काठमाडौं,फागुन,१७-प्रचण्ड-नेपाल समूहको स्थायी र केन्द्रीय समिति बैठक बुधबार बस्ने भएको छ। सोमबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको सचिवालयको बैठकले स्थायी र केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हो। नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले स्थायी केन्द्रीय समिति बैठक फागुन १९ गते बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने तय भएको बताउनुभयो । ‘फागुन २१ गते बुधबार […]
Flash
संसद् बैठक फागुन २३ गते अपराह्न ४ बजे राख्न राष्ट्रपति समक्ष सिफारिस
काठमाडौं,फागुन,१७-सर्वोच्च अदालतबाट पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठक यही फागुन २३ गते ४ बजे राख्न सरकारले राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ। आज (सोमबार) बिहान बसेको मन्त्रिपरिषदको बैठकले संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। एक मन्त्रीका अनुसार यसअघि बसेको मन्त्रिपरिषद् बैठकमै यसबारे छलफल गरिए पनि आजको बैठकले औपचारिक निर्णय गरेको हो।
नेपालमा थप ७८ जना कोरोना संक्रमित, ८२ संक्रमणमुक्त, १ जनाको मृत्यु
काठमाडौं,फागुन,१६-नेपालमा आइतबार ७८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार १४३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार ८२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार ४०७ पुगेको छ ।देशभर हालसम्म ९६२ सक्रिय संक्रमित […]
‘बी’ डिभिजन लिग:खुमलटारको जितमा महेशको निर्णायक गोल
काठमाडौं,फागुन,१६-सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा खुमलटार युथ क्लबले साँघुरो जित निकालेको छ । आइतबार भएको खेलमा खुमलटारले झम्सिखेल युथ क्लबलाई १-० गोल अन्तरले हराएको हो।एन्फा कम्प्लेक्स सातदोबाटोमा खुमलटारलाई जित दिलाउन महेश राईले निर्णायक गोल गरे । महेशले खेलको तेस्रो मिनेटमा निर्णायक गोल गरेका हुन् ।जितसँगै खुमलटारले ८ खेलमा १९ अंक जोडेको छ । खुमलटारले […]
नेपाल खोप अभियान नयाँ चरणमा प्रवेश गर्दै छ : स्वास्थ्यमन्त्री त्रिपाठी
काठमाडौं,फागुन,१६-स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले दोस्रो प्राथमिकताप्राप्त समूहको पहिलो चरणको खोप लगाउने तयारीसँगै कोभिड-१९ विरुद्धको लडाइँमा नेपाल महत्वपूर्ण चरणमा प्रवेश गरेको बताउनु भएको छ । मन्त्रालयद्वारा आइतवार यहाँ आयोजित सञ्चारकर्मीसँगको छलफल कार्यक्रममा मन्त्री त्रिपाठीले विश्वमा अझै १०१ मुलुकमा खोपको पहुँच नपुगेका स्थितिमा नेपालमा पहिलो प्राथमिकताप्राप्त समूहलाई पहिलो चरणको खोप लगाई दोस्रो प्राथमिकताप्राप्त समूहमा प्रवेश गर्नु […]
संवैधानिक निकायका नियुक्ति संविधानको मर्म विपरीत: नेपाल बारको भनाई
काठमाडौं,फागुन,१६-नेपाल बार एशोसिएसनले संवैधानिक निकायहरुमा संसदीय सुनुवाइ बिनै पदाधिकारी नियुक्त गरिनुलाई असंवैधानिक भनेको छ । शक्ति पृथक्कीकरण र नियन्त्रणको मूल मर्मविपरित गरिएको नियुक्ति संविधानको मर्म र भावना विपरीत भएको ठहर पनि नेपाल बार एशोसिएशनले गरेको हो । बार एशोसिएसनको वार्षिक साधारणसभा तथा ४७ औं केन्द्रीय कार्यकारिणी परिषदको शनिबारसम्पन्न बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानको […]
प्रचण्ड-माधवलाई ओलीको चुनौती : प्रधानमन्त्रीबाट हटाएर देखाउनुहोस्
काठमाडौं,फागुन,१६-प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाएर देखाउन प्रचण्ड-नेपाललाई चुनौती दिनुभएको छ। आइतबार गृहजिल्ला झापामा नेपाल-चीन मैत्री औद्योगिक पार्क शिलान्यास गर्दै प्रधामन्त्री ओलीले मुद्दा लडेर संसद फिर्ता ल्याएजस्तै आफूलाई अविश्वसको प्रस्ताव राखेर हटाउन चेतावनी दिनुभएको हो। उहाँले आफूलाई अविश्वासको प्रस्ताव राखेर हटाए जनतामा गएर दुईतिहाइ ल्याइदिने बताउनुभयो । ओलीले भन्नुभयो ‘उहाँहरु मसँग हात थाप्न थाल्नुभएको […]
कांग्रेसले हैसियत अनुसारको आकांक्षा राख्नुपर्छ-वरिष्ठ नेता पौडेल
काठमाडौं,फागुन,१५-नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसले हैसियत अनुसारको आकांक्ष राख्नुपर्ने बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले जनताले आफूहरूलाई प्रतिपक्ष भएर बस्ने हैसियत दिएकाले हैसियतअनुसारको आकांक्षा राख्नुपर्ने बताउनुभयो । ‘जनताले हामीलाई ५ वर्षका लागि प्रतिपक्षमा बस्ने हैसियत दिएका छन्,’ उहाँले भन्नुभयो, ‘ हैसियतअनुसारको आकांक्षा नराखे डुबिन्छ, संसदमा […]
नेपालमा थप ८१ जनामा कोरोना पुष्टि, २ संक्रमितको मृत्यु
काठमाण्डौं,फागुन,१५-नेपालमा पछिल्लो २४ घण्टामा ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार कूल संक्रमितको संख्या २ लाख ७४ हजार ६५ पुगेको छ । कूल संक्रमितमध्ये हालसम्म २ लाख ७० हजार ३२५ जना निको भइसकेका छन्।पछिल्लो २४ घण्टामा ६२ जना निको भएको मन्त्रालयले जनाएको छ । […]
आफुले भनेको नमान्ने मान्छे अगाडि देख्नै नहुने चरित्र ओलीमा छ-अध्यक्ष दाहाल
काठमाण्डौं,फागुन,१५-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई महाराजधिराज ठान्ने गरेको बताउनुभएको छ । आज काठमाडौंमा भएको नेकपा प्रचण्ड-नेपाल समूह निकट शिक्षकहरुको राष्ट्रिय भेलामा बोल्दै अध्यक्ष दाहालले आफू जन्मिएको धरातल बिर्सेर प्रधानमन्त्री ओलीले आफूलाई महाराजधिराज सम्झिएको टिप्पणी गर्नुभएको हो । कम्युनिष्टहरुले हिजो जुन वर्गको विरुद्धमा विद्रोह गरे त्यही वर्गलाई […]




