संवैधानिक निकायका नियुक्ति संविधानको मर्म विपरीत: नेपाल बारको भनाई

काठमाडौं,फागुन,१६-नेपाल बार एशोसिएसनले संवैधानिक निकायहरुमा संसदीय सुनुवाइ बिनै पदाधिकारी नियुक्त गरिनुलाई असंवैधानिक भनेको छ । शक्ति पृथक्कीकरण र नियन्त्रणको मूल मर्मविपरित गरिएको नियुक्ति संविधानको मर्म र भावना विपरीत भएको ठहर पनि नेपाल बार एशोसिएशनले गरेको हो । बार एशोसिएसनको वार्षिक साधारणसभा तथा ४७ औं केन्द्रीय कार्यकारिणी परिषदको शनिबारसम्पन्न बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानको […]

प्रचण्ड-माधवलाई ओलीको चुनौती : प्रधानमन्त्रीबाट हटाएर देखाउनुहोस्

काठमाडौं,फागुन,१६-प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाएर देखाउन प्रचण्ड-नेपाललाई चुनौती दिनुभएको छ। आइतबार गृहजिल्ला झापामा नेपाल-चीन मैत्री औद्योगिक पार्क शिलान्यास गर्दै प्रधामन्त्री ओलीले मुद्दा लडेर संसद फिर्ता ल्याएजस्तै आफूलाई अविश्वसको प्रस्ताव राखेर हटाउन चेतावनी दिनुभएको हो। उहाँले आफूलाई अविश्वासको प्रस्ताव राखेर हटाए जनतामा गएर दुईतिहाइ ल्याइदिने बताउनुभयो । ओलीले भन्नुभयो ‘उहाँहरु मसँग हात थाप्न थाल्नुभएको […]

कांग्रेसले हैसियत अनुसारको आकांक्षा राख्नुपर्छ-वरिष्ठ नेता पौडेल

काठमाडौं,फागुन,१५-नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसले हैसियत अनुसारको आकांक्ष राख्नुपर्ने बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले जनताले आफूहरूलाई प्रतिपक्ष भएर बस्ने हैसियत दिएकाले हैसियतअनुसारको आकांक्षा राख्नुपर्ने बताउनुभयो । ‘जनताले हामीलाई ५ वर्षका लागि प्रतिपक्षमा बस्ने हैसियत दिएका छन्,’ उहाँले भन्नुभयो, ‘ हैसियतअनुसारको आकांक्षा नराखे डुबिन्छ, संसदमा […]

नेपालमा थप ८१ जनामा कोरोना पुष्टि, २ संक्रमितको मृत्यु

काठमाण्डौं,फागुन,१५-नेपालमा पछिल्लो २४ घण्टामा ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार कूल संक्रमितको संख्या २ लाख ७४ हजार ६५ पुगेको छ । कूल संक्रमितमध्ये हालसम्म २ लाख ७० हजार ३२५ जना निको भइसकेका छन्।पछिल्लो २४ घण्टामा ६२ जना निको भएको मन्त्रालयले जनाएको छ । […]

आफुले भनेको नमान्ने मान्छे अगाडि देख्नै नहुने चरित्र ओलीमा छ-अध्यक्ष दाहाल

काठमाण्डौं,फागुन,१५-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई महाराजधिराज ठान्ने गरेको बताउनुभएको छ । आज काठमाडौंमा भएको नेकपा प्रचण्ड-नेपाल समूह निकट शिक्षकहरुको राष्ट्रिय भेलामा बोल्दै अध्यक्ष दाहालले आफू जन्मिएको धरातल बिर्सेर प्रधानमन्त्री ओलीले आफूलाई महाराजधिराज सम्झिएको टिप्पणी गर्नुभएको हो । कम्युनिष्टहरुले हिजो जुन वर्गको विरुद्धमा विद्रोह गरे त्यही वर्गलाई […]

राजनीतिक दलको विवादले संसदीय प्रक्रिया रोकिँदैन : सभामुख सापकोटा

काठमाण्डौं,फागुन,१५-सभामुख अग्निप्रसाद सापकोटाले संसद् पुनःस्थापना भएसँगै दलहरुबीच सहमति हुने विश्वास व्यक्त गर्नु भएको छ।शनिबार चितवनमा पत्रकारहरुसँग कुराकानीमा सभामुख सापकोटाले संसद् नियमित चल्ने बताउनुभयो । संसद्को आह्वानका लागि सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको भन्दै उहाँले अब पहिले जसरी नै संसद् चल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, ‘पहिले जसरी संसद् चलेको थियो। त्यही अनुसार संसद् चल्छ।अब दलहरुबीच छलफल […]

फागुन २३ गते प्रतिनिधिसभा बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं,फागुन,१४-सरकारले प्रतिनिधिसभाको अधिवेशन २३ फागुनमा आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । शुक्रबार बेलुका बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्दै संसद अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठक बस्नुअघि बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा बैठक आह्वान गर्नेसम्बन्धमा शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गर्नुभएको […]

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं,फागुन,१४-प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाउनु भएको छ।प्रधानमन्त्री ओलीले शुक्रबार साँझ ५ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्रीले जानकारी दिनुभयो।   ‘एजेन्डा भनिएको छैन’, ती मन्त्रीले भन्नुभयो, ‘साँझ ५ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाइएको छ।सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय बदर गरेपछि पहिलोपटक मन्त्रिपरिषद बैठक बस्न लागेको हो। बैठकले बैठकले प्रतिनिधिसभा […]

बंगलादेशी बन्दरगाह उपयोगको बाटो खोज्दै महावाणिज्य दूतावास

वीरगञ्ज,फागुन,१४-समुद्रपार व्यापार सहजीकरणमा बंगलादेशी समुद्री बन्दरगाह उपयोगको सहज उपाय खोज्न थालिएको छ । यसका लागि कोलकातास्थित नेपाली महावाणिज्य दूतावासले सम्भाव्यता अध्ययन थालेको छ । बंगलादेशको मोंगला बन्दरगाह उपयोगका लागि पहल थालिएको महावाणिज्यदूतावासले बताएको छ । महावाणिज्य दूतावासको टोलीले बंगलादेशको दोस्रो ठूलो मोंगला बन्दरगाह उपयोगका लागि सम्भावित सहज रूट र दूरीबारे अध्ययन शुरू गरेको उपमहावाणिज्य दूत […]

आयकर तथा भ्याट असुलीमा कडाइ

काठमाडौं,फाल्गुन,१४-राजस्व लक्ष्य पूरा गर्न दबाब परिरहेका बेला आयकर तथा भ्याट असुलीमा कर कार्यालयहरूले कडाइ गर्न थालेका छन् । वैकल्पिक राजस्व संकलनको कार्ययोजना नै बनाएर कर कार्यालयहरूलाई निर्धारित लक्ष्य पूरा गर्न सरकारले ताकेता गरिरहेका बेला कर कार्यालयहरूले आयकर तथा भ्याट संकलनमा कडाइका साथ जोड दिएका हुन् । यसैक्रममा कर कार्यालय कलंकीले बिहीवार मात्रै सार्वजनिक सूचना जारी […]