नेपालमा एकैदिन २२९९ जनामा कोरोना संक्रमण पुष्टि, ३४ जनाको मृत्यु

काठमाडौं,असार,१८-विगत २४ घण्टामा नेपालमा २ हजार २९९ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार दिएको जानकारी अनुसार उक्त अवधिमा ६ हजार ५६६ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ३९१ जना र ४ हजार ३० जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०८ जना  कुल २ हजार २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको […]

बार्सिलोनासंग मेस्सीको सम्झौता समाप्त

एजेन्सी,असार,१७-लियोनल मेस्सीको बार्सिलोनासंगको सम्झौता समाप्त भएको छ । गत रातिबाट मेस्सी फ्रि-एजेन्ट बनेका छन् । मेस्सी अब कुनैपनि क्लबमा जान स्वतन्त्र छन् । विश्व क्लब फुटबलका एक महान खेलाडी मानिने मेस्सी आधिकारिक रुपमा पहिलो पटक बजारमा उपलब्ध भएका छन् । युरोपका धनाढ्य क्लब म्यान्चेष्टर सिटीदेखि पेरिस सेन्ट जर्मेन (पीएसजी)ले मेस्सीलाई किन्न सक्नेछन् । बार्सिलोनाले छाड्ने […]

वैशाख २० देखि बन्द आन्तरिक उडान आजबाट खुल्यो

काठमाडौं,असार,१७-कोरोना महामारी नियन्त्रणका लागि भनेर गत वैशाख २० गतेदेखि बन्द गरिएको आन्तरिक उडान आज (बिहीबार) बाट खुला गरिएको छ। त्यसका लागि नागरिक उड्डयन प्राधिकरणले सरकारको आदेशअनुसार हिजै (बुधबार) चारवटा वायुसेवाको उडान तालिका स्वीकृत गरिसकेको छ। प्राधिकरणका अनुसार जुलाई महिनाभर (असार १७ देखि साउन १६ सम्म) का लागि दैनिक ६७ वटा उडान तालिका स्वीकृत गरिएको हो। […]

राष्ट्रिय सभाको आठौं अधिवेशन आजबाट सुरु हुँदै

काठमाडौं,असार,१७-राष्ट्रियसभाको आठौं अधिवेशन आजदेखि सुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको आठौँ अधिवेशन आज अपरान्ह ४ बजेका लागि बोलाउनुभएको हो । मुलुकको तल्लो सदन प्रतिनिधिसभा विघटन गरिएको अवस्थामा माथिल्लो सदनको अधिवेशन औपचारिकता र बाध्यतामै सिमित हुने संभावना छ । अघिल्लो पटक संसद विघटन गर्दा बेलाईएको राष्ट्रिय सभाको सातौं अधिवेशन पनि औपचारिकतामै सिमित भएको […]

क्यानडामा अत्यधिक गर्मीका कारण ६० जना बढीको मृत्यु

क्यानडा,असार,१६-अत्यधिक गर्मीका कारण क्यानडामा ६० जना भन्दा बढीको मृत्यु भएको छ। बीबीसीका अनुसार क्यानडाको दक्षिणी प्यासिफिक नर्थवेष्ट क्षेत्रभरि अत्यधिक तापक्रम बढ्दा ६० बढी मानिसको मृत्यु भएको हो। मृत्यु हुनेमा ज्येष्ठ नागरिक धेरै भएको समाचारमा जनाइएको छ।ब्रिटिश कोलम्बियास्थित लीटनमा तापक्रम आइतवार ४६.६ डिग्री सेल्सियस थियो भने सोमवार बढेर ४७.९ डिग्री सेल्सियस पुगेको थियो। यो साता अघि […]

एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक बस्दै

काठमाडौं,असार,१६-नेकपा एमालेको १० औं महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठक आज बस्दैछ । बैठकले महाधिवेशन आयोजक कमिटीलाई विघटन गरेर केन्द्रीय कमिटी बैठकको आह्वान गर्ने एमालेले जनाएको छ । केन्द्रीय कमिटी बैठक बोलाइएसँगै नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी स्वतः पुनर्वहाली हुने र माधव नेपालसहित ११ जना नेतालाई गरिएको कारबाही समेत स्वतः निष्क्रिय हुने भएको छ । हिजो […]

आज राष्ट्रिय धान दिवसः दही चिउरा खाने पर्व

काठमाडौं,असार,१५-आज देशभर राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदैछ । यस वर्षको दिवसमा सांस्कृतिक, परम्परागत तथा मनोरञ्जनात्मक कार्यक्रम गरिने छैन । कोरोना महामारी जारी रहेकाले सकेसम्म सरकारी फार्म भित्रै सीमित गरेर दिवस मनाइने तयारी गरिएको छ । नेपालमा खेती हुने कूल जमिनको ४७ प्रतिशतमा धान खेती हुन्छ । कूल १४ लाख ७३ हजार हेक्टर क्षेत्रफलमा […]

आन्तरिक हवाई सेवा भोलि मंगलबार देखि पुनः सुरु हुने

काठमाडौं,असार,१५-दुई महिनादेखि बन्द रहेको आन्तरिक हवाई सेवा बिहीबारदेखि सञ्चालनमा आउने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सीमित क्षमतामा हवाई उडान सञ्चालन गर्न अनुमति दिएपछि हवाई सेवा पुनः सञ्चालनमा आउन लागेको हो । कोरोना महामारी बढ्दै गएपछि सरकारले गत वैशाख २० गतेदेखि आन्तरिक हवाई उडान सेवा स्थगित गरेको थियो । कोरोना संक्रमितको संख्या घट्न थालेपछि […]

आजदेखि सार्वजनिक बस सञ्चालन

काठमाडौं,असार,१५-सार्वजनिक यातायात सञ्चालन गर्न दिनेगरी काठमाडौं उपत्यकामा पुनः एक साताका लागि निषेधाज्ञा थपिएको छ।पछिल्लोपटक थपिएको निषेधाज्ञाको अवधि सोमवार साँझदेखि सकिएको थियो । निषेधाज्ञा थप खुकुलो बनाउँदै काठमाडौं उपत्यकामा आज (मंगलवार)देखि सार्वजनिक बस समेत सञ्चालन गर्न दिने निर्णय गरिएको छ।सोमवार बिहान बसेको उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारी (सीडीओ)को बैठकले जोर बिजोर प्रणालीमा २५ सिटभन्दा बढी क्षमताका […]

एमबाप्पे पेनाल्टीमा चुक्दा,फ्रान्स बाहिरियो,स्विट्जरल्यान्ड क्वाटरफाइनलमा

एजेन्सी,असार,१५-साविक उपविजेता फ्रान्सलाई हराउँदै स्विट्जरल्यान्ड १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । रोमानियामा सोमबार राति भएको प्रि-क्वाटरफाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले पराजित गर्दै स्विट्जरल्यान्ड अन्तिम आठमा पुगेको हो । रोमान्चक खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समय ३-३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा स्विट्जरल्यान्डले बाजी […]