विश्व बैंकबाट थप सहयोग आवश्यक : अर्थमन्त्री शर्मा

काठमाडौं,असोज,५-अर्थमन्त्री जनार्दन शर्माले कोभिड–१९ महामारी नियन्त्रणका लागि विश्व बैंकबाट नेपाललाई थप सहयोग आवश्यक भएको बताउनु भएको छ । सोमवार मन्त्रालयमा विश्व बैंकको प्रतिनिधिमण्डलसँगको भेटमा बैंकले नेपाललाई पुर्याउँदै आएको सहयोगका निम्ति धन्यवाद दिँदै थप सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो। ‘विश्व बैंकले नेपालको विकासमा लामो समयदेखि सहयोग गर्दै आएको छ,’ उहाँले भन्नुभयो, ‘कोभिड–१९ संक्रमणको समयमा बैंकले आपतकालीन […]

नेपालको ओमानमाथि ऐतिहासिक जित

काठमाण्डौं,असोज,४-कप्तान ज्ञानेन्द्र मल्ल र ओपनर आसिफ शेखको कीर्तिमानी साझेदारीसँगै नेपालले ओमानमाथि ऐतिहासिक जित हात पारेको छ ।आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आइतबार राती नेपालले ओमानलाई ७ विकेटले पराजित गर्दै इतिहास रचेको छ । ओडिआई क्रिकेटमा नेपालले ओमानलाई पहिलो पटक पराजित गरेको हो । जितको लागि १ सय २२ रनको सामान्य विजयी लक्ष्य पछ्याएको […]

किरण र ज्ञानेन्द्रलाई प्रवल जनसेवा श्री

काठमाण्डौ,असोज,३-सरकारले राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ र राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई प्रवल जनसेवा श्रीबाट विभुषित गर्ने भएको छ । संविधान दिवसका अवसरमा सरकारले राष्ट्रिय टिमका कप्तानद्धय चेम्जोङ र मल्ललाई प्रवल जनसेवा श्रीबाट विभुषित गर्ने बताएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक कार्यक्रमको आयोजना गरि कप्तानद्धय सहित संविधान दिवसका अवसरमा सम्मानित सम्पुर्णलाई विभुषित […]

भरतमणि पौडेल बने कमेडी च्याम्पियन सिजन-२ को विजेता

काठमाण्डौं,असोज,३-कमेडी च्याम्पियन सिजन-२ को विजेता भरतमणि पौडेल बन्न सफल भएका छन् । शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा सबैभन्दा बढी भोट पाएको आधारमा उनलाई विजेता घोषित गरिएको हो । भरतमणिले डाट्सनको कार र नगद २५ लाख रुपैयाँ प्राप्त गरे ।  यस्तै सेकेन्ड रनरअप सन्तोष थापा भए । उनले स्कुटर प्राप्त गरे । यसैगरी फस्ट रनरअप बिक्की […]

सुदूरपश्चिममा दुई मन्त्री नियुक्त

कैलाली,असोज,१-सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीका तर्फबाट शुक्रबार दुई जना मन्त्री नियुक्त भएका छन । मुख्यमन्त्री त्रिलोचन भट्टले एकीकृत समाजवादीका प्रदेशसभा सदस्य तारालामा तामाङलाई आर्थिक मामिला मन्त्री र माया तामाङ बोहरालाई अर्थ राज्यमन्त्रीमा नियुक्त गर्नुभएको छ । नव नियुक्त उनीहरू मध्ये तारा लामा तामाङलाई प्रदेश प्रमुख गंगा प्रसाद यादव र राज्यमन्त्री राज्यमन्त्री माया तामाङ बोहरालाई मुख्यमन्त्री […]

आज विश्वकर्मा पूजा, भगवान विश्वकर्माको विधिपूर्वक पूजा आराधाना गरी मनाउँदै

काठमाडौं,असोज,१-आज विश्वकर्माको पूजा !!कन्या अर्थात् आश्विन संक्रान्तिका दिन आज कालिगढहरुले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । आजका दिन कालिगडले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम […]

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार नाघ्यो

काठमाडौं,भदौ,३१-नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार ११ जनाको मृत्यु भएको जनाएसँगै अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २ पुगेको छ ।बिहीबार १५ सय ११ संक्रमित थपिएका छन् । जसमा ११ हजार २ सय ८ पीसीआर परीक्षणबाट १० दशमलव ४० प्रतिशत अर्थात् ११ सय ६५ […]

प्रधानमन्त्री देउवाले निराश बनाए, प्रतिरक्षा गर्न सक्ने अवस्था छैन– गगन थापा

काठमाडौं,भदौं,३१-नेपाली कांग्रेसका नेता गगन थापाले आफ्नै पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले दुई महिनामै निराश बनाएको टिप्पणी गर्नुभएको छ । बिहीबार पार्टी कार्यालय सानेपामा पत्रकारहरुसँग नेता थापाले कांग्रेस कार्यकर्ताले सरकारको प्रतिरक्षा गर्न सक्ने अवस्था नभएको बरु खुम्चिनुपर्ने अवस्था आएको टिप्पणी गर्नुभयो । पार्टीभित्रै एकलौटी गरेको आरोपबाट घेरिनुभएका देउवाले सरकार गठन भएको दुई महिनासम्म […]

नेपाल संग अमेरिका ५ विकेटले पराजित

काठमाडौं,भदौ,२८-नेपाल संग अमेरिका ५ विकेटले पराजित भएको छ ।आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई पराजित गरेको हो। ओमानको अल अमिरात क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको हो ।अमेरिकाले दिएको २ सय ३१ रनको लक्ष्य नेपालले ४९ ओभरमा मात्र ५ विकेट गुमाएर पूरा गर्यो […]

संखुवासभामा ६ जना हत्याका आरोपी सार्वजनिक

काठमाडौं,भदौ,२७-संखुवासभा सामूहिक हत्याकाण्डका आरोपी लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ । २६ वर्षीय कार्कीलाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको थियो । लोकबहादुरले संखुवासभाको मादी गाउँपालिका–१ खोलागाउँका तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको विभत्स हत्या गरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार लोकबहादुरले हत्या गरेको स्वीकार गरेका छन् । उनले चिर्पटले हानेर ६ जनाकै हतया गरेको स्वीकार […]