नेपालमा थप ७४३ जनामा कोरोना संक्रमण, मृतकको संख्या १५७ पुग्यो

कामठाडौं,भदौ,८-पछिल्लो २४ घण्टामा ७४३ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २ सय ३४ पीसीआर परीक्षणमा ७४३ जनामा संक्रमण पुष्टि भएको हो । सोमबारसम्म कुल संक्रमितको संख्या ३२ हजार ६७८ रहेका छन् । पछिल्लो २४ घण्टामा १७५ जना कोरोना संक्रमण निको भई डिस्चार्ज भएका छन् । सोमबारसम्म डिस्चार्ज हुनेको संख्या […]

च्याम्पियन्स लिग:उपाधिका लागि आईतबार राती पीएसजी र बायर्न भिड्ने

एजेन्सी,भदौ,७-च्याम्पियन्स लिग फुटबलको उपाधिका लागि पेरिस सेन्ट जर्मेन (पीएसजी) र बायर्न म्युनिखबीच आज (आईतबार) राति प्रतिस्पर्धा हुदैछ । पोर्चुगलको लिस्बोनमा हुने फाईनल खेल नेपाली समय अनुसार राति पौन १ बजे सुरु हुनेछ ।फ्रान्सेली क्लब पीएसजी पहिलो पटक र जर्मन क्लब बायर्न म्युनिख छैटौ पटक च्याम्पियन्स लिगको उपाधि जित्ने अभियानमा रहेका छन् । बायर्नका प्रशिक्षक हान्सी […]

कोरोनाका कारण वीरगन्ज र चितवनमा थप २ जनाको ज्यान गयो

काठमाडौं,भदौ,७-वीरगञ्जमा कोरोना संक्रमणका कारण थप एक महिलाको मृत्यु भएको छ ।बीरगञ्ज महानगरपालिका वडा नम्बर-११ बस्ने ५६ वर्षीया महिलाको हिजो बेलुकी बीरगञ्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ज्वरोका साथै खोकी र श्वास प्रश्वासमासमेत समस्या भएपछि ती महिलाको साउन २२ गते स्वाब संकलन गरी नारायणी अस्पतालको प्रयोगशालामा परिक्षण गर्दा साउन २४ मा […]

नेपालमा कोरोनाबाट थप ९ जनाको मृत्यु, संक्रमितको संख्या ३१ हजार नाघ्यो

काठमाडौं,भदौ,६-नेपालमा कोरोना संक्रमणबाट थप नौजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा शनिबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा सुनसरी, पर्सा, बारा, सिरहा, मकवानपुर र भक्तपुरमा गरी नौजनाको मृत्यु भएको जानकारी दिनुभयो । मृत्यु हुनेमा पर्साका तीन, सुनसरीका दुई, बारा, सिरहा, मकवानपुर र भक्तपुरका एक/एकजना रहेका छन् ।योसँगै नेपालका […]

बर्दियामा कर्णाली नदीको तटबन्ध फुट्न थाल्यो

बर्दिया,भदौ,६-बर्दियामा कर्णाली नदी व्यवस्थापन आयोजनाले निर्माण गरेकोे तटबन्ध फुट्न थालेको छ ।राजापुर नगरपालीका–१ टिउनीमा नदी छेक्न बनाइएको बाँध धमाधम भत्कीन थालेको हो । तटबन्ध धमाधम भत्किन थालेपछि सर्वसाधारण चिन्तित बनेका छन् ।केही दिन यता परेको अविरल बर्षाका कारण कर्णाली नदीमा पानीकोे बहाव उच्च भएकाले नदीले टिउनीघाट तटबन्धको २ सय मिटर लम्वाइमा ५० प्रतिशत भाग भत्किएको […]

भदौ १६ गतेबाट यी देशमा नियमित उडान

काठमाडौं,भदौ,५-सरकारले पीसीआर परीक्षण सहज भएका देश र शरहरुबाट नेपाली नागरिक आउन नियमित उडान शुरु गर्ने निर्णय गरेको छ।सरकारको प्रवक्ता डा युवराज खतिवडाले भदौ १६ बाट नियमित उडानको तालिका पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निर्माण गर्ने जानकारी दिनुभयो । बिहीबार बसेकाे मन्त्रिपरिषद बैठकले मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई), दक्षिण कोरिया, थाइल्यान्ड, जापान, चीन, हङकङ, अस्ट्रेलिया, युरोप […]

नेपालमा कोरोनाबाट एकैदिन ११ जनाको मृत्यु, ८३८ संक्रमित थपिए

काठमाडौं,भदौ,५-नेपालमा कोरोना संक्रमितमध्ये थप ११ जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा शुक्रबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ११ जनाको मृत्यु भएको जानकारी दिनुभयो । मृत्यु हुनेमा एक महिला र १० पुरुष छन् । विभिन्न ११ जिल्लामा एक/एकजनाको मृत्यु भएको उहाँले बताउनुभयो ।योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको […]

आज हरितालिका तिज, देशभर मनाईदै

काठमाण्डौ,भदौ,५-आज हरितालिका तिज ।नेपाली हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज आज देशभर एकै साथ  मनाईदैछ ।भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्वउमा महेश्वरको पूजाराधना गरी मनाईने गरिन्छ। भाद्र शुक्ल तृतीयामा व्रत बसी माता पार्वतीले शिव भगवानलाई पति पाउ भनी तीजमा पानीसमेत नखाई व्रत बसी शिवलाई पति स्वरूपमा प्राप्त गरेकोले आज हिन्दु नारीहरु पतिको लामो […]

जापान सहित ९ देशबाट नियमित उडान गर्न दिने सरकारको निर्णय

काठमाण्डौं,भदौ,५-सरकारले विभिन्न देशमा रहेका नेपाली नागरिक, विदेशस्थित नियोगका कूटनीतिज्ञ तथा कर्मचारीलाई नेपाल आउन नियमित उडान सुरु गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले विभिन्न देश तथा शहरबाट नेपाल आउनका लागि नियमित उडान गर्ने निर्णय गरेको एक मन्त्रीले बताउनुभयो । मन्त्रिपरिषदले मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई), दक्षिण कोरिया, थाइल्यान्ड, जापान, चीन, हङकङ, अस्ट्रेलिया, युरोप तथा […]

बायर्न म्युनिख च्याम्पियन्स लिगको फाईनलमा

एजेन्सी,भाद्र,४-जर्मन च्याम्पियन बायर्न म्युनिखले फ्रान्सेली क्लब लियोनमाथि जित दर्ता गर्दै यूईएफए च्याम्पियन्स लिगको फाइनलमा स्थान पक्का गरेको छ । लिस्बनमा बुधबार बायर्नको ३-० को जितमा सर्ज जिनाब्रिले २ तथा रोबर्ट लेवान्डोस्कीले १ गोल गरे । पहिलो हाफमा नै जिनाब्रीले दुवै गोल गरेका थिए । यस जितसँगै बायर्नले अब उपाधि भिडन्तका लागि आइतबार फाइनलमा पेरिस सेन्ट […]