दशैँको पाँचौं दिन आज स्कन्दमाता भगवतीको पूजा गरि मनाईदै

काठमाडौं,असोज,२१-हिन्दु नेपालीहरुको महान चाड बडादशैँको पाँचौं दिन आज स्कन्दमाता भगवतीको पूजाआजा गरि मनाईदैछ। घटस्थापनासंगै नवदूर्गाका ९ वटा रुपहरुको पूजा गर्ने धार्मिक परम्परा छ।नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा र पाँचौ दिन स्कन्दमाताको पूजा गरिन्छ ।   यस्तै, छैटौ दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी […]

आज दशैंको चौथो दिन कुष्माण्डा देवीको पूजा गरि मनाईदै

काठमाण्डौं,असोज,२०-हिन्दु नेपालीहरुको महान चाड बडादशैंअन्तर्गत नवरात्रको चौथो दिन आज आईतवारका दिन कुष्माण्डा भगवतीको विशेष पूजा आरधना गरेर मनाइँदैछ। शक्तिपीठ, देवी मन्दिरहरुमा आज देवीको दर्शन गर्न भक्तजनहरुको घुँइचो लागेको छ।कुष्माण्डा मातालाई शुभकर्मको थालनी र सृष्टिको प्रतिकको रुपमा घर–घरमा पूजा गरिन्छ। कुष्माण्डा देवीले ब्रह्माण्डको सृष्टि गरी पृथ्वी रचनाका लागि सूर्य भगवानलाई आफ्नो तापशक्ति दिएर प्रज्वलित बनाएको र […]

आज दशैंको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा गरिँदै

काठमाडौं,असोज,१९-नेपालीहरूको महान् पर्व बडादशैं अन्तर्गत नवरात्रिको तेस्रो दिन आज शनिवार नवदुर्गाका नौवटा रूपमध्ये ‘चन्द्रघण्टा’ नाम गरेकी दुर्गा भवानीको पूजापाठ तथा दर्शन गरेर दसैं मनाइँदै छ। आजको दिन पनि पहिलो दिनजस्तै नित्य पूजा गरेर विशेष रूपमा चन्द्रघण्टाको पूजाआराधना गरी चण्डीपाठ, कुमारी पूजा तथा हवन गर्नुपर्ने शास्त्रमा उल्लेख छ। उनलाई खुसी पारी कार्यसिद्ध गर्न ‘ॐ ऐं ह्रीं […]

आज दशैंको दोस्रो दिन,ब्रह्मचारिणी देवीको पूजा गरिँदै

काठमाडौं,असोज,१८-आज बडा दशैंको दोस्रो दिन देशभरका शक्तिपीठ तथा दशैं घरहरुमा ब्रह्मचारिणी देवीको पूजा गरिँदै छ।शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीहरुको भीड लागेको छ । आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको दशैं पूर्णिमासम्म परम्पराअनुसार दुर्गा भवानीको पूजा आराधना गरी हर्षोल्लासका साथ मनाउने गरिन्छ । दशैंको पहिलो दिन हिजो घटस्थापनामा शैलपुत्री देवीको पूजापाठ गरिएको थियो।घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा […]

टोकियोमा क्षत्री दिवसको अवसरमा सांस्कृतिक कार्यक्रम गरिदै

टोकियो,असोज,१७-जापानको टोकियोमा पहिलो पटक क्षत्री दिवस मनाईने भएको छ। क्षत्री समाज नेपाल, जापान शाखाले अक्टोवर ६ तारिख आइतबारका दिन दिवस मनाउन लागेको हो। यस्तै दिवसको अवसरमा दशैं-तिहारको शुभकामना आदान-प्रदान तथा सांस्कृतिक कार्यक्रम समेत गरिने अध्यक्ष नरेश बहादुर जिसीले बिहानी अनलाईनलाई जानकारी दिनुभयो। सिनओकोबु स्थित बारकाँडे रेष्टुरेण्टको हलमा हुने कार्यक्रममा क्षत्री समाजका लागि योगदान पुर्याउने विभिन्न […]

नेपालीको महान् पर्व दशैं सुरु, पहिलो दिन घर-घरमा घटस्थापना गरिँदै

काठमाडौं,असोज,१७-हिन्दु धर्मावलम्बीहरुको महान् पर्व बडा दशैं आज (बिहिवार)देखि सुरु भएको छ।यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षोल्लास र धुमधामका साथ मनाइन्छ। बडा दशैंको पहिलो दिन आज घर-घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ।गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैं घरमा पवित्र नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई विधिपूर्वक […]

टोकियोमा मगर समुदायले मनाए भुम्या पर्व ।।

टोकियोमा मगर समुदायले मनाए भुम्या पर्व

टोकियो,असार,९-जापानको टोकियोमा नेपाल मगर संघ जापानले एक अनौपचारिक कार्यक्रम गरि भव्यताका साथमा आज आईतबार  भुम्या पर्व मनाएको छ।जापानको राजधानी टोकियो स्थित कासाई रिन्काई पार्कमा भुम्या पर्व मनाएको हो।  आज गरिएको भुम्या पर्व कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राख्दै नेपाल मगर संघ केन्द्रीय जापानका वरिष्ठ उपाध्यक्ष प्रेम प्रकाश रोका मगरले संसारभरी छरिएर बस्नु भएका आम मगर समुदायमा […]

आजदेखि नयाँ वर्ष २०८१ साल सुरु

टोकियो,जापान,वैशाख,१-आजदेखि विक्रम सम्वत् २०८१ साल सुरु भएको छ।नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज देश,विदेशमा रहेका नेपालीहरुले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन्। नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिइएको छ। नयाँ वर्षको पहिलो दिन राम्रो सुरुआत भए वर्षभर सफलता मिल्ने जनविश्वास छ।विक्रमादित्यले […]

मोना ईतावासी फेस्टिवलमा JRF को मेम्बर बन्न सकिने

टोकियो,जापान,चैत्र,२७-म्याग्दी प्रवासी संघ नेपाल (मोना) जापानले टोकियो ईतावासीमा यहि अप्रिल २७ र २८ तारिख शनिवार र आईतवारका दिन म्याग्दी (मोना) ईतावासी नेपाल फेस्टिवल आयोजना गर्दैछ। आयोजकका अनुसार नेपाली खानपिन, कला, सँस्कृति एवं पर्यटन, धार्मिक, ऐतिहासिक, सामाजिक, साँस्कृतिकको बारेमा जापानी समुदायकाबीच प्रवर्धन गर्ने उद्देश्यले फेस्टिवलको आयोजना  गर्न लागेको जनाएको छ। फेस्टिवलमा एक दर्जन बढी नेपाली रेष्टुरेण्ट […]

जापानीज संगै विदेशीहरु साकुराको सौन्दर्यतामा रमाउदै

टोकियो,जापान,चैत्र,२५-जापानमा यतिखेर “साकुरा” फुलेर ढकमक्कै भएका छन्।साकुरा भन्नेबित्तिकै सबैको मनमस्तिष्कमा यसको सौन्दर्यले जोकोहीलाई मोहित पार्छ।“साकुरा” जापानको राष्ट्रिय फूल पनि हो। जापानले सन् १९९२ देखि मार्च  २७  लाई साकुरा दिवसका रूपमा मनाउँदै आईरहेको छ।यहाँ साकुरालाई शान्तिको प्रतीक मानिन्छ। वसन्त ऋतुको आगमनसँगै मार्चको अन्तिम सातादेखि अप्रिलको पहिलो सातासम्म जापानका बाटो,पार्क, वनजंगल,घरअगाडीका बगैँचाहरू “साकुरा” फूलले सेताम्मे र राताम्मे […]