माओवादी केन्द्रमा ९७ जना केन्द्रीय सदस्य मनोनित (सूचीसहित)

काठमाडौं,फागुन,२३-नेकपा माओवादी केन्द्रले ९७ जना केन्द्रीय सदस्य मनोनित गरिएको छ ।सोमबार बसेको माओवादी केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले केन्द्रीय समितिमा ९७ जना थप गर्नुभएको हो । केन्द्रीय समितिमा अध्यक्ष दाहालकी छोरी गंगा दाहाल र ज्वाईं जीवन आचार्य पनि मनोनित भएका छन् । त्यस्तै, वाईसीएलका अध्यक्ष सुमन देवकोटा, अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्ल पनि […]

अब अनलाइन टिभी संचालन गर्न अनुमति लिनुपर्ने, ५ लाख शुल्क

काठमाडौं,फागुन,२२-सरकारले इन्टरनेटमार्फत संचालन हुने अनलाइन टिभीले अनुमति लिनुपर्ने व्यवस्था गरेको छ।  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय प्रशारण नियमावलीमा एघारौं संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो। संशोधित व्यवस्था अनुसार अनलाइन टेलिभिजन (इन्टरनेट टिभी) संचालन इजाजतपत्रका लागि ५ लाख शुल्क तोकिएको छ। संशोधनमा ‘मल्टिच्यानल मल्टिप्वाइन्ट डिष्ट्रिव्यूशन सिष्टम (एमएमडिसी)’ भन्ने शव्बहरुपछि ‘अनलाइन टेलिभिजन, ओभर द टप (ओटिटि), […]

प्रतिनिधिसभा बैठक आज बस्दै,सम्भावित कार्यसूची सार्वजनिक

काठमाडौं,फागुन,२२-प्रतिनिधिसभाको बैठक आज आईतबार बस्दैछ।आज बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक्काइसौं वार्षिक प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवायलका महासचिव डा.भरतराज गौतमले जानकारी दिनुभयो । त्यसअघि विहान साढे ११ बजे संघीय संसद भवनमा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने […]

पछिल्लो २४ घण्टामा सय जनाभन्दा कममा कोरोना संक्रमण

काठमाडौं,फागुन,२१-नेपालमा पछिल्लो २४ घण्टामा एक सय जनाभन्दा कममा कोरोना संक्रमण पुष्टि भएको छ । ६ हजार २ सय २० जनामा गरिएको परीक्षणमा ९१ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यो अवधिमा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन । यसैगरी पछिल्लो २४ घण्टामा ३ सय ६२ जना संक्रमणमुक्त भएका […]

युक्रेनका दुई सहरमा रुसद्धारा युद्धविरामको घोषणा

काठमाण्डौं,फागुन,२१-रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको आज १० औं दिन पुगेको छ।रुसले आम मानिसको सहायताका लागि भन्दै युक्रेनका मारिउपोल र भोल्नोभाखा सहरमा अस्थायी युद्धविरामको घोषणा गरेको छ। रुसको रक्षा मन्त्रालयले शनिबार बिहान १० बजेदेखि मानिसहरुलाई यी दुई सहरबाट सुरक्षितरुपमा जान दुई कोरिडोरहरु खुला गरिने जनाएको छ। मन्त्रालयले जारी गरेको एक विज्ञप्तिमा युक्रेनका अधिकारीहरु पनि युद्धविरामको लागि […]

राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यद्वारा पद तथा गोपनियताको सपथ लिए

काठमाडौं,फागुन,२१-नवनिर्वाचित राष्ट्रियसभा सदस्यहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । संसद सचिवालयमा आज शनिबार भएको कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नवनिर्वाचित सदस्यहरुले पद तथा गोपनियताको सपथ लिएका हुन् । सपथ लगत्तै अध्यक्ष तिमिल्सिनाले नवनिर्वाचित सदस्यहरुलाई सांसदको लोगो वितरण गर्नुभएको छ । सपथग्रहणसँगै नयाँ निर्वाचित भएर आएका सांसदहरूका लागि संसदीय प्रक्रिया र पद्धतिबारे जानकारी दिने कार्यक्रम […]

पल शाह प्रकरण:१० न्युजपोर्टल सहित १६ युट्युब च्यानल कारबाहीमा

काठमाडौं,फागुन,२१-प्रेस काउन्सिल नेपालले पल शाह प्रकरणमा भ्रामक समाचार प्रकाशित गर्ने १० समाचार वेवसाइट र १६ युट्युब च्यानललाई कारबाही गरेको छ।  त्यस्तै आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने २२ अनलाइन मिडियालाई सचेत गराइएको, दर्ता र सूचीकरण नभएका १० वेवसाइटहरूलाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार गरेको र कुनै मिडियाअन्तर्गत आबद्ध नभएका १६ युट्युब […]

एनएसएल अक्सन:कुन टोलीमा कस्ता खेलाडी,कतिमा अनुबन्धीत भए?

काठमाडौं,फागुन,२०-दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को लागि खेलाडी किनबेच (अक्सन) सकिएको छ । आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्टले आयोजना गरेको अक्सनमा २ सय ४२ खेलाडी सहभागी भएका थिए । एनएसएलको दोस्रो संस्करण चैत २६ देखि जेठ ७ गतेसम्म आयोजना हुनेछ ।खेलपाटीबाट साभार- अक्सनबाट कुन टोलीले कुन खेलाडी अनुबन्ध गर्यो ? १.काठमाडौं रेजर्स – […]

राष्ट्रिय सभाका २० जना सदस्यको पदावधि सकियो

काठमाडौं,फागुन,२०-राष्ट्रिय सभाका २० जना सदस्यको पदावधि आज शुक्रबारदेखि सकिएको छ । नेकपा एमालेका ८, नेपाली कांग्रेसका ३, नेकपा माओवादी केन्द्रका ४, नेकपा एकीकृत समाजवादीका ४ र सरकारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त भएका एक गरी २० जनाको पदावधि आज शुक्रबारसम्म थियो।यसैबीचमा राष्ट्रिय सभामा १९ जना नयाँ सांसद निर्वाचित भईसकेका छन् । गत माघ १२ मा भएको निर्वाचनबाट […]

आयोगद्वारा स्थानीय निर्वाचनका लागि मतदाता नामावलीमा दावी विरोध गर्न आह्वान

काठमाडौं,फागुन,२०-निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनका लागि आज शुक्रबारदेखि मतदाता नामावलीमा दावी विरोध आह्वान गरेकोछ। देशका ७७ वटै जिल्ला निर्वाचन कार्यालयमा शुक्रबारदेखि ७ दिनसम्म दावी विरोधका लागि निवेदन दिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ । आयोगले तोकेका अधिकारीहरुले ती उजरी उपर छानबिन गरी मतदाता नामावलीबाट नाम हटाउन सक्नेछन् । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका […]