जिल्ला स्तरका सरकारी कार्यालय खारेज हुँदै

काठमाडौं,चैत्र,२८- सरकारले आजबाट एक दर्जन सरकारी कार्यालय खारेज गर्दैछ । स्थानीय निकायको चुनाव भएर स्थानीय सरकार आइसकेकाले जिल्ला स्तरमा रहेका सरकारी कार्यालयहरु अब स्थानीय तहलाई हस्तान्तरण गर्दै खारेज गर्न लागेको हो । तत्काल १० वटा सरकारी कार्यालय, बिभिन्न विकास समिति र परियोजनाहरु खारेज हुने भएका छन् । संविधानमा अहिले रहेका जिल्लास्तरीय कार्यालयले गर्ने काम स्थानीय […]

जिभिएन माध्यामिक विद्यालयले मनायो २२ औँ वार्षिक उत्त्सव

ज्ञानु सङ्गम खड्का/ नेपालगन्ज ,चैत्र,२४- जिभिएन माध्यामिक विद्यालय नेपालगन्जले शनिबार आफ्नो २२ औँ वार्षिक उत्सव सब्य अनि भब्य तरिकाले मनाएको छ। जिभिएन स्कुल व्यवस्थापन समितिका अध्यक्ष सागर ज्ञवालिको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम विद्यालयले आफ्नै प्राङ्गनमा सम्पन्न गरेको हो। कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपालगन्ज नगर शिक्षा अधिकृत इश्वर पौडेल रहनु भएको थियो। त्यस्तै अतिथिहरु व्यवस्थापन समितिका […]

शिक्षक सेवा आयोगका अध्यक्ष गौतमलाई कार्बाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

काठमाडौं,चैत्र,२२- प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले शिक्षक सेवा आयोगका अध्यक्ष ताना गौतमलाई कार्बाही गर्न शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ ।प्रधानमन्त्री कार्यालयले चैत २१ गते बुधवार एक पत्र लेखि शिक्षा मन्त्रालयलाई आयोगका अध्यक्ष गौतमलाई आवश्यक कार्बाही गर्न आदेशानुसार अनुरोध गरेको हो । शिक्षक सेवा आयोगका अध्यक्ष गौतमले सर्वोच्च अदालतमा झुठो प्रमाण पेश गर्दा हजारौं शिक्षक लाइसेन्स, शिक्षा […]

नेपालगन्ज बहुमुखी क्याम्पसमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

ज्ञानु सङ्गम खड्का /नेपालगन्ज , चैत्र,१६   नेपालगन्ज बहुमुखी क्याम्पसको आयोजनमा आज शुक्रबार क्याम्पसको प्राङ्गणमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ। बिबिएस अध्ययनरत बिद्यार्थिहरु बिच गराइएको उक्त प्रतियोगितामा पाँच समूह बिच प्रतिस्पर्धा भएको थियो । उक्त प्रतियोगितामा प्रतियोगी अन्य समुहलाई पछि पार्दै पोखराज भण्डारीको समूह प्रथम र दुर्गा अधिकारिको समूह द्वतीय भएको थियो। क्याम्पसका मुख्य सञ्चालक […]

माध्यमिक शिक्षा परीक्षा एसईई आजबाट सुरु

काठमाडौं, चैत,८- माध्यमिक शिक्षा परीक्षा एसईई आजबाट देशभर एकै साथ शुरु हुँदै छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षामा ७७ वटै जिल्लाका ४ लाख ८५ हजार ५ सय ८६ जना परीक्षार्थी सहभागी हुँदै छन् । जसमा नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ छन् । परीक्षा नियन्त्रण कार्यालयले १ हजार […]

एसईई परीक्षाका लागि १ हजार ९५६ केन्द्र निर्धारण

भक्तपुर,चैत,४- यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) लागि १ एक हजार ९५६ परीक्षा केन्द्र निर्धारण गरिएको छ।आज राष्ट्रिय परीक्षा बोर्डले पत्रकार सम्मेलनको आयोजना गरी परीक्षाको तयारी पूरा भएको जानकारी दिएको छ। परीक्षा सञ्चालका लागि १ हजार ९५६ केन्द्रध्यक्ष, २ हजार ४५० सहायक केन्द्रध्यक्ष, २० हजार ३४० निरीक्षक, १० हजार ६७६ सहयोगी र २९ हजार ३४० […]

छिट्टै प्रादेशिक शिक्षा ऐन जारी हुने

काठमाडौं,फागुन,३०- ३ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले प्रादेशिक शिक्षा ऐन छिट्टै जारी हुने बताएका छन् । समृद्ध प्रदेश शिक्षा सुधार बिना सम्भव नभएको भन्दै उनले शिक्षामा रुपान्तरणका लागि छिट्टै प्रादेशिक शिक्षा ऐन जारी हुने बताएका हुन् । एकीकृत अखिल नेपाल शिक्षक संगठनको ३ नम्बर प्रदेशले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै मन्त्री दुलालले शिक्षामा […]

नेपालगन्ज बहुमुखी क्याम्पसले गर्यो स्वागत तथा बिदाई कार्यक्रम

ज्ञानु सङ्गम खड्का / नेपालगन्ज,फाल्गुन,२६- बिगतका वर्षहरु जस्तै यो वर्ष पनि नेपालगन्ज बहुमुखी क्याम्पस नेपालगन्जले स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न गरेको छ। यस क्याम्पसको बि.बि.एस दोस्रो र तेस्रो वर्षमा अध्यनरत बिद्यार्थिहरुद्वारा आयोजित उक्त कार्यक्रम शनिबार क्याम्पसको आफ्नै प्राङ्गणमा सम्पन्न भएको हो। बि.बि.एस तेस्रो वर्षमा अध्यनरत छात्र पोखराजको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा विशिष्ट अतिथिको रुपमा […]

रझेना स्रोत केन्द्रमा अतिरिक्त क्रियाकलाप सम्पन्न

रोशन घर्ती/ घोराही,फागुन,२५- घोराही उपमहानगरपालिका–१८ मावि रझेनामा स्रोतकेन्द्र स्तरिय अतिरिक्त क्रियाकलाप सम्पन्न भएको छ । माध्यमिक विद्यालय रझेनाका निमित्त प्रधानाध्यापक रामहरी रिजालको अध्यक्षता तथा विद्यालय निरिक्षक नारायणप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । रझेना स्रोत केन्द्रमा रहेका २५ विद्यालय सहभागि रहेको कार्यक्रममा स्रोतकेन्द्र स्तरिय अतिरिक्त क्रियाकलाप भएका छन् । जसमा विज्ञान प्रदर्शनी तर्फ मावि […]

अक्षरा जुनियर स्कुल प्रिन्सेस २०१८ को आवेदन फारम खुल्ला

काठमाडौं,फाल्गुन,११- वार्षिक परीक्षा पछि एक महिना फुर्सदमा रहने बालिकाहरुको प्रतिभा प्रस्तुति तथा व्यक्तित्व विकाशका लागि सिजन मिडियाले विगत ७ वर्ष देखि निरन्तर रुपमा कक्षा २ देखि ७ सम्म अध्ययनरत छात्राहरुमा लक्षित अक्षरा जुनीयर स्कुल प्रिन्सेस प्रतियोगिता आयोजना गर्ने भएको छ । यस वर्ष देखि कक्षा ८ र ९ मा अध्ययनरत छात्राहरुलाई पनि समावेश गर्ने गरि […]