एकै दिन सुनको मूल्य ३५ सयले घट्यो

काठमाडौं,फागुन,२६-एकै दिन सुनको भाउ ३५ सयले घटेको छ। साताको पाँचौं दिन आज बिहीबार सुनचाँदीको मूल्य घटेको हो। बुधबार १ लाख ५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज बिहीबार एकै दिन ३५ सयले घटेर एक लाख २ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य प्रतितोला १ लाख १ […]

संखुवासभा मादी बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुग्यो (अपडेट)

काठमाण्डौं,फागुन,२६-संखुवासभामा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ जना पुगेको प्रहरीले जनाएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् । डिएसपी लालध्वज सुवेदीले १४ जनाको मृत्यु भएको पुष्टि भएको बताउनुभयो । ‘१४ जनाको शव भेटिएको छ, ५ जना घाइते भएका छन्,’ सुवेदीले भन्नुभयो, ‘मृतकको सनाखत भएको छैन ।’ दमकतर्फ जाँदै गरेको बा ४ ख […]

संखुवासभाको मादीमा बस दुर्घटना हुँदा कम्तिमा १० जनाको मृत्यु

काठमाडौं,फागुन,२६-संखुवासभाको मादीमा बस दुर्घटना हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ । संखुवासभाबाट झापाको दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहान करिब साढे ७ बजे तिर संखुवासभाको मादी नगरपालिका वडा नं. ६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना भएको थियो । दुर्घटनामा १० जनाको मृत्यु भएको पुष्टि भएको संखुवासभाका डिएसपी लालध्वज सुवेदीले जानकारी […]

बेन्जिमाको ह्याट्रिक संगै रियल मड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा, पीएसजी बाहिरियो

काठमाडौं,फागुन,२६-स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनलाई ३-१ ले हराउँदै समग्रमा ३-२ को जितसहित रियल अन्तिम आठमा पुगेको हो । पहिलो लेगमा पीएसजीले १-० को जित निकालेको थियो । तर, दोस्रो लेगमा अग्रता जोगाउन नसक्दा पीएसजी बाहिरिएको छ ।पीएसजीले […]

नेकपा समाजवादीको आज केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं,फागुन,२५-नेकपा एकीकृत समाजवादी (एस) को केन्द्रीय कमिटीको बैठक आज (बुधबार) बस्दै छ । बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ बजे नेकपा (एस)को केन्द्रीय कमिटीको बैठक बस्ने नेकपा (एस)का नेता प्रेमलकुमार खनालले ईमेजखबरलाई जानकारी दिनुभएको हो । बैठकमा अध्यक्ष माधवकुमार नेपालले आगामी स्थानीय तहको निर्वाचन,पछिल्लो राष्ट्रिय राजनीति घटनाक्रमको समीक्षा भावी कार्ययोजना समेटिएको राजनीतिक प्रतिवेदन पेस गर्ने र […]

एक रुपैयाँको सिक्का बुधबारबाट चलनचल्तीमा ल्याउने

काठमाडौं,फागुन,२४-नेपाल राष्ट्र बैंकले बुधवारबाट १ रुपैयाँको सिक्का चलनचल्तीमा ल्याउने भएको छ । सिक्काको अग्रभागमा वृत्ताकार घेराभित्र ६४ ओटा थोप्लाको वृत्ताकार घेराभित्र हिमाल, पहाड र तराईको पृष्ठभूमिमा नेपालको नक्सा रहेको छ । यसैगरी, दृष्टिविहीनहरूले स्पर्श गरेर सिक्काको दर पहिचान गर्न एउटा मोटो थोप्लो रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । सिक्काको पछाडि भागमा पनि ६४ ओटा […]

आज अन्तर्राष्ट्रिय नारी दिवस, राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना

काठमाडौं,फागुन,२४-आज (मंगलबार) ११२औं अन्तर्राष्ट्रिय नारी दिवस विभिन्न कार्यक्रमगरि मनाईदै छ। आज (मंगलबार) ११२औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले महिलामाथि हुने सबै प्रकारका विभेदलाई जरैदेखि उन्मूलन गरी सभ्य र सुसंस्कृत समाज निर्माणको प्रण सबैले गर्नुपर्नेमा जोड दिनुभएको छ । शुभकामना सन्देश दिदै उहाँले महिला विरूद्ध हुने सबै प्रकारका हिंसा, विभेद, उत्पीडन एवं विकृत प्रथालाई निर्मूल गर्दै […]

भक्तपुरमा घाँटी काटिएको अवस्थामा महिलाको शव फेला

भक्तपु,फागुन,२४-चाँगुनारायण नगरपालिका-७ बागरेमा एक महिलाको घाँटी काटिएको अवस्थामा शव फेला परेको छ । बागरेस्थित तरकारी खेती हुँदै आएको जग्गामा बनाइएको जस्ताको कच्ची टहराभित्र परालले छोपेको अवस्थामा अन्दाजी ३५/४० वर्षीया महिलाको शव फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । सोमबार राति करिब १० बजे मृतक महिलाको घाँटी अगाडी भागमा गहिरो चोट लागेको, शरिरको […]

माओवादी केन्द्रमा ९७ जना केन्द्रीय सदस्य मनोनित (सूचीसहित)

काठमाडौं,फागुन,२३-नेकपा माओवादी केन्द्रले ९७ जना केन्द्रीय सदस्य मनोनित गरिएको छ ।सोमबार बसेको माओवादी केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले केन्द्रीय समितिमा ९७ जना थप गर्नुभएको हो । केन्द्रीय समितिमा अध्यक्ष दाहालकी छोरी गंगा दाहाल र ज्वाईं जीवन आचार्य पनि मनोनित भएका छन् । त्यस्तै, वाईसीएलका अध्यक्ष सुमन देवकोटा, अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्ल पनि […]

अब अनलाइन टिभी संचालन गर्न अनुमति लिनुपर्ने, ५ लाख शुल्क

काठमाडौं,फागुन,२२-सरकारले इन्टरनेटमार्फत संचालन हुने अनलाइन टिभीले अनुमति लिनुपर्ने व्यवस्था गरेको छ।  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय प्रशारण नियमावलीमा एघारौं संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो। संशोधित व्यवस्था अनुसार अनलाइन टेलिभिजन (इन्टरनेट टिभी) संचालन इजाजतपत्रका लागि ५ लाख शुल्क तोकिएको छ। संशोधनमा ‘मल्टिच्यानल मल्टिप्वाइन्ट डिष्ट्रिव्यूशन सिष्टम (एमएमडिसी)’ भन्ने शव्बहरुपछि ‘अनलाइन टेलिभिजन, ओभर द टप (ओटिटि), […]