सरकारबाट नहट्ने माओवादीको निर्णय

काठमाडौं, असोज,३१- नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीले निर्वाचन सार्न षड्यन्त्र गरेको आरोप लगाउँदै सरकारबाट नहट्ने निर्णय गरेको छ । सरकारबाट हट्दा निर्वाचन नहुने जिकिर गर्दै माओवादी केन्द्रले सरकार नछाड्ने प्रस्ट गरेको हो । मंगलबार सिंहदरबारस्थित गृह मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री जनार्दन शर्माले आफूहरुलाई सरकारबाट हटाएर चुनाव नगर्ने षड्यन्त्र भएकाले सरकारबाट नहट्ने निर्णय लिइएको बताउनुभयो । निर्वाचन […]

उत्तर कोरियासँग युद्ध अन्तिम विकल्प: अमेरिका

वासिङटन,असोज,३१- अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले उत्तर कोरिया संकट  समाधानमा कुटनीतिक प्रयास जारी रहने  बताउँदै अमेरिकी चाहना युद्व नभएको दाबी गर्नु भएको छ । उनले युद्ध  अमेरिकाको अन्तिम विकल्प  भएको बताए।  उनले राष्ट्रपति डोनाल्ड ट्रम्प पनि कुटनीतिक समाधानका कै पक्षमा रहेको जिकिर गर्नु भएको छ ।उहाँले राष्ट्रपति ट्रम्प र अमेरिकी चाहना युद्ध नभएको बताउनु भएको हो […]

राष्ट्रसंघ मानवअधिकार परिषद्मा सर्वाधिक मत ल्याएर नेपाल विजयी

काठमाण्डौं,असोज,३१- संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद्को सदस्यमा नेपाल सर्वाधिक मत ल्याएर निर्वाचित भएको छ। अमेरिकाको न्युयोर्कमा सोमबार साँझ भएको निर्वाचनमा नेपाल सबैभन्दा बढी १६६ मत ल्याएर विजयी भएको हो। परिषद्को सदस्यमा एशिया प्रशान्त क्षेत्रबाट नेपालसहित कतार, पाकिस्तान र अफगानिस्तान विजयी भएका छन्। नेपाल १६६, कतार १५५, पाकिस्तान १५१ र अफगानिस्तान १३० मत ल्याएर विजयी भएका हुन्। […]

एनआरएनए अध्यक्षमा भवन भट्ट विजयी

काठमाडौं, असोज ३१- गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा भवन भट्ट विजयी हुनुभएको छ ।काठमाडौंमा भएको आठौं महाधिवेशमा प्रत्यासी जमुना घले गुरुङलाई भारी मत अन्तरले हराउँदै दुई वर्षे कार्यकालका लागि भट्ट विजयी हुनुभएको हो । उहाँले ११ सय ९७ मत प्राप्त गर्नुभयो । गुरुङले भने ५ सय ८४ मत प्राप्त गर्नुभयो । निर्वाचनमा कूल १७८८ […]

आजबाट तिहार सुरु

काठमाडौं, असोज ३१- नेपालीको दोस्रो ठूलो चाड तिहार आजबाट सुरु भएको छ । तिहारको पहिलो दिन आज कागको पूजा गरेर मनाइँदै छ । तिहार पर्व कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइन्छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमराज पनि आफ्ना दैनिक काम स्थगित गरी बहिनी यमुनाकहाँ अतिथिका रुपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस […]

दार्जिलिङबाट अर्धसैनिक बल फिर्ता

काठमाण्डाैं,असाेज,३०- केन्द्र सरकारको गृह मन्त्रालयले दार्जि्लिङवाट अर्ध सैनिक सुरक्षा बललाई फिर्ता बोलाउन निर्देशन दिएको छ । गृहको निर्देशन लगत्तै आज बिहानैदेखि दार्जि्लिङमा तैनाथ १५ कम्पनीमध्ये ७ कम्पनी केन्द्रीय रिजर्भ पुलिस फोर्स र ३ कम्पनी सशस्त्र प्रहरी बल फिर्ता हुन थालेका छन् । गोर्खाल्याण्ड आन्दोलन चर्किएपछि दार्जि्लिङमा १५ कम्पनी केन्द्रीय सुरक्षा बल तथा करिब १ हजारको […]

राजनीतिक दलहरुलाई शान्तिपूर्णरुपमा निर्वाचन गराउन राष्ट्रपतिको आग्रह

काठमाडौं, असोज ३०- राष्ट्रपति विद्यादेवी भण्डारीले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न गर्न राजनीतिक दलहरुलाई आग्रह गर्नु भएको छ । दीपावली तथा छठ पर्वका अवसरमा सोमबार राष्ट्रपति निवास शीतल निवासमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा राष्ट्रपति भण्डारीले नयाँ संविधान जारी भएपछि हुन गइरहेको पहिलो प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई सबै दल मिलेर सम्पन्न गराउन […]

राष्ट्रपतिद्वारा गोपनीयताको हकसम्बन्धी छुट्टै कानुन बनाउन सरकारको ध्यानाकर्षण

काठमाडौं, असोज ३०- राष्ट्रपति विद्यादेवी भण्डारीले व्यक्तिगत गोपनीयताको हकसम्बन्धी छुट्टै कानुन बनाउन सरकारको ध्यानाकर्षण गराउनु भएको छ । राष्ट्रिय सूचना आयोगले आज राजधानीमा गरेको कार्यक्रममा राष्ट्रपति भण्डारीले सूचनामा सर्वव्यापी पहुँचसम्बन्धी अन्तर्राष्ट्रिय दिवसले नेपालमा पनि शासन प्रणालीलाई पारदर्शी बनाउने र सुशासन कायम गर्न सघाउने विश्वास व्यक्त गर्नुभयो । उनले सरकारका प्रत्येक काम–कारबाहीबारे जानकारी पाउने अधिकार हरेक […]

फेवातालमा छ वटा प्याराग्लाइडर खसे

कास्की,असोज,३०- कास्कीको सराङकोटबाट उडेका यात्रुसहितका छवटा प्याराग्लाइडिङ तीव्र गतिको हावाका कारण अनियन्त्रित भइ फेवातालमा खसेको छ । ग्लाइडरसहित फेवातालमा खसेका पाँचजना यात्रु र छ जना पाइलट सकुशल छन् । पाँचवटा टेण्डम फ्लाइट र एउटा सोलो फ्लाइटको प्याराग्लाइडर फेवातालमा खसेको कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले जानकारी दिनुभयो । दिउँसो करिव १ बजे सराङकोटबाट उडेको केहि […]

कांग्रेस र लोकतान्त्रिक फोरमबीच पार्टी एकता

काठमाडौं, असोज ३०- नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच पार्टी एकता घोषणा गरिएको छ ।दुई दलबीच हिजै पार्टी एकता हुने भनिए पनि बेलुका अबेरसम्म सबै विषयमा सहमति जुट्न नसकेपछि एकताको घोषणा आज गरिएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको एकता घोषणामा नेपाल लोकतान्त्रिक फोरम कांग्रेसमा समाहित भएको छ । पार्टी एकतापछि कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाल […]