काठमाडौं,पुस,२१-प्रचण्ड-माधव समूहका अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले संसद विघटनविरुद्ध चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले गत पौष ५ गते असंवैधानिक रुपमा प्रतिनिधि सभाको विघटन गरेको भन्दै अनेरास्ववियुले आज प्रेस विज्ञप्ति जारी गरेर आन्दोलन कार्यक्रम सार्वजनिक गरेको हो। ‘संविधानले प्रत्याभूत गरेको शान्तिपूर्ण प्रदर्शन र अभिव्यक्ति स्वतन्त्रताको हकलाई कुल्चँदै प्रदर्शनकारीलाई धम्क्याउने तर्साउने […]
Flash
आज सुनको मूल्य,फेरी ११०० ले बढ्यो
काठमाडौं,पुस,२१-नेपाली बजारमा मंगलबार सुनको मूल्यमा वृद्धि भएको छ । स्थानिय बजारमा मंगलवार पहेँलो धातु सुनको भाउ रू. १ हजार १०० ले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार छापावाला सुन प्रतितोला रू. ९६ हजार ४०० मा कारोबार भएको छ । सोमवार छापावाला सुनको मूल्य प्रतितोला रू ९५ हजार ३०० मा कारोबार भएको […]
नेपाली सेनामा २९४ जनाका लागि भर्ना खुल्यो,साधारण लेखपढले पनि दिन मिल्ने
काठमाडौं,पुस,२१-नेपाली सेनाले २ सय ९४ कर्मचारी भर्ना गर्न दरखास्त मागेको छ।सेनाले मंगलबार सूचना जारी गरी पुजारीदेखि कुचिकारसम्मका लागि आवेदन आह्वान गरेको हो। तसर्थ साधारण लेखपढ भएकालाई समेत सेनामा जागिरको अवसर आएको छ। हेर्नुहोस्, सूचना
हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक ११ घण्टा लोडसेडिङ
हुम्ला,पुस,१९-हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक ११ घण्टा लोडसेडिङ हुँदा एसईई तयारी गरिरहेका विद्यार्थीलाई बढी समस्या बनाएको छ । चर्को लोडसेडिङले आउने जेठमा एसईई तयारी गर्नका लागि सिमकोटमा ट्युसन पढ्न आएका विद्यार्थीसहित सदरमुकाम सिमकोटवासीको दैनिकीमा समस्या भएको छ । कोरोना संक्रमण त्रासले विद्यालय नखुलेर पढ्न नपाएका विद्यार्थीले हिउँदको समयमा सिमकोटमा लामो समय लोडसेडिङ हुन थालेपछि एसईईमा नम्बर राम्रो […]
संसद् विघटन:सर्वोच्च अदालतले प्रधानमन्त्री र राष्ट्रपतिको कार्यालयलाई दिएको म्याद आज सकिदैं
काठमाडौं,पुस,१९-संसद् विघटनविरुद्ध परेका रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले कारण देखाऊ आदेश जारी गर्दै प्रधानमन्त्री र राष्ट्रपतिका कार्यालयलाई लिखित जवाफ पेस गर्न दिएको म्याद आज (आइतबार) सकिँदै छ। इजलासले यही पुस १९ गते (आज) भित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न सरकार तथा राष्ट्रपतिका कार्यालयलाई आदेश दिएको हो। अधिवक्ता सन्तोष भण्डारीसमेत निवेदक रहेको रिटमा सर्वोच्चद्वारा जारी आदेशमा […]
“हामी यहाँ छौ”दोस्रो चरणको आन्दोलन घोषणा गर्दै प्रचण्ड-नेपाल समूह
काठमाडौं,पुस,१८-नेकपा(प्रचण्ड-नेपाल समूह) ले आज (शनिबार) दोस्रो चरणको आन्दोलन कार्यक्रम घोषणा गर्दैछ। प्रतिनिधिसभा विघटनविरुद्ध यसअघि मंगलबार काठमाडौं सहित देशभर विरोध प्रदर्शन गरेको प्रचण्ड-नेपाल पक्षले अब दोस्रो चरणमा स्थानीय तहदेखि केन्द्रसम्म जनपरिचालन अभियान सञ्चालन गरिने बताएको छ। संयुक्त रूपमा संघर्षका कार्यक्रम गर्ने विषयमा बुधबार अन्य दलसँग गरिएको छलफलमा तत्काल सहमति नबनेपछि नेकपा प्रचण्ड-नेपाल समूह एक्लैले आज प्रधानमन्त्री […]
आज राष्ट्रिय टोपी दिवस
काठमाडौं,पौष,१७-आज राष्ट्रिय टोपी दिवस ! नेपालमा हरेक वर्ष विविध कार्यक्रमका बीच मनाईदै आएको राष्ट्रिय टोपी दिवस यस वर्ष भने कोरोना भाईरसका कारण बितेका वर्ष जस्तो विविध कार्यक्रम नगरी मनाईदैछ । यस वर्ष विभिन्न सामाजीक सन्जाल फेसबुक,टुईटर,ईन्स्टाग्राममा युवाहरुको जमातले ढाका टोपि अर्थात भादगांउले टोपि लगाएका तस्विर पोष्ट गर्दै एक आपसमा शुभकामना आदान प्रदान गरि मनाईदै छ […]
आजबाट अंग्रेजी नयाँ वर्ष सन् २०२१ सुरु
काठमाण्डौं,पुस,१७-आज बाट अंग्रेजी नयाँ वर्ष २०२१ सुरु भएको छ।आज नयाँ वर्षका दिन विश्वभरका मानिसहरुले एक आपसमा शुभकामना आदान प्रदान गर्दै मनाइरहेका छन् । यद्यपी विगत जस्तो भने यस वर्ष भव्यताका साथ कार्यक्रहरु भने भएनन्।२०२० को वर्ष विश्वभरी कोरोना भाइरसको महामारीका कारण गएका वर्ष जस्तो भने हुन नसकेको हो। विश्वभरी २०२० को अन्तीम दिन सम्म कोरोना भाईरसका कारण […]
राष्ट्रिय सभाको अधिवेशन भोलीदेखि : यस्ता छन् कार्यसूची
काठमाडौं,पुस,१६-राष्ट्रिय सभाको अधिवेशन भोली पुस १९ गतेदेखि बस्ने भएको छ ।उक्त बैठकमा प्रस्तुति तथा छलफलका लागि बिभिन्न विषयवस्तुहरु तय गरिएको छ। जसअनुसार अधिवेशन बैठक सुरु हुनासाथ अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त राष्ट्रपति विद्यादेवी भण्डारीको पत्र सभामा पढेर सुनाउनु हुने छ । त्यसैगरी सरकारले यसबीचमा जारी गरका अध्यादेशहरु बैठकमा गरिने संसद सचिवालयले जनाएको छ।सचिवालयका अनुसार ती […]
ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमले देश संकटमा छ : देउवा
काठमाडौं,पुस,१६-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमले देश संकटतर्फ धकेलिएको बताउनु भएको छ। राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले बिहीबार बिहान आयोजना गरेको भर्चुअल संवादमा पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न हुने बेलामा प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेको बताउनुभयो । उहाले संविधानविपरीत प्रधानमन्त्रीले […]









