राप्रपा नेपाल को अध्यक्ष बने कमल थापा

काठमाडौं,फागुन,१-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट अलग हुनुभएका कमल थापा अब ‘राप्रपा नेपाल’ को अध्यक्ष बन्नुभएको छ ।निर्वाचन आयोगमा पहिल्यै दर्ता रहेको राप्रपा नेपालमा उहाँ नयाँ अध्यक्ष बन्नुभएको हो । राप्रपाबाट निस्केर थापाले नयाँ नाममा पार्टी दर्ता गर्ने तयारी गर्नुभएको थियो । तर, त्यो बाटो छोडेर थापाले पुरानै राप्रपा नेपाल ब्यूँताउनुभएको हो । राप्रपा नेपाल विगतमा कमल […]

पशुपति धर्मशाला सञ्चालनमा रोक नलगाउन अन्तरिम आदेश

काठमाडौं,फागुन,१-उच्च अदालत पाटनले बतास ग्रुपले सञ्चालन जिम्मा पाएको गौशालास्थित धर्मशाला सञ्चालनमा रोक नलगाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । पर्यटन मन्त्रालयले पशुपतिस्थित धर्मशालाको सञ्चालन जिम्मा पाएको होटल आनन्द प्रालिसँग सम्झौता रद्द गरेको थियो । त्यसविरुद्ध होटल सञ्चालकले दायर गरेको रिटमा न्यायाधीश नरिश्वर भण्डारीको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको हो । उच्च अदालत पाटनले […]

माधव नेपालसहित १४ सांसदविरुद्धको रिट पेशीबाट हटाइयो

काठमाण्डौं,फाल्गुन,१-माधव नेपालसहित १४ सांसदलाई कारबाही र नेकपा एकीकृत समाजवादी पार्टी खारेज गर्न माग गर्दै परेको रिटमा आज पनि सुनुवाइपछि पेशीबाट हटाइएको छ। पेशीमा चढे पनि लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता कृष्ण सुवेदीले हटाउन माग गर्दै निवेदन दिएका थिए। त्यसपछि यो रिटलाई पेशीबाट हटाइएको हो। न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासमा उक्त रिट पेशी तोकिएको […]

प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता (पूर्णपाठसहित)

काठमाडौं,फाल्गुन,१-सत्ता गठबन्धनका सांसदहरुले प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका छन् । राणाविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमा विभिन्न २१ वटा आरोप लगाइएको छ । महाअभियोग प्रस्तावमा राणाको कार्यकालमा न्यायपालिकाभित्र अतिशय विकृति, विसंगति, भ्रष्टाचार तथा विचौलियाहरुले प्रवेश पाएको र प्रभाव बढाउँदै लगेको आरोपसमेत लगाइएको छ । त्यस्तै, संविधानले दिएका जिम्मेवारीहरुलाई प्रधानन्यायाधीश राणाले आफ्नो निजी सम्पत्ति […]

‘ए’ डिभिजन लिग:मछिन्द्र संग च्यासल २-० गोलले पराजीत

काठमाडौं,माघ,२९-कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानको मछिन्द्र फुटबल क्लबले सहज जित निकालेको छ । शनिबार भएको खेलमा मछिन्द्रले पुछारको च्यासल युथ क्लबलाई २-० गोल अन्तरले हराएको हो ।मछिन्द्रलाई जित दिलाउन विमल घर्तिमगर र सुनिल बलले एक एक गोल गरे ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलको नवौं मिनेटमा च्यासलका आशिष राईले पेनाल्टी क्षेत्र बाहिरबाट […]

आयोजक ओमान माथि नेपालको शानदार जित

काठमाडौं,माघ,२८-चारदेशीय टी-ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा आयोजक ओमान माथि ६ विकेटको जित हात पारेको छ ।  अल अमेरात क्रिकेट ग्राउन्डमा १ सय ३६ रनको लक्ष्य नेपालले निर्धारित २० ओभरको ३ बल बाकी छदा ४ विकेट गुमाएर पुरा गर्यो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ७३ रन जोडे । दिपेन्द्रले ५३ बल खेल्दा […]

एमसीसीलाई आँखा चिम्लेर समर्थन गर्न सकिँदैन : अध्यक्ष नेपाल

काठमाडौं,माघ,२८-नेकपा एकीकृत समाजवादी (एस) का अध्यक्ष माधवकुमार नेपालले यथास्थितिमा एमसीसीलाई आँखा चिम्लेर समर्थन गर्न नसकिने बताउनुभएको छ । शुक्रबार वीरगञ्जमा पत्रकारहरूसँग कुरा गर्दै एमसीसीका विषयमा नेपाली जनता र राजनीतिक दल विभाजित भएकाले प्रष्ट पार्नुपर्ने चुनौती रहेको बताउनुभएको हो । जनमत एमसीसीविरुद्ध रहेको भन्दै उहाँले सम्झौता मिति पर सार्दा उत्तम हुने समेत बताउनुभयो । एमसीसीका विषयमा […]

यमनको हुथी विद्रोहीको आक्रमण विरुद्ध साउदीलाई सहयोग गर्ने अमेरिकी आश्वासन

काठमाडौं,माघ,२७-यमनी हुथी विद्रोहीको बारम्बारको ड्रोन आक्रमणबाट सताईएको साउदी अरबलाई अमेरिकाले सहयोगको आश्वासन दिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले साउदी राजा सलमान विन अब्दुल्लाहजिज अलसाउदलाई टेलिफोन गरी हुथिको आक्रमण विरुद्ध सहयोग गर्ने आश्वासन दिनुभएको हो । हुथी व्रिदोहीहरुले साउदी अरब र युएईका मूख्य मूख्य क्षेत्रमा ड्रोन र मिसाइल आक्रमणको गति बढाएपछि ह्वाइटहाउस सहयोगका लागि अघि […]

निर्वाचन घोषणासँगै आयोग व्यस्त : दर्तामा १ सय ३ दल, ४४ अस्तिस्वविहीन

काठमाडौं,माघ,२७-संख्यात्मक दृष्टिले निर्वाचन आयोगमा थुप्रै दलको अस्तित्व रहे पनि चुनावी प्रतिस्पर्धामा भने थोरैको उपस्थिति देखिने गरेको छ । २०७४ को स्थानीय तहको निर्वाचनमा १ सय १३ दर्तामा रहे पनि ५७ दल मात्र प्रतिस्पर्धामा उत्रिएका थिए । हाल आयोगमा १ सय ३ वटा दर्ता भए पनि ४४ वटा खारेजीमा परिसकेका छन् ।   २०७४ सालमा वैशाख […]

खेलकुदलाई मुलुकको सम्बन्ध विस्तारसँग जोड्ने प्रयासमा सरकार

काठमाण्डौं,माघ,२५-सरकारले मुलुकको पहिचान अभिवृद्धि र सम्बन्ध विस्तारलाई खेलकुद विधासँग जोडेर लैजाने सोच अघि सारेको छ। स्वच्छ, व्यावसायिक र प्रविधिमैत्री खेलकुद विकास र विस्तार गर्ने सोचका साथ स्वस्थ, सक्षम र अनुशासित नागरिक तयार गरी अन्तर्राष्ट्रिय जगत्मा राष्ट्रको सम्मान अभिवृद्धि गर्दै पहिचान स्थापित गर्ने लक्ष्य राखिएको छ। युवा तथा खेलकुद मन्त्रालयका सचिव डा दामोदर शर्माले खेलकुदलाई राष्ट्रिय […]