जाजरकोट,जेठ,२- जाजरकोटको कुशे गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका हरिशचन्द्र बस्नेत निर्वाचित भएका छन् । जिल्लाका ७ स्थानीय तह मध्ये मत परिणाम घोषणा भएको यो पहिलो स्थानीय तह हो । जाजरकोटका मुख्य निर्वाचन अधिकृत हरिबहादुर बुढाका अनुसार शिवालय गाउँपालिकाको मतगणना पनि अन्तिम चरणमा पुगेको छ । केही समयमा शिवालय गाउँपालिकाको अन्तिम मत परिणाम पनि सार्वजनिक हुने छ […]
समाचार
आयोग भन्छ– ‘मतपत्रको जटिलता र धेरै उम्मेदवारका कारण ढिलाइ’
काठमाडौं, जेठ, १- काठमाडौं महानगरपालिकाको मतगणना सोमबार दिउँसो २ बजे सुरु गरियो । साँझ ९ बजेसम्म (७ घण्टामा) जम्मा २ सय मत गनियो । एउटा मत गन्न सरदर २.१ मिनेट लाग्यो । यही गतिमा काम अघि बढ्ने हो भने १ लाख ९० हजार मत गनिसक्न ठ्याक्कै ६ हजार ६ सय ५० घण्टा लाग्नेछ । अर्थात् […]
प्रधानमन्त्रीले भने– अब राजीनामा दिन्छु,
काठमाडौं,जेठ,२- प्रधानमन्त्री प्रचण्डले यही साता पदबाट राजीनामा दिने घोषणा गरेका छन् । उनले जेठ ७ गतेभित्र संसद्लाई सम्बोधन गरेर राजीनामा दिने बताएका छन् । संसद् बैठक जेठ ४ गते बस्दैछ । राष्ट्रिय जनता पार्टीका नेताहरुसँग सोमबार बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले यही साता संसद्लाई सम्बोधन गरेर राजीनामा दिन लागेको बताए । स्थानीय तहको चुनाव सफल […]
जुम्लाको हिमा गाउँपालिकाको अध्यक्षमा माओवादी विजयी
जुम्ला,जेठ,२- जुम्लाको हिमा गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । अध्यक्ष पदमा माओवादीका राजबहादुर शाही र उपाध्यक्ष पदमा माओवादीकै हिमाली रोकाय विजयी भएका हुन् । शाहीले १३१७ र रोकायले १३२७ मत पाएको मुख्य निर्वाचन अधिकृत रुद्रप्रसाद आचार्यले अनलाइनखबरलाई जानकारी दिए । माओवादीले यसअघि जुम्लाकै गुठिचौर गाउँपालिकाको अध्यक्षमा पनि जित हात पारेको छ । गुठिचौर गाउँपालिकाको […]
कांग्रेसले जित्यो थप दुई गाउँपालिका, मुस्ताङको घरपजोङमा एमाले विजयी
काठमान्डौ,जेठ,२- मनाङको एउटा र मुस्ताङका दुईवटा स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । मुस्ताङको लोमान्थाङ गाउँपालिका अध्यक्षमा कांग्रेसका उम्मेद्वार सुर्वणकुमार बिष्टले जित हात पारेका छन् । उनी ६ सय २ मत ल्याएर विजयी भएका हुन् । उपाध्यक्षमा पेमा डोल्मा विष्ट विजयी भएकी छिन् । मनाङकै नोसाङ गाउँपालिकाको अध्यक्षमा कांग्रेसकै चन्द्रबहादुर घले विजयी भएका छन् । […]
कास्कीको मादी गाउँपालिकामा एमाले विजयी
पोखरा, जेठ,२ – कास्कीको मादी गाउँपालिकाको वडा नम्बर १ को अध्यक्षमा नेकपा एमालेका सुरज गुरुङसहितका उम्मेदवार विजयी भएका छन् । एमालेका उम्मेदवार गुरुङ ५५७ मत प्राप्त गरी विजयी भएका हुन् । गुरुङका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवारले ४३४ र माओवादी केन्द्रका उम्मेदवारले १४ मत प्राप्त गरेका छन् । मादी गाउँपालिकाका अन्य पद र वडाहरुको मतगणना जारी […]
कपुरकोट गाउपालिकाको १ नम्बर वडामा पुरै माओवादी केन्द्रको जीत
शंकर के सी सल्यान,जेठ,२- कपुरकोट गाउपालिकामा नेकपा माओवादी केन्द्रले अग्रता लिइरहेको छ । वडा नम्बर १ मा खसेको जम्मा ८०९ मत गनी सक्दा माओवादी केन्द्रका गाउंपालिका अध्यक्ष पदका उम्मेद्धार प्रकाश भण्डारीले ३ सय ७२ मत ल्याएका छन् भने एमालेका भिम बहादुर सेनले ३१० मत ल्याएका छन् । उपाध्यक्षमा माओवादी केन्द्रकी एलिना रानाले ३ सय ८९ […]
सल्यानको ढोरचौर १ र २ नम्बर वडामा माओवादी केन्द्रको प्यानल नै विजयी
रोशन घर्ति दाङ, जेठ,२- सल्यानको ढोरचौरको वडा नम्बर १ र २ नम्बरमा नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ। ढोरचौर १ नम्बर वडाको अध्यक्षमा रामबहादुर बस्नेत विजयी हुनु भएको छ। यस्तै उक्त वडाको सदस्यहरुमा कौशिला शाह चन्द, तुलसा विक, कालीबहादुर बुढाथोकी र तुलबहादुर थापा विजयी हुनु भएको छ। यस्तै, वडा नम्बर २ को अध्यक्षमा […]
रुकुमको १० वडा मध्ये ७ वडामा माओवादी केन्द्रको जीत
मनिष खड्का रुकुम,जेठ,२- मतगणना जारी रहेका रुकुमका ५ स्थानीय तहका १० वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जसमध्ये ७ वडामा नेकपा ९माओवादी केन्द्र० र ३ वडामा नेपाली कांग्रेस विजयी भएको छ । मुसिकोट नगरपालिकाका ३ वडामा कांग्रेस विजयी भएको हो । मुुसिकोट १, २ र ३ मा कांग्रेसको प्यानलनै विजयी भएको हो । […]
भरतपुर महानगरपालिकामा रेणुले लिइन् अग्रता
चितवन,जेठ,२- चितवनको भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेणु दाहालले अग्रता लिनुभएको छ । उहाको पक्षमा २८७ मत छ । एमालेका मेयर पदका उम्मेदवार देबी ज्ञवालीको पक्षमा २६४ मत छ । मत गणनाको सुरुवातमा ज्ञवाली अग्रस्थानमा हुनुहुन्थ्यो ।