आज हरिबोधिनी एकादशी, देशभरका नारायण मन्दिरमा भीड

काठमाण्डौं,कार्त्तीक,१४- कार्तिक शुक्ल एकादशीका दिन आज औषधिको गुणले युक्त तुलसीको पूजाराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ ।हरिबोधिनी एकादशीका दिन तुलसीसँग विष्णुको विवाह र विशेष पूजा गरी मनाउने प्रचलन रहेको छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु आज ब्युँझने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ । हरिशयनीदेखि हरिबोधिनी […]

उदाउँदो सूर्यलाई अर्घ दिंदै आजदेखि छठ पर्व समापन

काठमाडौं, कात्तिक १०- उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठ पर्वको समापन गरिएको छ । मिथिलाञ्चलको महान् पर्व छठ आज विहान उदाउँदो सूर्यलार्य अघ्र्य दिएर समापन गरिएको हो ।छठको मूख्य दिन हिजो काठमाडौंसहित तराईका विभिन्न जिल्लामा अस्ताउँदो सूर्यलाई अघ्र्य दिँदै षष्ठी माताको पूजा गरी धुमधामका साथ मनाइयो । त्यसपछि पनि भक्तजनहरु रातभर जाग्राम बसी पूजा आराधना गर्दै आज […]

आज छठ पर्व मनाइँदै

काठमाडौं, कात्तिक ९- मिथिलाञ्चलको महान पर्व छठको मुख्य दिन आज काठमाडौंसहित तराईका विभिन्न जिल्लामा धुमधामका साथ मनाईंदै छ ।छठको तेस्रो तथा मुख्य दिन आज अस्ताउँदै गरेको सूर्य तथा षष्ठी मातालाई अघ्र्य दिने गरिन्छ । छठका लागि तराईका विभिन्न जिल्लाका नदी तथा तलाउका किनारा झकिझकाउ पारिएको छ । दुलही झैं सिंगारिएका तलाऊहरुमा हजारौं भक्तजन बिहानैदेखि भेला […]

छठ पर्व आजबाट सुरु

काठमाडौं, कात्तिक ७- मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्व आजबाट सुरु भएको छ ।कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म विभिन्न विधि गरेर मनाइने छठ पर्व आज ‘नहाय–खाय’ विधिसँगै सुरु भएको हो । छठ पर्व सुरु भएसँगै गाउँबस्तीमा छठी गीत गुञ्जिरहेका छन् । सूर्यदेवको उपासना गरिने यस पर्वको पहिलो दिन कात्तिक शुक्ल चौथीका दिन ब्रतालुले ब्रत […]

आज भाईटिका : टीकाको उत्तम साइत बिहान ११:५१ मा

काठमाण्डौं,कार्तीक,४ – यमपञ्चकको पाँचौ तथा अन्तिम दिन अाज विधिपूर्वक भाईटिका लगाईदैछ । आजको दिन आफ्ना दाजु तथा भाईलाई यमराजले अल्प आयुमानै नलगोस भन्दै दिदी वहिनीले कहिलै नसुक्ने तेलको घेरा र मखमली मालाले आफ्ना दाजुभाई लाई पुजा गर्ने गर्दछन् । आजको दिनमा दिदीबहिनीले दाजु भाईलाई सप्तरंगी टिका लगाइदिनुका साथै दिदी बहिनीले दाजुभाई लाई कटुस, ओखर नरिवल मिष्ठान्न परिकार […]

देउसी-भैली खेल्दा बलिराजाले पठाएको किन भनिन्छ ?

काठमाडौं,कार्तीक,४- अझ यतिसम्म भन्न भ्याएका छन् कि दानव कुलका शक्तिशाली बलिराजाले इन्द्रको स्वर्ग कब्जा गरे । कहाँ छ त्यो स्वर्ग भन्ने ठाउँ ? कसले देखेको छ स्वर्ग ? यहाँ अर्को प्रश्न पनि उठाउने गरिन्छ, गाई काटेर खाने मगरले के गाईको पुजा गरे होलान् र पञ्चायतकालसम्म रुकुमको मैकोटमा बकाइदा गाईको बलि चढाइन्थ्यो, मगर पुजारीद्वारा । दिदीबहिनी दाजुभाइको […]

नेपाल साँस्कृतिक संघको देउसी भैलो संगै मन भुलाउदै बाढी पिडित

बाँके,कार्तीक,३- नेपाल साँस्कृतिक संघ बाँकेले आयोजना गरेको देउसी भैलो कार्यक्रमले बाँकेका बाढी पिडीतहरुको पिडामा मलम लगाउने काम गरेको छ । नेपाली काँग्रेसको भातृ संघको रुपमा रहेको नेपाल साँस्कृतिक संघले अन्तत : अती बाढी प्रभावित क्षेत्र बाट छटपटाईरहेका बाढी पिडीतहरुका लागी संघको देउसी भैलोले उनीहरुको पिडामा मनोरञ्जन प्रदान गर्दै मलम लगाउने काम गरेको हो । “तपाईको पिडा ,हाम्रो पनी पीडा […]

आज धनधान्यकी देवी लक्ष्मीको पूजा–आराधना गरिँदै

काठमाडौं, कात्तिक २- यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज (बिहीबार) साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा–आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा, सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, […]

नेपाल साँस्कृतिक संघ बाँकेले भोली देखी देउसी भैलो खेल्ने

बाँके,कार्त्तीक,१- नेपाल साँस्कृतिक संघ बाँकेले यस वर्ष पनी देउसी भैलो कार्यक्रमको आयोजना गरेको छ । संघले यस वर्षको देउसी भैलो कार्यक्रम गत वर्षको भन्दा फरक हुने जनाएको छ । संघले भोली लक्ष्मी पूजाको दिन देखी कार्त्तीक ६ गते सम्म देउसी भैलो खेल्ने छ । गत वर्ष जस्तै यो साल पनी बाँकेको कोहलपुर, चप्डगौडी, मदनचोक, पिपलचौतारा, नेपालगंज, खजुरा […]

आज कुकुर तिहार

काठमाडौं,कार्तीक,१- आज कुकुर तिहार । सबै नेपालीको घर आगनमा कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा मीठा खानेकुरा खान दिई पूजा गरिन्छ । आजका दिन कुकुरको पूजा नगरी खाना खाएमा पापी भइन्छ भन्ने भनाइ छ । प्रत्येक वर्षको कृष्ण चतुर्दशी दिन कुकुरको पूजा गरिन्छ । आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । यस दिन कुकुरलाई विशेष […]