहर दाहाल र बद्रीबहादुर कार्कीले जवाफी बहस गर्नुहुनेछ । त्यसपछि अदालतका सहयोगि अर्थात एमिकस क्युरीको राय लिने काम हुनेछ । हिजो जवाफी बहस सुरु गर्दै […]

कांग्रेसको क्रियाशील सदस्यमा देखिएको विवाद समाधान उन्मुख

काठमाडौं,असार,१८-नेपाली कांग्रेसको क्रियाशील सदस्यमा देखिएको विवाद समाधान उन्मुख देखिएको छ । शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारी तथा शिर्ष नेताहरुको बैठकले देशभरिबाट प्रक्रिया पुरा गरेर आएको क्रियाशील सदस्यको नामलाई समावेश गर्ने सहमति जुटाएको हो । नेपाली कांग्रेसको क्रियाशील सदस्यको मनोनयनमा नेता अनुकुलको नाम आएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवाले एकलौटी नाम […]

राष्ट्रिय सभाको आठौं अधिवेशन आजबाट सुरु हुँदै

काठमाडौं,असार,१७-राष्ट्रियसभाको आठौं अधिवेशन आजदेखि सुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको आठौँ अधिवेशन आज अपरान्ह ४ बजेका लागि बोलाउनुभएको हो । मुलुकको तल्लो सदन प्रतिनिधिसभा विघटन गरिएको अवस्थामा माथिल्लो सदनको अधिवेशन औपचारिकता र बाध्यतामै सिमित हुने संभावना छ । अघिल्लो पटक संसद विघटन गर्दा बेलाईएको राष्ट्रिय सभाको सातौं अधिवेशन पनि औपचारिकतामै सिमित भएको […]

एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक बस्दै

काठमाडौं,असार,१६-नेकपा एमालेको १० औं महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठक आज बस्दैछ । बैठकले महाधिवेशन आयोजक कमिटीलाई विघटन गरेर केन्द्रीय कमिटी बैठकको आह्वान गर्ने एमालेले जनाएको छ । केन्द्रीय कमिटी बैठक बोलाइएसँगै नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी स्वतः पुनर्वहाली हुने र माधव नेपालसहित ११ जना नेतालाई गरिएको कारबाही समेत स्वतः निष्क्रिय हुने भएको छ । हिजो […]

थपिएका २० जनाको नामसहित जसपा ठाकुर पक्षले पठायो निर्वाचन आयोगलाई पत्र

काठमाडौं,असार,१४-जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले एक पक्षीय रुपमा २० जना कार्यकारिणी समिति सदस्य थप गरेर निर्वाचन आयोगमा आधिकारिकता दाबी गर्दै पत्र पठाएका छन्। ५१ सदस्यीय कार्यकारिणी समितिमा अल्पमतमा रहेका ठाकुरले बहुमत पुर्‍याउन २० जनाको नाम थप गरेर आइतबार आयोगमा पत्र पठाएका हुन्।आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार ठाकुरले गत पुस ७ गते आफूलाई […]