नेपाल साँस्कृतिक संघ बाँकेले भोली देखी देउसी भैलो खेल्ने

बाँके,कार्त्तीक,१- नेपाल साँस्कृतिक संघ बाँकेले यस वर्ष पनी देउसी भैलो कार्यक्रमको आयोजना गरेको छ । संघले यस वर्षको देउसी भैलो कार्यक्रम गत वर्षको भन्दा फरक हुने जनाएको छ । संघले भोली लक्ष्मी पूजाको दिन देखी कार्त्तीक ६ गते सम्म देउसी भैलो खेल्ने छ । गत वर्ष जस्तै यो साल पनी बाँकेको कोहलपुर, चप्डगौडी, मदनचोक, पिपलचौतारा, नेपालगंज, खजुरा […]

आज कुकुर तिहार

काठमाडौं,कार्तीक,१- आज कुकुर तिहार । सबै नेपालीको घर आगनमा कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा मीठा खानेकुरा खान दिई पूजा गरिन्छ । आजका दिन कुकुरको पूजा नगरी खाना खाएमा पापी भइन्छ भन्ने भनाइ छ । प्रत्येक वर्षको कृष्ण चतुर्दशी दिन कुकुरको पूजा गरिन्छ । आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । यस दिन कुकुरलाई विशेष […]

आजबाट तिहार सुरु

काठमाडौं, असोज ३१- नेपालीको दोस्रो ठूलो चाड तिहार आजबाट सुरु भएको छ । तिहारको पहिलो दिन आज कागको पूजा गरेर मनाइँदै छ । तिहार पर्व कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइन्छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमराज पनि आफ्ना दैनिक काम स्थगित गरी बहिनी यमुनाकहाँ अतिथिका रुपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस […]

यस वर्ष भाइटीकाको साइत ११:५१ मा उत्तम

काठमाडौं,असोज,२९- हिन्दुहरुको दोस्रो ठुलो पर्व भाइटीकाको साइत कात्तिक ४ गते शनिबार मध्याह्न ११:५१ मा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले सो समय अभिजित् (विजय) मुहूर्तको साइत दिएको जानकारी दिनुभयो । उहाका  अनुसार भाइटीकाका समय दाजुभाइले पश्चिम फर्केर बस्न र दिदीबहिनीले पूर्व फर्केर टीका लगाउन राम्रो हुन्छ । […]

राष्ट्र राष्ट्रियता धर्म सस्कार र सस्कृति रक्षार्थ एक प्रभावकारी अभियान ॐ जन-जागरण नेपाल

केपि खनाल/ काठमाण्डौं,असोज-२५- भनिन्छ,जीवनलाई हेर्ने दृश्टिकोण नै जीवन हो । गलत अर्थले हेरिएको जीवनले गलत मोड लिन्छ सही अर्थमा ब्यतीत जीवनले सही मोड़ लिन्छ । जब छाती भित्र राष्ट् प्रेम हुन्छ उसलाई कुनै राजनैतिक पार्टीको सपोर्ट वा कार्यकर्ता भै रहनु पनी पर्दैन । आफैले एउटा स्वतन्त्र अभियान चलाएर देशको लागी केहि गर्न सकिन्छ भन्ने बलियो […]

आज देखि महेन्द्रनगरमा रामलिला मञ्चन हुने

इन्द्र कार्की महेन्द्रनगर,असोज,१९     आज देखि महेन्द्रनगरको खुला मञ्चमा रामलिला मञ्चन हुने भएको छ । रामलिला समिती कञ्चनपुरको आयोजनामा रामलिला मञ्चन हुन लागेको हो । रामलिला मञ्चनको लागि सवै तयारी अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएको छ । रामलिला समितिका महासचिव शमरजंग वहादुर चन्दले रामलिलाको तयारी अन्तिम चरणमा पुगेको वताए । उनका अनुसार रामलिलाका कलाकारहरुको तीन […]

विजया दशमीको तेस्रो दिन आज पनि टीका ग्रहण गरिदैं

काठमाडौं, असोज १६- विजया दशमीको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आर्शिवाद ग्रहण गरिंदैछ ।विजया दशमीका टीका लगाउन नपाएका वा नभ्याएकाहरुले आज मान्यजनको हातबाट टीका, जमरा र आशिर्वाद लिइरहेका छन् । कोजाग्रत पूर्णिमाको दिनसम्मै आफ्ना कुलकुटुम्ब र आफन्तजनसँग टीका लगाउने परम्परा छ । टीका लगाएर आशिर्वाद लिन टाढाटाढाबाट आफन्तजनको पुग्ने क्रम जारी छ […]

आज पनि मान्यजनको हातबाट टीका र जमरा लगाइदै

काठमाडाैं,असाेज,१५- विजयादशमीको दोस्रो दिन आज, पापकुंश एकादशीः आज पनि आफन्त र मान्यजनबाट टीका र जमरा लगाई आशीर्वाद लिने क्रम चलिरहेको छ । विजया दशमीमा दिन हिजो टिका थाप्न जान नपाएका आफन्त तथा टाढा टाढा रहेका मान्यजनका घरमा टिका थाप्न जानेको चहलपहल पनि बढेको छ । एकादशी अर्थात एघारौँ तिथी र यो तिथीमा वर्त वस्ने, फलाहारहरुमात्र […]

आज बडादशैं : मान्यजनहरुबाट टीका र आशिर्वाद ग्रहण गरिदैं

काठमाडौं, आसोज १४- आज नेपालीहरुको महान् चाड बडादशैं मान्यजनहरुबाट टीका र आशिर्वाद ग्रहण गरी मनाइँदैछ । आजको दिन घरघरमा विधिपूर्वक राखिएको जमरा र टीका देवी दूर्गालाई चढाएपछि पूर्ण घडाको जलले अभिषेक गरी आफ्ना मान्यजनहरूबाट नवदूर्गा भवानीको प्रसाद, टीका र जमरा लगाउने प्रचलन छ । आजको दिन परिवारमा आफूभन्दा ठूलाबडा, गुरुपुरोहित तथा मान्यजनको हातबाट नवदूर्गा भवानीको […]

बडादसैंको टीकाको साइत बिहान ११ बजेर ५५ मिनेटमा उत्तम

काठमाडौं, असोज १३- हिन्दुहरुको महान पर्व बडादसैंको टीकामा साइत खोज्नेहरुका लागि शनिबार (भोलि) बिहान ११ बजेर ५५ मिनेट उत्तम रहेको छ । नेपाल पञ्चांग निर्णायक समितिले दुर्गाभवानीको प्रसाद लगाउनका लागि साइतको जरुरी नपर्ने तर साइत नै खोज्नेहरुका लागि भने ११ बजेर ५५ मिनेटको समय उत्तम रहेको जनाएको हो । दसैंमा मान्यजनहरुबाट टीका–जमरा थापेर आशिर्वाद लिने […]