माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्दै

काठमाडौं,फागुन,२०-नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज शुक्रबार बस्दैछ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल र समीक्षाका साथै पार्टी पदाधिकारी चयनबारे छलफल हुने एक केन्द्रीय सदस्यले बताएका छन् । अध्यक्ष र केन्द्रीय कमिटी सदस्य मात्रै तय गरेर गत पुसमा सकिएको ८ औं महाधिवेशनले पदाधिकारी चयन गर्ने अधिकार केन्द्रीय समितिलाई दिएको थियो । नेता वर्षमान […]

थपिए १०५ जना कोरोना संक्रमित, ३ जनाको मृत्‍यु

काठमाडौं,फागुन,१९-पछिल्लो २४ घण्टामा थप १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ४४८ जनाको पीसीआर परिक्षण गर्दा ७० जना र २ हजार ४७६ जनाको एन्टीजेन परीक्षण गर्दा ३५ जना गरीजम्मा १०५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो । त्यस्तै, गत २४ घण्टामा कोरोनाको संक्रमणबाट ३ जनाको मृत्‍यु भएको […]

व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोद गर्ने संसदको निर्णय एमसीसीद्वारा स्वीकार

काठमाडौं,फागुन,१८-अमेरिकी सहयोग निकाय मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने संसदको निर्णय स्वीकार गरेको छ । मंगलबार राति विज्ञप्ति जारी गर्दै आफू र नेपाल सरकारबीचको ५० करोड अमेरिकी डलर बराबरको अनुदान सम्झौता नेपालको संघीय संसद्बाट फागुन १५ गते अनुमोदन भएको सम्झौतालाई स्वीकार गरेको एमसीसी मुख्यालयले जनाएको हो । सम्झौतालाई लिएर नेपालमा विवाद भएपछि […]

युक्रेनी सेनामा रसियाविरुद्धको युद्धका लागी नेपाली युवा भर्ती हुदैँ

युक्रेन,फागुन,१८-युक्रेनमा छिमेकी रसियाले आक्रमण गरेको सातौँ दिन भइसकेको छ। साता हुँदा पनि रसियाले युक्रेनमाथि पूरै पकड जमाउन सकिरहेको छैन। कुनै बेला सोभियत संघ अन्तर्गतका यी दुई मुलुकबीच अमेरिका, युरोपेली संघ र उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) लाई लिएर विवाद भएको थियो।  उत्तरी युरोपको देश यहाँ पनि सयभन्दा धेरै नेपाली रहेका थिए। जसमध्ये धेरैजसोले रसियाको आक्रमणपछि […]

एमसीसीमा जागीर खुल्यो, प्रोजेक्ट म्यानेजर देखि ड्राईभर सम्मलाई रोजगारी

काठमाडौँ,फागुन,१८-नेपालका लागि अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले बिभिन्न पदमा कर्मचारी माग गर्दै विज्ञापन प्रकाशन गरेको छ । एमसीसीको नेपाल कार्यालय एमसीए नेपालले मंगलवार १० जना उमेरदवारका लागि रोजगारी खुलाएको हो ।   एमसीए नेपालले प्रोजेक्ट म्यानेजर १, म्यानेजर १, लिड इन्जिनियर १, पावर सेक्टर रिफम स्पेस्लिस्ट १, असिस्टेन्ट इन्जिनियर १, मनिटरिङ् एण्ड इभ्यालुएसन […]

एमसीसी पास भएपछि माओवादीमा विभाजनको खतरा

काठमाडौं,फागुन,१८-प्रतिनिधिसभाले अमेरिकी सहयोग एमसीसी सम्झौता अनुमोदन गरेपछि सत्तारुढ दल नेकपा माओवादी केन्द्रभित्र भाँडभैलो मच्चिएको छ । एमसीसी पारित गर्न नहुने पक्षमा रहनुभएका नारायणकाजी श्रेष्ठसहित पूर्वएकता केन्द्र समूहका नेताहरुले पार्टीबाट विद्रोह गर्न सक्ने अवस्था देखिएको छ ।   एमसीसीको विपक्षमा उभिएका नारायणकाजी श्रेष्ठ, लीलामणि पोखरेल, गिरिराजमणि पोखरेल, अञ्जना विशंखे, जीवन गौतमलगायतका पूर्व एकता केन्द्र पक्षका नेताहरु […]

प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्रीबीच टेलिफोन वार्ता

काठमाडौं,फागुन,१८-प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनबीच टेलिफोन वार्ता भएको छ । मंगलबार साँझ युक्रेनमाथि रूसीले गरेको आक्रमणलगायत विषयमा कुराकानी भएको विदेशमन्त्री एन्टोनीले बताउनुभएको छ । विदेशमन्त्री एन्टोनीले सामाजिक सञ्जालमार्फत रूसले युक्रेनमाथि गरेको आक्रमण र युक्रेनको सार्वभौम सत्ता र भौगोलिक अखण्डताप्रति अमेरिकाको समर्थनबारे प्रधानमन्त्री देउवासँग कुरा भएको बताउनुभएको छ । उहाँले आर्थिक विकास […]

१ सय ५८ कोरोना संक्रमित थपिए, ३ सय ५४ जना निको

काठमाडौं,फाल्गुन,१७-नेपालमा १ सय ५८ कोरोना संक्रमित थपिएका छन् ।६ हजार ५ सय ४ जनामा गरिएको परीक्षणमा १ सय ५८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट २ जनाको मृत्यु भएसँगै अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ९ सय ३८ पुगेको छ । सोही समयमा संक्रमित ३ सय […]

आज महाशिवरात्रि पर्व मनाईदै, पशुपतिमा भक्तजनको ठुलो भिड

काठमाडौं,फागुन,१७-आज महाशिवरात्रि पर्व, आराध्यदेव शिवको पूजाराधना गरी देशभर मनाइँदैछ।शिवरात्रि हरेक वर्षको फागुनकृष्ण चतुर्दशीका दिन मनाउने गरिन्छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना प्रचलन गरहेको छ । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये […]

संसद् भवनअगाडि भेटियो बमजस्तो प्रेसरकुकर

काठमाडौं,फागुन,१६-नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि मुख्य सडकमा सोमबीर बिहान बमजस्तो देखिने वस्तु भेटिएको छ। काठमाडौं प्रहरी परिसरका अनुसार शंकास्पद अवस्थामा प्रेसरकुकर भेटिएको हो।अहिले उक्त क्षेत्रलाई सुरक्षा दिइएको छ। मुख्य सडक बन्द गरिएको छ। उक्त वस्तु निष्क्रिय पार्न नेपाली सेनाको टोलीलाई खबर गरिएको छ। संसद् भवनको दक्षिण गेटअगाडि सडकमा ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर फेला परेको हो। त्यो […]