काठमाडौं,चैत,१८-नेपालमा पछिल्लो २४ घण्टामा थप १६२ जना कोरोना संक्रमित थपिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३९१९ मा पिसिआर गर्दा १६२ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार ३०९ पुगेको छ ।पछिल्लो २४ घण्टामा ५९ जना संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा संक्रमणमुक्त […]
Flash
सात बालिका फेला परेपछि नेपाल प्रहरीको टोली भारततर्फ
महोत्तरी,चैत,१८-भङ्गाहा नगरपालिका–८ धर्मपुरमा हराएका सात बालिका भारतको सितामढीमा सुरक्षित फेला परेपछि नेपाल प्रहरीको एक टोली त्यसतर्फ प्रस्थान गरेको छ । मंगलबारदेखि बेपत्ता भङ्गाहा नगरपालिका ८ धरमपुरकी सात दलित बालिका बेपत्ता भएका थिए।समूहमै घास काट्न गएका उनीहरू अबेर राती सम्म घर नफर्केपछि खोजीकार्य तीव्र पारिएको थियो । सामाजिक अभियन्ता सरोज रायले फेसबुकमा पोस्ट मार्फत सातै बालिका […]
एटीएम ह्याक गरी पैसा निकाल्ने चिनियाँ नागरिक पक्राउ
काठमाडौं,चैत,१८-काठमाडौंको ज्याठामा एटीएम ह्याक गरी पैसा निकाल्न लागेका चिनियाँ नागरिक पक्राउ परेका छन्।काठमाडौं प्रहरी परिसरले मेगा बैंकको एटीएम मेसिनको किबोर्ड पिन नम्बर ह्याक गरी नगद निकाल्ने प्रयास गरिरहँदा पक्राउ गरेको हो। पक्राउ पर्नेमा चिनियाँ नागरिक २९ वर्षीय योङ छियालोङ रहेको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले बताउनुभयो ।बैंकबाट खबर आउनासाथ दरबारमार्ग र काठमाडौं परिसरबाट प्रहरी […]
प्रधानमन्त्री ओलीले चैत २३ भित्रै विश्वासको मत लिनुपर्छ : गुरुङ
काठमाडौं,चैत,१८-नेकपा माओवादी केन्द्रका मुख्य सचेत देवप्रसाद गुरुङले प्रधानमन्त्री केपी शर्मा ओली सरकारको संवैधानिक र कानुनी हैसियतमाथि प्रश्न उठाउनु भएको छ । बुधबार प्रतिनिधि सभामा बोल्दै मुख्य सचेतक गुरुङले सर्वोच्च अदालतले फागुन २३ गते दल विभाजनसम्बनधी फैसला गरेको भन्दै यस्तो अवस्थामा प्रधानमन्त्रीले ३० दिनभित्र संसदबाट विश्वासको मत दिनु पर्ने बताउनुभयो । उहाँले सर्वोच्चको फागुन २३ फैसलाले […]
नेपाल थ्री नेसन्स कप च्याम्पियन, बंगलादेशमाथि २-१ को जित
काठमाडौं,चैत,१६-घरेलु टोली नेपाल थ्री नेसन्स कपको च्याम्पियन बनेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको फाइनलमा चिरपरिचित प्रतिद्धन्द्धी बंगलादेशलाई २–१ ले ले पराजित गर्दै नेपाल थ्री नेसन्स कप च्याम्पियन बनेको हो । नेपाललाई च्याम्पियन बनाउन सन्जोक राई र विशाल राईले गोल गरे । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । बंगलादेशका महाबुबुर रहमानले एक […]
बंगलादेशविरुद्ध नेपाललाई २-० को अग्रता
काठमाडौं,चैत,१६-थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको फाइनलमा अहिले नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गरिरहेको छ ।दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा नेपालले २-० को अग्रता बनाएको छ । खेलको १८ औं मिनेटमा संजोक राईले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।कर्नरमा बंगलादेशका डिफेन्डरले क्लियर गरेपछि आएको बलमा संजोकले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरे । मिडफिल्डर संजोकको यो […]
नेपालमा थप १४१ जना कोरोना संक्रमित, ८२ संक्रमणमुक्त
काठमाडौं,चैत,१६-नेपालमा पछिल्लो २४ घण्टामा १४१ जना कोरोना संक्रमित थपिएका छन् ।३ हजार ११२ जनाको पीसीआर परीक्षण गर्दा १४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ९८० पुगेको छ ।पछिल्लो २४ घण्टामा ८२ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ७२ हजार […]
थ्री नेसन्स कप:आज नेपाल र बंगलादेश बिच फाईनल खेल
काठमाडौं,चैत्र,१६-थ्री नेसन्स कपको फाइनल खेल आज नेपाल र बंगलादेश बिच हुँदैछ।थ्री नेसन्स कप मैत्रीपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलमा नेपालले बंगलादेशको सामना गर्दैछ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने फाइनल खेल साँझ ५:३० बजे सुरु हुनेछ । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको फाइनलमा टिमको मुख्य लक्ष्य गोल गर्दै उपाधि जित्नु रहेको बताउनु […]
किर्गिस्तान यू-२३ टिमसँग त्रिभुवन आर्मी क्लबको बराबरी
काठमाडौं,चैत,१५-एएफसी कप-२०२१ को प्ले अफ खेलको तयारीमा रहेको नेपालको त्रिभुवन आर्मी क्लबले मैत्रीपूर्ण खेलमा किर्गिस्तानको यू-२३ टिमसँग बराबरी खेलेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार आर्मीले किर्गिस्तानसँग गोलरहित बराबरी खेलेको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । जसको कारण खेलमा गोल निस्कन सकेन ।किर्गिस्तानविरुद्ध बल पोसेसनमा आर्मीले पकड जमाएको थियो […]
मेलम्चीको पानी उपभोक्ताको धारामा झर्यो (यस्तो छ पानी वितरण तालिका)
काठमाडौं,चैत,१५-काठमाडौंवासीका लागि सपना बनेको मेलम्चीको पानी विपनामा परिणत भएको छ।आइतबार काठमाडौंको महाँकालचौरस्थित पुरानो पानीपोखरीबाट उपभोक्ताको घरका धारामा पानी खसालेर एउटा बहुप्रतिक्षित योजनाको परिणाम जनताका बीचमा पुर्याइएको हो । उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का कार्यकारी निर्देशक मिलन शाक्य, खानेपानी मन्त्रालयका पदाधिकारी र मेलम्ची खानेपानी आयोजनाका पदाधिकारीले पानी वितरणको शुभारम्भ गर्नुभएको हो । हाल पुराना पानीपोखरीहरुमा सिन्धुपाल्चोकको मेलम्चीबाट […]


