काठमाण्डौं,असोज,२६-नेपाल वायुसेवाका कर्मचारीहरुले गर्दै आएको आन्दोलन स्थगित भएको छ ।नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिनप्रकाश पौडेलको विषयलाई लिएर आन्दोलन गरिरहेका कर्मचारीले आजदेखि आफ्ना सबै आन्दोलन स्थगित गरेका छन् । आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसँग मन्त्रालयमा भएको छलफलपछि कर्मचारीहरूले आफ्ना आन्दोलनका कार्यक्रम स्थगित भएको जानकारी दिएका हुन् । मन्त्री आले तथा नेपाल वायुसेवा निगमका […]
Flash
डडेल्धुरामा ब्रेक फेल भएर बस पल्टियो,२ बालबालीका सहित १६ जना घाइते
डडेलधुरा,असोज,२६-धनगढीबाट बाजुरा जाँदै गरेको बस आज विहान डडेल्धुराको केआईसिंह राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–१० राई बजार नजिकै दुर्घटना हुँदा १६ जना घाईते भएका छन । ना ७ ख १७४ नम्बर बस दुर्घटना हुँदा आठ पुरुष, सात महिला र दुई बालबालिका घाइते भएका हुन् । बसमा ५०/६० जना यात्रु सवार रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ […]
बडादशैंको सातौ दिन आज फुलपाति
काठमाडौं,असोज,२६-बडादसैंको सातौं दिन आज फुलपाती भित्र्याइदैछ ।प्रत्येक वर्ष दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आवाहन गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, […]
कतार विश्वकपका लागी जर्मनी छनोट
एजेन्सी,असोज,२६-सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपको लागि जर्मनी पहिलो राष्ट्र बनेको छ । युरोपेली छनोटमा नर्थ म्यासेडोनियालाई ४–० ले पराजित गर्दै जर्मनी कतार विश्वकपमा छनोट हुने पहिलो टोली बनेको हो ।जर्मन सन् २०१४ को विश्वकप जित्ने देश हो । समूह ‘जे’ मा दुई चरणको खेल बाँकी रहँदै जर्मनीले अर्को वर्ष कतारमा हुने विश्वकपको लागि स्थान पक्का गरेको […]
रुपन्देहीको मोतिपुरमा आज पनि कफ्र्यू, मृत्यु भएका ३ जनाको अझै पहिचान खुलेन
भैरहवा,असोज,२५-रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा आइतबार प्रहरीसंग भएको झडपमा ४ जनाको मृत्यु भएपछि त्यस क्षेत्रमा लगाईको कफ्र्यु आज पनि जारी रहेको छ । थप झडप हुने भयले स्थानीय प्रशासनले कफ्र्यु जारी राखेको हो । हिजोको झडपमा घाइते भई भैरहवा मेडिकल कलेजमा उपचार गराइरहेकाहरू मध्ये ४ जनाको मृत्यु भएको थियो । उपचारका लागि लगिएका ८ जना मध्य […]
अछाममा जन्ती बोकेको जिप दूर्घटना हुँदा ४ को मृत्यु, १४ घाइते
अछाम,असोज,२५-अछामको पञ्चदेवल बिनायक नगरपालिका कुइकामा गएराती बोलेरो जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका १४ वर्षीय जीवन न्यौपाने, १८ वर्षीय सर्प बोहरा, १७ वर्षका जीवन जैसी र १७ वर्षीय हिमाल नेपाली छन् । जन्ती गएर फर्किएको जिप विनायक बजारतर्फ फर्किने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ […]
वडा दशैंको पाँचौ दिन आज स्कन्दमाता देवीको पूजा आराधना गरिंदै
काठमाडौं,असोज,२५-नेपालीहरुको महान चाड वडा दशैंको पाँचौ दिन आज स्कन्दमाता देवीको पूजा आराधना गरिदैछ । नवरात्रीको ९ दिनसम्म शक्तिस्वरुपा दुर्गा भवानीका विभिन्न ९ रुपलाई आराधना गर्ने परम्परा अनुसार आज पाँचौ दिन स्कन्दमाताको अर्चना गर्न लागिएको हो । सुख, शान्ति तथा मोक्षकी देवी स्कन्दमाताको पूजा आराधना विशुद्ध चक्रमा ध्यान गरेर गर्ने गरिन्छ । यो दिन मातालाई केरा […]
साफ च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग पराजित
काठमाडौं,असोज,२५-माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग पराजित भएको छ ।आइतबार राति भएको खेलमा नेपाल भारतसँग १-० गोल अन्तरले पराजित भएको हो । मालेस्थित राष्ट्रिय रंगशालामा भारतलाई जित दिलाउन कप्तान सुनिल क्षेत्रीले निर्णायक गोल गरे । कप्तान सुनिलले खेलको ८२ औं मिनेटमा गोल गरे । उनले फारुख चौधरीको हेडर पासमा गोल गरेका हुन्।भारतका लागि सुनिलको […]
मन्त्री बनेको ३ दिनमै गजेन्द्र हमालले दिए राजीनामा
काठमाण्डौं,असोज,२४-प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको कोटामा मन्त्री बनेको भनेर व्यापक आलोचना भएपछि उद्योगमन्त्री गजेन्द्र हमालले राजीनामा दिनुभएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री हमालले केहीबेरअघि पदबाट राजीनामा दिनुभएको हो। उहाँले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर राजीनामा पत्र बुझाएका हमाल निकट स्रोतले जनाएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार हमाल राजीनामा पत्र बुझाएर आफ्नो निवासमा फर्किएका छन्। प्रधानन्यायाधीश राणाको कोटामा मन्त्री […]
रोल्पाका द्वन्द्वपीडितलाई परिचयपत्र
रोल्पा,असोज,२४-सत्य निरूपण तथा मेलमिलाप आयोगले रोल्पाका द्वन्द्वपीडितहरूलाई परिचयपत्र वितरण शुरू गरेको छ । रोल्पाको लिबाङमा एक कार्यक्रमको आयोजना गरी पीडितहरूलाई परिचयपत्र वितरण गरिएको हो । आयोगकी सदस्य विष्णु पोख्रेलको उपस्थितिमा जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढाले परिचयपत्र वितरण गर्नु भएको थियो । हालसम्म निरूपण भएका १४ ओटा उजुरीमध्ये ७ जनालाई परिचयपत्र वितरण गरिएको छ […]



