काठमाडौं,माघ,१६-देश र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने सहिदको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी सहिद दिवस मनाइँदैछ । प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म मनाइने सहिद सप्ताहको अन्तिम दिन विशेष रुपमा सहिद दिवस मनाउने गरिन्छ।सहिद शुक्रराज शास्त्रीलाई विसं १९९७ माघ १० गते टेकुस्थित पचलीमा मृत्युदण्ड दिइएको थियो । सहिद धर्मभक्त माथेमालाई सिफलमा […]
Flash
प्रचण्ड-नेपाल समूहले माघ २८ को प्रदर्शनलाई अहिलेसम्मकै विशाल बनाउने
काठमाडौं,माघ,१५-प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधि सभा विघटनविरुद्ध अहिलेसम्मकै विशाल प्रदर्शन गर्ने भएको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय संघर्ष समितिको सचिवालय बैठकले माघ २८ गतेको विरोध प्रदर्शनलाई अहिलेसम्मकै विशाल बनाउने निर्णय गरेको नेता विष्णु रिजालले जानकारी दिनुभयो । अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समेत सहभागी रहेको बैठकले २८ गतेको […]
दाहाल-नेपाल समूहको बुटवलमा विरोध सभा, २० हजार कार्यकर्ता उतार्ने दावी
काठमाडौं,माघ,१५-नेकपाको प्रचण्ड-माधव नेपाल पक्षले आज (बिहीबार) बुटवलमा विरोध सभा गर्दै छ।नेकपा संघर्ष समितिअन्तर्गत लुम्बिनी प्रदेश कमिटीले दिउँसो १ बजे विरोध सभा आयोजना गर्न लागेको हो । प्रादेशिक अस्पतालको उत्तरतर्फ खाली जग्गामा हुने सभालाई नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल लगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम छ। संघर्ष समितिका संयोजक ठाकुर गैरेका अनुसार सभाअघि बुटवलका […]
स्वस्थानी व्रत आजबाट सुरु,शालीनदीमा मेला
काठमाडौं,माघ,१५-हिन्दुहरुको धार्मिक आस्था बोकेको स्वस्थानी व्रत आजबाट सुरु भएको छ । पौस शुक्ल पूर्णिमादेखि सुरु भएर माघ शुक्ल पूर्णिमासम्म चल्ने स्वास्थानी व्रत बस्दा सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगव्याध पनि नष्ट हुने विश्वास गरिन्छ । व्रत अवधिभर भगवान शिवको पूजा आराधना गरिन्छ । सत्य युगमा भगवान् विष्णुको सल्लाहअनुसार हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन स्वस्थानी […]
प्रधानमन्त्री, पूर्व प्रधानन्यायाधीश र पूर्वसभामुखविरुद्धका मुद्दाको सुनुवाइ एकै बेन्चमा आज
काठमाडौं,माघ,१५-अदालतको अवहेलना गरेको भन्दै प्रधानमन्त्री, पूर्व प्रधानन्यायाधीश र पूर्वसभामुखविरुद्ध परेका मुद्दाको सुनुवाइ आज हुने भएको छ। अदालतमा विचाराधीन मुद्दा (प्रतिनिधि सभा विघटन) लाई प्रभावित बनाउने अभिव्यक्ति दिएको भन्दै परेका रिटको आज एउटै बेन्चमा सुनुवाइ तोकिएको छ। यी सबै मुद्दा न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा सुनुवाइ हुने भएका हुन्।प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध वरिष्ठ अधिवक्ता डा. कुमार शर्मा […]
आईपीएल अक्सन फागुन ६ गते हुने
एजेन्सी,माघ,१४-सन २०२१ को इन्डियन प्रिमियर लिग आईपीएल ट्वेन्टी-ट्वेन्टी क्रिकेटको अक्सन (बोलकबोल) फेब्रुअरी १८ मा (फागुन ६ गते) हुने भएको छ । आईपीएलले १४ औं संस्करणको लागि अक्सन फेब्रुअरी १८ मा चेन्नईमा गरिने भारतीय क्रिकेट कन्ट्रोद बोर्ड (बीसीसीआई)ले जनाएको छ । आईपीएलमा सहभागी टिमले खेलाडी रिलिज र रिटेन गरिसकेका छन्।जसअनुसार नेपाली क्रिकेटर सन्दीप लामिछाने दिल्ली क्यापिटल्सबाट […]
आज देखि देशभर कोरोनाविरुद्ध खोप लगाउने अभियान सुरु
काठमाडौं,माघ,१४-आज (बुधबार) एकैसाथ देशभर कोरोनाविरुद्ध खोप लगाउने अभियान सुरु गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल कार्यक्रममार्फत बालुवाटारस्थित सरकारी निवासबाटै खोप अभियान उद्घाटन गर्नुभएको हो । कोरोनाविरुद्ध खोप लगाउने अभियानको सुरु अहिले उद्घाटन समारोह चलिरहेको छ।
सुदुरपश्चिममा माघ १५ देखि नियमीत प्याराग्लाईडिङ्ग संचालन हुदै
बुडर डोटी,माघ,११-प्रदेश नं.७ सुदुरपश्चिममा यहि माघ १५ गते (बिहिबार) देखि प्याराग्लाइडिङ पुनह:नियमीत रुपमा सञ्चालन हुने भएको छ। छतिवन पर्यटन प्रबर्द्धन संरक्षण समिती र स्काईलाई प्रा.लि को संयुक्त सहकार्यमा निरन्तर प्याराग्लाईडिङ्ग संचालन हुने भएको हो । प्याराग्लाईडिङ्ग निरन्तर संचालन हुने भएपछि टिकट बुकिङ खुल्ला गरिएको छतिवन पर्यटन प्रबर्द्धन संरक्षण समितिका अध्यक्ष भरत कुवंरले बिहानी अनलाईनलाई जानकारी दिनुभयो […]
‘औपचारिक रुपमा नेकपा अझै एउटै’छ : निर्वाचन आयोग
काठमाडौं,माघ,११-नेकपाका दुई पक्षले अलग-अलग ढंगले पार्टीमा गरेको फेरबदललाई निर्वाचन आयोगले पुनः अस्वीकार गर्ने भएको छ । दलको विधानलाई आधार मानेर सोधिएका सवालमा दुवै पक्षले दिएको जवाफप्रति आयोग सन्तुष्ट हुन नसकेको हो । आयोग स्रोतका अनुसार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले लिएका निर्णय दलको विधानसम्मत छैनन् । […]
आज सातै प्रदेशमा कोरोना खोप पुर्याइँदै,१८ गतेसम्ममा लगाउन थालिने
काठमाडौं,माघ,११-भारतले दिएको कोरोना खोप आज (आइतबार) काठमाडौंबाट देशका सातै प्रदेशमा पुर्याइँदै छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज कोरोना खोप लिएर गाडी सातै प्रदेशमा जाने जानकारी दिनुभयो । ‘आज सातै प्रदेशमा कोरोना खोप पुर्याइनेछ,’ प्रवक्ता डा. गौतमले भन्नुभयो, ‘यही १८ गतेसम्ममा लगाउन थालिनेछ।’ भारतले नेपाललाई अनुदानस्वरूप १० लाख डोज खोप दिने घोषणा गरेकोमा […]






