डोल्पा,जेठ,२- माओवादी केन्द्रले डोल्पाका दुई गाउँपालिका जितेको छ । मुड्केचुला र जगदुल्ला गाउँपालिकामा माओवादीका उम्मेदवार विजयी भएका हुन् । मुड्केचुलाको प्रमुखमा माओवादीका दत्तबहादुर शाही ९३३ मत ल्याएर विजयी भएका छन् । उनले एमालेका उम्मेदवार लंकबहादुर रोकायभन्दा २ मतमात्रै बढी ल्याएर विजयी भए । एमालेका रोकायको पक्षमा ९३१ मत परेको छ । मुड्केचुलाको उपप्रमुख पद भने […]
समाचार
रेडियो मध्यपश्चिम प्रशारणको एक दशक पुरा
निमुसगंम घर्ती दाङ,जेठ,१- रेडियो मध्यपश्चिम एफएम ९१ थोप्लो ४ मेगाहर्जले आफ्नो प्रशारण सेवामा एक दशक पुरा गरेको छ । दाङ सुचना तथा सञ्चार सहकारी संस्था द्धारा सञ्चालित रेडियोले प्रशारण सेवामा दश बर्ष पुरा गरेको अबसरमा ११ औँ स्थापना दिबस मनाएको छ । रेडियो सञ्चालक समितिका अध्यक्ष माधबप्रसाद शर्माको अध्यक्षता एवं प्रेस काउन्सील नेपालका पूर्ब अध्यक्ष […]
भरतपुर महानगरपालिकामा मतगणना सुरु
चितवन, जेठ १ – भरतपुर महानगरपालिकामा ४ :३० बजेदेखि मतगणना सुरु गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय र दलहरुकाबीचमा मतगणनाका क्रममा अपनाइने आचारसंहिताका विषयको विवाद टुंगिएपछि मतगणना सुरु गरिएको छ । निर्वाचन अधिकृतको कार्यालयले मतपेटिकामा भएको मतको सङ्ख्याको आधार मान्य हुने जनाएको भएपनि दलहरुले मतदान स्थलमा गरिएको मुचुल्काको सङ्ख्या अनुसार हुनुपर्ने अडान राखेपछि मतगणनामा […]
बीउ रोप्न सफल भइयो, फल भित्र्याउने मौसम पछि आउँछ : डा. भट्टराई
काठमाडौँ, जेठ १ – नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई स्थानीय तहको निर्वाचनमा पार्टीले पाएको सफलताले वैकल्पिक राजनीतिको वीउ रोप्न सफल भएको बताएका छन् । हालसम्म विजयी उम्मेदवारहरुलाई बधाई दिँदै डा. भट्टराईले लेखेका छन् विभिन्न जिल्लामा वैकल्पिक राजनीतिको वीउ रोप्न सफल नयाँ शक्ति नेपालका विजयी उम्मेदवारहरूलाई वधाइ । यो वीउ रोप्ने मौसम हो फल भित्र्याउने […]
नवलपरासीमा चारवटा वडामा कांग्रेस प्यानल विजयी
नवलपरासी, जेठ १- नवलपरासी जिल्लामा चारवटा वडाको मतगणना सम्पन्न भएको छ । मतगणना सकिएको चारवटै वडामा नेपाली कांग्रेसको प्यानलनै विजयी भएको छ । अहिलेसम्मको घोषित परिणाम अनुसार विनयीत्रिवेण गाउँपालिका को वडा नं. ५ र ७ तथा हुप्सेकोट गाउँपालिकाको १ र बुलिंगटार गाउँपालिकाको १ नम्बर वडामा नेपाली कांग्रेसका सबै पदाधिकारीले जितेका छन् । अन्यमा मतगणना जारी […]
प्रधानमन्त्री र राजपाका नेताहरुबीच छलफल
काठमाडौँ , जेठ,१- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय जनता पार्टी, नेपालका नेताहरुबीच दोस्रो चरणको निर्वाचनका विषयमा केन्द्रित रहेर आज छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा व्यवस्थापिका–संसद्मा प्रस्तुत संविधान संशोधन प्रस्तावलाई दुई तिहाइ मतका साथ पारित गर्ने सन्दर्भमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । बैठकमा नेताहरुले स्थानीय तहको पहिलो चरणको […]
सिन्धुलीको गोलान्जोरबाट माओवादी केन्द्र विजयी
सिन्धुली, जेठ,१- सिन्धुलीको गोलान्जोर गाउँपालिकामा माओवादी केन्द्रले विजय प्राप्त गरेको छ । गोलान्जर गाउँपालिका वडा नं. १ मा माओबादी केन्द्रका ज्वाला प्र. न्यौपाने ६५६ मत ल्याई बिजयी भएका छन् । प्रतिद्वन्द्वी एमालेको १३४ मत मात्र रहेको छ ।
भेरीगंगा नगरपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रको पुरै प्यानल विजयी
सुर्खेत,जेठ १- आईतबार भएको पहिलो स्थानीय चुनावको मतगणना अनुसार सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रको पुरै प्यानल विजयी भएको छ । अध्यक्षका उम्मेद्धवार नवराज कार्कि २ सय ७४ मतले ल्याउदै विजयी हुनुभएको हो । कार्कीको प्यानल सहित महिला सदस्य रजना बुढा, दलित महिला सदस्य दुर्गा सार्की र खुला सदस्यहरु नर बहादुर बुढा र […]
नयाँ शक्तिका उम्मेद्वार रसुवाको दुईवटा वडा अध्यक्षमा विजयी
रसुवा, जेठ १ – रसुवाको २७ वडामध्ये दुईवटा वडाको मत परिणाम सार्वजनिक भएको छ । परिणाम अनुसार पार्वतीकुण्ड गाउँपालिका–१ र उत्तरगया गाउँपालिका–१ को वडा अध्यक्षमा नयाँ शक्तिका उम्मेद्वार विजयी भएका छन् । उत्तरगया १ को वडा अध्यक्षमा दुई ७६ मत ल्याएर नयाँ शक्तिका बमबहादुर तामाङ विजयी हुनुभएको छ । महिला सदस्यमा नयाँ शक्ति कै मञ्जु […]
जाजरकोटको शिवालय गाउँपालिकाको वडा नं १ मा माओवादीका उम्मेद्वार विजयी
जाजरकोट, जेठ १ – जाजरकोटको शिवालय गाउँपालिकाको वडा नम्बर १ मा माओवादी केन्द्रका सबै उम्मेद्वार विजयी भएका छन् । वडा अध्यक्षमा माओवादी केन्द्रका मानबहादुर पुनले २ सय ६९ मत पाएर विजयी हुनुभएको हो । वडाको सदस्यमा रामसरी राना, भद्री दमाई, कृष्ण राना र चन्द्रबहादुर पुन विजयी हुनुभएको छ । ujyaalo online bata.