काठमाण्डौं,असार,६-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले नेपाली नागरिकसँग बिहे गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने निर्णय गरेको छ। शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले नेपालीसँग बिहे गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने निर्णय गरेको हाे। नेपालीसँग विवाह गरेको ७ वर्षपछि वैवाहिक अंगीकृत नागरिकता दिने र त्यतिबेलासम्मका लागि […]
Images
चिनियाँ कम्युनिष्ट पार्टी ९९ वर्ष पुगेको अवसरमा भिडियोमा छलफल गर्दै नेपाल र चीनका सय बढी नेता
काठमाण्डौं,असार,५-चिनियाँ कम्युनिष्ट पार्टी ९९ वर्ष पुगेको अवसरमा सत्तारुढ नेकपा र चीनका सय बढी नेता आज भिडियो छलफलमा जुट्दै छन्।नेपाली कम्युनिष्ट नेताहरू चीनबाट बढी प्रभावित बनेको आरोप भारतीय पक्षबाट आइरहेकै बेला नेकपा स्कुल विभागका उपप्रमुख बेदुराम भुसालले चिनियाँ पक्षको चाहनाअनुसार नै यस्तो अन्तरक्रिया राखिएको बताउनुभयो। ‘चिनियाँ कम्युनिस्ट पार्टी ९९ वर्ष पुगेको अवसरमा चिनियाँ कम्युनिष्ट पार्टीको विदेश […]
विदेशमा ज्यान गुमाएका २० जना नेपालीको शव आज ल्याईदै
काठमाण्डौं,असार,५-कतारमा वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका २० जना नेपालीको शव शुक्रबार आज ल्याईदैछ । ती शवहरु लिएर कतार एयरलाइन्स सवा १२ बजे त्रिभुवन विमानस्थलमा अवतरण हुने बताइएको छ । कतार एयरलाइन्सले ४३ जना नेपाली पनि लिएर आउने बताइएको छ । उनीहरुलाई कतार सरकार आफैले पठाउन लागेको हो ।वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका नेपालीको शव यति ठूलो […]
राष्ट्रपतिद्धारा संविधान संशोधन विधेयक प्रमाणीकरण नयाँ नक्साले पायो संवैधानिक मान्यता
काठमाडौं,असार,४-नेपालको नयाँ राजनीतिक नक्साले संवैधानिक मान्यता पाएको छ।राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार प्रमाणीकरण गरेपछि नयाँ नक्साले संवैधानिक मान्यता पाएको हो । निशान छापमा लिम्पियाधुरा,लिपुलेक र कालापानी क्षेत्र समेटिएको नयाँ नक्सा अद्यावधिक गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकलाई प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भई राष्ट्रपति समक्ष पेश गरिएको थियो । प्रतिनिधि सभाबाट ३१ जेठमा सर्वसम्मत पारित भएको विधेयकलाई राष्ट्रिय […]
न्युजील्याण्डको उत्तरपूर्वमा ७.१ म्याग्नीच्यूटको शक्तिशाली भूकम्प गयो
एजेन्सी,असार,४-न्युजील्याण्डमा शक्तीशाली भुकम्प गएको छ । यूएसजीएसका अनुसार बिहिबार न्युजील्याण्डको उत्तरपूर्वमा कम्तिमा ७.१ म्याग्नीच्यूटको शक्तिशाली भूकम्प गएको जनाएको छ । यो केर्माडेक टापुको दक्षिणमा करीव ३३ किलोमिटरको गहिराईमा पराकम्प गएको हो । अष्ट्रेलियाको मौसम विज्ञान विभागले अष्ट्रेलियाली मुख्य भूमि, टापु वा त्यस क्षेत्रहरुमा सुनामीको कुनै खतरा नभएको जनाएको छ । एनजेड राष्ट्रिय आपातकालीन व्यवस्थापन एजेन्सीले यो शक्तीशाली भुकम्पले न्यूजील्याण्डमा सुनामीको कुनै […]
एकैदिन ६,७१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ७,८४८ पुग्यो
काठमाडौं,असार,४-नेपालमा एकैदिन ६ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा। डा। जागेश्वर गौतमले देशभर गरिएको परीक्षणमा थप ६७१ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको बताउनुभयो। यो सँगै नेपालमा संक्रमितको संख्या ७ हजार ८४८ पुगेको छ।पछिल्लो २४ घण्टामा थप १९ जना उपचारपछि निको भएर […]
राष्ट्रियसभाबाट लिम्पियाधुरासहितको नक्शा सर्वसम्मत पारित
काठमाडौं,असार,४-राष्ट्रिय सभाले नक्शासम्बन्धी संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित गरेको छ ।विधेयकका पक्षमा सभाका ५८ मध्ये ५७ जनाले मतदान गरेका थिए । सबैले संविधान संशोधन विधेयकको पक्षमा मत दिएका हुन् । राष्ट्रिय सभाको एक जना सिट रिक्त छ । बाँकी सबै मतदानमा सहभागि भएर विधेयकको पक्षमा मत दिएका हुन् । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले संविधान […]
युभेन्टसलाई पराजित गर्दै कोपा इटालियाको उपाधि नेपोलीलाई
एजेन्सी,असार,४-युभेन्टसलाई पराजित गर्दै नेपोलीले कोपा इटालियाको उपाधि जितेको छ।बुधबार राति भएको फाइनल खेलमा नेपोलीले युभेन्टसलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै कोपा इटालियको उपाधी जितेको हो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा नेपोलिका लागि लोरेन्जो, माटियो पोलिटानो, निकोला म्याक्सिमोविच र अरेक मिलिकले गरे । […]
कोरोना संक्रमणबाट कैलालीमा एक जनाको मृत्यु
कैलाली,असार,४-कोरोना संक्रमणबाट कैलालीमा एक जनाको मृत्यु भएको छ । कोरोना संक्रमण भएपछि सेती प्रादेशिक अस्पताल भर्ना भएका कैलालीको गोदावरी नगरपालिका-४ का ४६ वर्षीय पुरुषको बुधबार बेलुका मृत्यु भएको हो। स्वास्थ्य अवस्था जटिल भएपछि काठमाडौं लाने तयारी गर्दागर्दै उनको निधन भएको हो।उनी बस व्यवसायी थिए। जाे कञ्चनपुर-कैलालीका नाकाबाट नेपालीलाई क्वारेन्टिनसम्म पुर्याउन सक्रिय थिए। बस कहिले आफैं चलाउँथे […]
नेपालमा नयाॅ ५८६ जनामा संक्रमण, सक्रमितको संख्या ७,१,७७ पुग्यो
काठमाडौं,असार,३-नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ७ हजार १ सय ७७ पुगेको छ ।पछिल्लो २४ घण्टामा अहिलेसम्मकै बढी पाँच सय ८६ जना संक्रमित थपिएसंगै संक्रमितको संख्या ७१ सय ७७ पुगेको हो । एकैदिन अहिलेसम्म यतिधेरै संख्यामा संक्रमित थपिएका थिएनन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले थपिएका संक्रमितमा ४० महिला […]






