साफ यू–१८ महिला च्यम्पियनसिपमा आज नेपालले भारतसँग खेल्ने

काठमाडौं,चैत,१-साफ यू-१८ महिला च्याम्पियनसिपमा आज मंगलबार  नेपाल र भारतबीचको खेल हुँदैछ। खेल भारतको जमसेदपुरमा हुनेछ।भारत र नेपालको खेल नेपाली समयअनुसार बेलुका सवा ७:१५ बजे सुरु हुनेछ। मंगलबारदेखि सुरु हुने यो प्रतियोगिता १० दिनसम्म चल्नेछ। डबल राउण्ड रोबिनको फरम्याटमा हुने प्रतियोगिताको शीर्षस्थानमा रहने टोलीले उपाधि जित्नेछ। नेपाल आज भारतलाई हराउँदै प्रतियोगितामा सुखद सुरुआत गर्न चाहन्छ । […]

एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै

काठमाडौं,चैत,१-नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आज मंगलबार बस्दैछ ।पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा दिउँसो ३ बजे बैठक बोलाइएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो । बैठकमा स्थानीय तहको निर्वाचनको तयारीलगायत विषयमा छलफल हुनेछ ।निर्वाचनको तयारीकै लागि स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको आह्वान गर्ने एमालेको तयारी छ । आजको सचिवालय […]

नेपाल र साउदी अरबबीच आज दुई पक्षीय वार्ता हुँदै

काठमाडौं,चैत,१-नेपाल र साउदी अरबबीच आज द्विपक्षीय बैठक वार्ता हुँदैछ ।सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा द्विपक्षीय वार्ता हुन लागेको हो । बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री डा.नारायण खड्काले गर्नुहुनेछ भने साउदी अरवको नेतृत्व साउदीका बिदेशमन्त्री तथा राजकुमार फैसल बिन फरहान अल साउदले गर्नुहुनेछ । बैठकमा नेपाल र साउदी अरव सम्बन्धका सबै आयामहरुमा छलफल गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ । […]

साउदीका विदेशमन्त्री आज नेपाल आउँदै, १२ वर्षपछिको उच्चस्तरीय भ्रमण

काठमाडौं,फागुन,३०-साउदी अरबका विदेशमन्त्री फैजल बिन फरहान बिन साउद आज सोमबार नेपाल आउँदै हुनुहुन्छ। फैजल त्यहाँका राजकुमार पनि हुनुहुन्छ । १२ वर्षअघि नोभेम्बर २०१० मा साउदीका राजकुमार अलवालिद बिन तलाल नेपालको अनौपचारिक भ्रमणमा आउनु भएको थियो। तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारले तलाललाई महाउज्जवल राष्ट्रदीपबाट विभूषित पनि गरेको थियो।  महाउज्जवल राष्ट्रदीप नेपालले विदेशी नागरिकलाई दिने गरेको […]

झापा गोल्डकप फाईनलमा आज त्रिभुवन आर्मी र झापा-११ भिडने

झापा,फागुन,३०-आज सोमबार झापा गोल्डकपको फाइनल खेल हुदैंछ। फाईनल खेलका लागि त्रिभुवन आर्मी फुटबल क्लब र झापा-११ बीच हुँदैछ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने खेलमा गत संस्करणको उपाधी विजेता आर्मी यसपटक पनि उपाधि रक्षा गर्न मैदान उत्रदा झापा ११ भने घरेलु मैदानमा पहिलो उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रने छ । यस पटक झापाले सेमिफाइनलमा […]

माधव नेपालसहित १४ सांसदविरुद्धको रिट पूर्ण इजलासमा पठाउन आदेश

काठमाडौं,फागुन,२९-नेकपा एमालेले कारबाही गरेका माधवकुमार नेपालसहित १४ सांसद र उनको नेतृत्वमा गठित नेकपा एकीकृत समाजवादी पार्टीको वैधानिकताविरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतले पूर्ण इजालसमा पठाएको छ। आइतवार सुनुवाइका लागि पेसी तोकिएपछि भएको सुनुवाइका क्रममा न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार चुँडालको इजलासमा यसको अन्तिम टुंगोका लागि पूर्ण इजलासमा पठाउने निर्णय भएको हो। ​ एमालेले कारबाही गरे पनि सभामुखले कारबाही […]

प्रधानन्यायाधीश विरुद्धको महाअभियोग प्रस्ताव प्रतिनिधिसभामा पेश

काठमाडौं,फागुन,२९-प्रतिनिधिसभाको आजको बैठकमा प्रधानन्याधीश चोलेन्द्र शमशेर राणा विरुद्धको महाअभियोग प्रस्ताव पेश भएको छ । राणा विरुद्धको महाअभियोग प्रस्ताव पेश गर्दै प्रतिनिधिसभाको अर्को बैठक चैत २ गते बुधबार बस्ने गरी स्थगित भएको हो। आइतबार बसेको प्रतिनिधि सभा बैठकमा एमालेका सांसदहरुको अवरोधकाबीच प्रधानन्याधीश चोलेन्द्र शमशेर राणा विरुद्धको महाअभियोग प्रस्ताव पेश भएको थियो । त्यसैगरी एमालेको अवरोधबीच आइतबारको बैठकमा […]

खप्तड गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दी क्लबलाई

कैलाली,फागुन,२८-मनाङ मर्स्याङ्दी क्लबले सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । धनगढी रंगशालामा शनिबार भएको फाइनलमा फ्रेन्ड्स क्लबलाई ३-१ गोल अन्तरले हराउँदै मनाङ च्याम्पियन बनेको हो ।मनाङले दोस्रो पटक खप्तड गोल्डकपको उपाधि जितेको हो । मनाङलाई जित दिलाउन दिनेश राजवंशी, आफिज ओलावाले र मौसा अबागानाले एक एक गोल गरे ।फ्रेन्ड्सका जमोउल […]

बार चुनाव: सत्ता गठबन्धनमा मिल्यो भागबण्डा, एक्लियो एमाले

काठमाण्डौं,फागुन,२७-नेपाल बार एसोसिएसनको निर्वाचनमा सत्तानिकट कानुन व्यवसायीबीच गठबन्धन भएको छ। उम्मेदवारी दर्ता गर्दासम्म पनि मिल्न नसकेका कानुन व्यवसायीले बुधबार रातिसम्ममा भागबण्डामा सहमति जुटाएका हुन्। आगामी चैत १९ गते हुने निर्वाचनमा सत्ता साझेदारबीच सहमति जुटेसँगै एमाले नेपाल बारको चुनावमा पनि एक्लिएको हो। यसअघि अन्य पेसागत संगठनमा पनि एमालेलाई एक्ल्याउँदै सत्ता गठबन्धनले साझा उम्मेदवार तय गरेका थिए। […]

जापानले दियो नेपाललाई २ अर्ब ६१ करोड रुपैयाँ अनुदान

अर्थसचिव मधुकुमार मरासिनी र राजदूत किकुता युटाका । काठमाडौं,फागुन,२६-जापान सरकारले नेपाललाई २ अर्ब ६१ करोड रुपैयाँ बराबर अनुदान सहायता उपलब्ध गराएको छ । अनुदान सम्झौतासम्बन्धी पत्रमा बिहीबार अर्थ सचिव मधुकुमार मरासिनी र नेपालका लागि जापानी राजदूत किकुता युटाकाले हस्ताक्षर गर्नु भएको हो । जापानले उपलब्ध गराउने यो अनुदान रकम विराटनगरबासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउन ‘विराटनगर खानेपानी […]