आज हरितालिका तिज, देशभर मनाईदै

काठमाण्डौ,भदौ,५-आज हरितालिका तिज ।नेपाली हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज आज देशभर एकै साथ  मनाईदैछ ।भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्वउमा महेश्वरको पूजाराधना गरी मनाईने गरिन्छ। भाद्र शुक्ल तृतीयामा व्रत बसी माता पार्वतीले शिव भगवानलाई पति पाउ भनी तीजमा पानीसमेत नखाई व्रत बसी शिवलाई पति स्वरूपमा प्राप्त गरेकोले आज हिन्दु नारीहरु पतिको लामो […]

जापान सहित ९ देशबाट नियमित उडान गर्न दिने सरकारको निर्णय

काठमाण्डौं,भदौ,५-सरकारले विभिन्न देशमा रहेका नेपाली नागरिक, विदेशस्थित नियोगका कूटनीतिज्ञ तथा कर्मचारीलाई नेपाल आउन नियमित उडान सुरु गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले विभिन्न देश तथा शहरबाट नेपाल आउनका लागि नियमित उडान गर्ने निर्णय गरेको एक मन्त्रीले बताउनुभयो । मन्त्रिपरिषदले मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई), दक्षिण कोरिया, थाइल्यान्ड, जापान, चीन, हङकङ, अस्ट्रेलिया, युरोप तथा […]

बायर्न म्युनिख च्याम्पियन्स लिगको फाईनलमा

एजेन्सी,भाद्र,४-जर्मन च्याम्पियन बायर्न म्युनिखले फ्रान्सेली क्लब लियोनमाथि जित दर्ता गर्दै यूईएफए च्याम्पियन्स लिगको फाइनलमा स्थान पक्का गरेको छ । लिस्बनमा बुधबार बायर्नको ३-० को जितमा सर्ज जिनाब्रिले २ तथा रोबर्ट लेवान्डोस्कीले १ गोल गरे । पहिलो हाफमा नै जिनाब्रीले दुवै गोल गरेका थिए । यस जितसँगै बायर्नले अब उपाधि भिडन्तका लागि आइतबार फाइनलमा पेरिस सेन्ट […]

मालीमा सरकारी सेनाबाटै विद्रोह, राष्ट्रपति र प्रधानमन्त्री सेनाको नियन्त्रमा

काठमाडौं,भादौ,३-पश्चिम अफ्रिकी मुलुक मालीमा सरकारी सेनाबाटै विद्रोह भएको छ । सरकारसँग असन्तुष्ट सैनिकहरुको एक समुहले राष्ट्रपति इब्राहिम बुबाकर केईटा र प्रधानमन्त्री बुबो सिस्सेलाई बन्दी बनाएका छन् । बागी सैनिकहरुले राजधानी बामाकोदेखि ११ किलोमिटरको दुरीमा रहेको एक सैनिक शिविरमा उनीहरुलाई राखेका छन् । राष्ट्रप्रमुखसहित अन्य शिर्ष अधिकारीहरुलाई नियन्त्रणमा लिनुअघि उनीहरुले कटी सैनिक अखडा आफ्नो कब्जामा लिएका […]

राष्ट्रकवि घिमिरेले आफ्नो मृत्युपछि मात्रै सार्वजनिक गर्नु भनेको यस्तो छ ।

काठमाडौं,भदौ,३-राष्ट्रकवि माधवप्रसाद घिमिरेको एक सय एक वर्षको उमेरमा मंगलबार साँझ निधन भएको छ। उनको आज (बुधबार) बिहान १० बजे पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानसहित अन्त्यष्टि हुँदैछ। घिमिरेले नेपाली भाषा र साहित्यमा उल्लेख्य योगदान गरेका छन्। उनले स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैलीमा गीत, कविता र काव्यहरु सिर्जना गरेका छन्। तर, उनले वि.सं. २०१६ सालमा लेखेको एउटा गीत […]

पीएसजी पहिलो पटक च्याम्पियन्स लिगको फाईनलमा

एजेन्सी,भाद्र,३-पेरिस सेन्ट जर्मेन (पीएसजी) पहिलो पटक च्याम्पियन्स लिग फुटबलको फाईनलमा प्रवेश गरेको छ ।जर्मन क्लब आरबी आईपजिगबिरुद्ध ३-० को जित निकाल्दै पीएसजीले प्रतियोगिताको फाईनलमा स्थान सुरक्षित गरेको हो ।   पीएसजीको जितमा एन्जल डी मारियाले महत्वपूर्ण भूमिका खेले । उनले दुई गोलको अवसर सिर्जना गर्नुका साथै एक गोल पनि गरे । खेलको १३ औं मिनेटमा […]

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

काठमाडौं,भाद्र,२-राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ। बुहारी विजेता घिमिरेका अनुसार राष्ट्र कविको उनकै निवासमा मंगलबार साँझ ५:५५ बजे निधन भएको हो।  लम्जुङको पुस्तुन गाउँमा १९७६ साल असोज ७ गते जन्मिएका घिमिरेको १०१ वर्षको उमेरमा मंगलबार निधन भएको हो ।नेपाली साहित्यको मध्यकालदेखि आधुनिक कालसम्म उहाँको महत्वपूर्ण योगदान रहेको छ । घिमिरे नेपाली पद्य कवितामा सबैभन्दा धेरै लोकप्रिय […]

एकै दिन थपिए १०१६ जना कोरोना संक्रमित, संक्रमितको संख्या २८ हजार नाघ्यो

काठमाडौं,भदौ,२-देशभर मंगलबार कोरोनाका १०१६ संक्रमित थपिएका छन् । एकै दिन थपिएको यो संख्या हालसम्मकै उच्च हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १०१६ जना संक्रमित थपिएको जानकारी दिनुभयो । मंगलबार थपिएकासहित हालसम्म संक्रमित हुनेको संख्या २८ हजार २५७ पुगेको छ । विगत २४ घण्टामा ८५ जना संक्रमित निको भइ घर […]

विदेशबाट हुने उद्धार उडान अनिश्चितकालका लागि स्थगित

काठमाडौँ,साउन,२-सरकारले विदेशमा अलपत्र परेका नेपालीको उद्धारका लागि तय भइसकेका चार्टर्ड उडान स्थगित गरेको छ । कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) को आग्रहमा चार्टर्ड उडान स्थगन गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डन मन्त्रालयले जनाएको छ । उद्धार गरिएकालाई राख्न होटल व्यवस्थापन नभएको भन्दै सीसीएमसीले मन्त्रालयलाई उद्धार उडान स्थगित गर्न भनेको थियो । कोरोना संक्रमण जारी […]

आन्तरिक मूल्यांकनको आधारमा एसईईको नतिजा सार्वजनिक

काठमाडौं,भाद्र,२-एसईई को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको हो । बोर्डको सोमबार बसेको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार ४ लाख ७२ हजार ७८ विद्यार्थीको परीक्षाफल प्रकाशित भएको हो । नतिजा टेलिफोन, एसएमएस र बेभसाइटमा हेर्न सकिन […]