जापान,साउन,१५-गैर-आवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्षमा शिवप्रसाद पौडेल विजयी हुनु भएको छ। आज शुक्रबार सम्पन्न भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको १० औं राष्ट्रिय महाधिवेशनबाट पौडेल निर्वाचित हुनु भएको हो । पौडेलले ३ हजार ३८ भोट पाउनु भएको थियो ।अध्यक्ष पदमा पौडेल संगै अनिता गुरूङ, नरेन्द्र बस्नेत दिनेश, सरोजकुमार खत्री र किरण बर्माले प्रतिस्पर्धामा गर्नु भएको थियो […]
Flash
प्रतिनिधिसभाको बैठक आज बस्दै
काठमाडौं,साउन,१५-प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । संसद सचिवालयकाअनुसार आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने एउटा मात्रै सम्भावित कार्यसूची रहेको छ। दोस्रो पटक विघटनपछि सर्वोच्चले पुनःस्थापना गरिदिएको संसदको यो चौथो बैठक हो।
आज साउन १५,आजको दिनलाई राष्ट्रिय खिर दिवसको रुपमा मनाइदै
काठमाडौं,साउन,१५-आज साउन १५ गते । आजको दिन नेपाली समाजमा खिर खाने दिनको रुपमा परिचित छ । राष्ट्रिय दुग्ध विकास बोर्डले साउन १५ गतेलाई खीर दिसवका रूपमा मनाउने निर्णय गरेको छ । साउन १५ गते खीर खाने चलन पहिलादेखि चल्दै आएको हुनाले त्यसलाई मान्यता दिँदै राष्ट्रिय रूपमा खीर दिवसकै रूपमा मनाउने निर्णय बोर्डले गरेको हो । […]
गठबन्धनको बैठकमा सहभागी हुन प्रचण्ड, बाबुराम र चित्रबहादुर बालुवाटार पुगे
काठमाडौं साउन,१३-प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठकमा भाग लिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टीका कार्यकारीणी अध्यक्ष बाबुराम भट्टराई र चित्रबहादुर प्रवेश गरेका छन् । एमाले वरिष्ठ नेता माधव नेपाललाई बैठकमा बोलाइएको भएपनि उहाँ भने अहिलेसम्म कोटेश्वरमै रहेको जानकारी प्राप्त भएको छ । यसअघिको बैठकमा नेपाल सहभागी हुनुभएको थियो । मन्त्रिपरिषद […]
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्ने
काठमाडौं,साउन,१३-जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी समिति बैठक आज पनि बस्ने भएको छ।पार्टी कार्यालयमा मंगलबारदेखि जारी बैठक आज पुन १ बजे बस्ने भएको छ । बैठकमा यादव पक्षका ३४ जना कार्यकारिणी सदस्य सहभागी छन् । आज बस्ने बैठकले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने सम्भावना रहेको बुझिएको छ । यसअघि हिजोको बैठकले संसदीय […]
महाधिवेशनको कार्यतालिकाबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै
काठमाडौं,साउन,१३-नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ।बिहान ११ बजे पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बैठक बस्न लागेको सहमहामन्त्री प्रकाशशण महतले जानकारी दिनुभयो । बैठकमा महाधिवेशनको कार्यतालिकाको विषयमा छलफल हुने महतले जानकारी दिनुभयो।बैठकमा यसअघि रोकिएको वडा अधिवेशन कहिले गर्ने भन्नेबारे छलफल हुने बताइएको छ । आजको बैठकले क्रियाशिल छानबिन समितिको प्रतिवेदनले विवाद समाधानका […]
लिबियामा डुंगा दुर्घटना हुँदा कम्तीमा ५७ जनाको मृत्यु
एजेन्सी,साउन,१२-लिबियामा एक डुंगा दुर्घटना हुँदा ५७ जनाको मृत्यु भएको छ।मृत्यु हुनेहरु आप्रवासी रहेको अन्तर्राष्ट्रिय आप्रवासी संगठनले जनाएको छ । मृत्यु हुनेहरुमध्ये कम्तीमा २० महिला र २ बालबालिका रहेको अधिकारीहरुले जनाएका छन् । लिबियाको पश्चिम तटीय क्षेत्र खुम्सबाट ती यात्रु बोकेर हिडेको डुंगा क्षमताभन्दा बढी यात्रुका कारण दुर्घटना भएको हुनसक्ने सरकारी अधिकारीहरुले अनुमान गरेका छन् । […]
उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता
काठमाडौं,साउन,११-निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ । सोमबार केन्द्रीय कार्यकारिणी समिति सदस्यहरूको हस्ताक्षर सनाखतपछि आयोगले उपेन्द्र पक्षलाई आधिकारिकता दिएको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । सनाखतका क्रममा उपेन्द्रको पक्षमा ३४ र महन्थको पक्षमा १६ जनाले हस्ताक्षर गरेका थिए । अर्का एक सदस्य रेशम चौधरी भने तटस्थ रहे । उपेन्द्रले […]
गठबन्धनको सरकारमा मन्त्रीमण्डल विस्तार गर्नै सकस
काठमाडौं,साउन,१०-गठबन्धन सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले दुई हप्तासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन नसक्दा आलोचित बन्नु परेको छ।आजै स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेर प्रधानमन्त्रीसहित छ सदस्यीय मन्त्रिपरिषद् बने पनि सिंहदरबारमा रहेका अधिकांश मन्त्रालयहरु नेतृत्वविहीन छन् । तर, मन्त्रिपरिषद्ले कहिले पूर्णता पाउँछ भन्ने अत्तोपत्तो छैन । करिब डेढ वर्ष चल्ने वर्तमान गठबन्धनको सरकारमा मन्त्री बन्न चाहानेहरुको लस्कर छ । पाँच […]
स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठले लिए शपथ
काठमाडौं,साउन,१०-नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आइतबार सिंहदरबारमा शपथ लिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री शेरबहादुर देउवाले राज्यमन्त्री श्रेष्ठलाई शपथ गराउनुभएको हो । शपथ पछि प्रधानमन्त्री देउवाले नागरिक सेवामा काम गर्न राज्यमन्त्री श्रेष्ठलाई निर्देशनसमेत दिनुभएको छ । उहाँले सर्वसाधारणलाई सबै तहसम्म खोप पुर्याउने गरी तत्काल काम थाल्न निर्देशन दिनुभएको हो । यसैबिच […]







