दशैँ यथास्थानमा मनाउन नागरिकलाई सरकारको आह्वान

काठमाडौं,असोज,२६-नेपाल सरकारले नेपालीहरुको महान चाड दशैँ यथास्थानमा मनाउन नागरिकलाई आह्वान गर्ने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो।‘दशैँ यथास्थानमा मनाउनका लागि सार्वजनिक आह्वान गर्दै सरकारले विज्ञप्ति जारी गर्नेछ,’ एक मन्त्रीले भताउनुभयो। सरकारले हवाइ सेवा र लामो दूरीका सार्वजनिक यातायात सञ्चालनको व्यवस्थालाई भने केहि खुकुलो बनाउने निर्णय गरेको छ। एक मन्त्रीका अनुसार हवाइ […]

राप्रपा त्रय अध्यक्षको बैठक सम्पन्न: डा.केसीको जिवन रक्षाको माग

काठमाडौं,असोज,२२-राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी बीचको बैठक सम्पन्न भएको छ । आज बसेको बैठकले निर्वाचन आयोगमा राप्रपा दर्ता भएकोमा खुसी व्यक्त गर्दै  आयोगलाई धन्यवाद दिने, जिल्लामा पार्टी समायोजनको समय असोज २९ सम्म बढाउने, केन्द्रीय कार्य समिति विस्तार गर्ने र डा.गोविन्द केसीको जीवन रक्षार्थ आबश्यक पहल गर्न सरकारसँग माग गर्ने निर्णय […]

निर्बाचन आयोगबाट राप्रपाले पायो मान्यता

काठमाण्डौं,असोज,२१-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा संयुक्तको एकीकरणलाई निर्वाचन आयोगले वैधानिकता प्रदान गरेको छ ।राप्रपा अध्यक्ष कमल थापाले राप्रपाको एकीकरणलाई निर्वाचन आयोगले वैधानिकता दिएको जानकारी दिनुभएको छ।   अध्यक्ष थापाले पार्टी एकीकरणले वैधानिकता पाएकोमा खुशी व्यक्त गर्दै २०७३ सालको एकता महाधिवेशनपछि विभाजित भएको पार्टीलाई आफ्नै कार्यकालमा पुन: एकिकृत गर्न सकेकोमा खुसी ब्यक्त गर्दै गौरव लागेको […]

कुर्सी तोडफोड कांग्रेसको संस्कृति विपरीत छ: प्रवक्ता शर्मा

काठमाडौं,असोज,१९-नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रदेश ५ को संसदमा सोमबार भएको कुर्सी तोडफोड कांग्रेसको नीती र संस्कृति विपरीत भएको बताउनु भएको छ।  समाजिक सञ्जाल ट्विटरमा शर्माले लेख्नु भएको छ, ‘प्रदेश ५ को संसदमा ३ सांसदले गरेको कुर्सी तोडफोड नेपाली कांग्रेसको नीति र संस्कृति विपरीत छ। रोस्ट्रम भांच्नेदेखि संसदीय पद्धतिनै नास्छौं भन्ने कम्युनिस्ट पार्टीहरुलाई समेत रुपान्तरण […]

कांग्रेस र जसपा सांसदले गरे प्रदेशसभामा तोडफोड

भैरहवा,असोज,१९-प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र जसपाका केहि सांसदहरुले प्रदेश नम्बर-५ को प्रदेशसभा बैठकमा तोडफोड गरेका छन । प्रदेश-५को स्थायी राजधानीका विषयमा असन्तुष्ट कांग्रेस सांसदहरुले सोमबार प्रदेशसभा हलको कुर्सी र माइक तोडफोड गरेका हुन् । प्रदेशसभाको सोमबार दोस्रोपटक बसेको बैठकमा सभामुख पूर्णबहादुर घर्तीले आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई प्रदेशको नाम र राजधानीबारेको प्रस्ताव छलफलका […]

डा.गोविन्द केसीसँग तत्काल वार्ता थाल्न प्रधानमन्त्री ओलीलाई कांग्रेसको अपिल

काठमाडौं,असोज,१८-नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीलाई चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि अनशनरत डा. गोविन्द केसीसँग तत्काल वार्ता गर्न अपिल गरेको छ । प्रमुख प्रतिपक्षी दलका नेता एवं कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीलाई डा. केसीको जीवन रक्षाका लागि पहल थाल्न अपिल गर्नुभएको हो । आइतबार प्रेस विज्ञिप्त जारी गर्दै सभापति देउवाले वार्ताका माध्यमबाट डा. केसीका माग […]

सुदुरपश्चिमका ३ विमानस्थलको पर्यटन मन्त्री भट्टराईद्धारा निरिक्षण

डोटी,असोज,१७-पर्यटन मन्त्री योगेश भट्टराईले शनीबार सुदुरपश्चिम प्रदेशका ३ वटा विमानस्थलको निरिक्षण गर्नु भएको छ । लामो समय देखि बन्द रहदै आएका तिन विमानस्थलको निरिक्षणका क्रममा डोटीको दिपायल विमानस्थल पुग्नु भएका मन्त्री भट्टराईले    संक्षिप्त कुराकानी गर्दै “भन्नुभयो” डोटीबाट निर्वाचित प्रतिनिधी सभा सदस्य माननीय प्रेम आले मगर विकासको पर्यावाची नाम भएको बताउनुभयो ।  उहाॅंले “भन्नुभयो” दिपायल विमानस्थल स्तरउन्नतीको […]

डा. केसीको जीवनरक्षाको माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं,असोज,१७-चिकित्सा शिक्षा सुधारको माग गर्दै अनशन बस्नुभएका डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै शनिबार माइतीघरमा प्रदर्शन भएको छ । अनशनरत् डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि जीवनरक्षाको माग गर्दै युवाहरुले प्रदर्शन गरेका हुन् । अनशनको २० दिन पुग्दासमेत सरकारले केसीका मागहरु पूरा गर्न कुनै कदम नचालेको प्रदर्शनमा सहभागी युवाहरुले आरोप लगाएका छन् । भदौ […]

प्रदेश ५ को राजधानी दाङको भालुवाङ सार्ने भएपछि बुटवलमा सुरु भयो विरोध प्रदर्शन

काठमाडौं,असोज,१६-प्रदेश ५को स्थायी राजधानी दाङको भालुवाङ गर्ने प्रस्ताव गरेपछि बुटवलमा बिरोध प्रदर्शन सुरु भएको छ। हाल सो प्रदेशको अस्थायी राजधानी रुपन्देहीको बुटवलमै रहेको छ।आजै प्रदेश सरकारले सो प्रदेश ५ को नाम लुम्बिनी र राजधानी दाङको भालुवाङ राख्ने प्रस्ताव प्रदेश सभामा पेश भएको छ। प्रदेश राजधानी दाङ सार्ने निर्णय सार्वजनिक भएलगत्तै बुटवलमा बिरोध प्रदर्शन सुरु भएको […]

आठ प्रयोगशालालाई २४ घण्टे चेतावनी, शुल्क नघटाए अनुमति खारेज गरिने

काठमाडौं,असोज,१४-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षण गर्दा तोकिएको शुल्कभन्दा बढी लिने ८ प्रयोगशालालाई २४ घण्टाभित्र शुल्क घटाउन निर्देशन दिएको छ। शुल्क नघटाए उनीहरुको अनुमति खारेज गरिने सरकारले चेतावनी दिएको छ। स्वास्थ मन्त्रालयले गुणस्तर मापन तथा नियमन महाशाखाले दिएको प्रतिवेदन अनुसार ८ प्रयोगशालाले बढी शुल्क लिएको पाइएकाले आज एकदिनलाई चेतावनी दिने र २४ घण्टाभित्र शुल्क नघटाए […]