स्विट्जरल्यान्डलाई ६-१ गोल अन्तरले हराउँदै पोर्चुगल क्वाटरफाइनलमा

काठमाडौं,मंसिर,२१-पोर्चुगल कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।लुसिल स्टेडियममा मंगलबार राति स्विट्जरल्यान्डलाई ६-१ गोल अन्तरले हराउँदै पोर्चुगल अन्तिम आठमा पुगेको हो।     पोर्चुगललाई जित दिलाउन गोन्कालो रामोसले ह्याट्रिक पूरा गरे ।पेपे, राफायल गुइरेरो र राफायल लियोले एक एक गोल थपे । स्विट्जरल्यान्डका मानुएल एकान्जीले एक गोल फर्काए ।खेलको १७ औं मिनेटमा रामोसले […]

स्पेनलाई पेनाल्टीमा हराउदै मोरक्को पहिलोपल्ट विश्वकप क्वाटरफाइनलमा

काठमाडौं,मंसिर,२१-कतारमा जारी फिफा विश्वकपको क्वाटरफाइनल खेलमा स्पेनलाई हराउँदै मोरक्कोले क्वाटरफाइनलमा पुगेर इतिहास रचेको छ । मंगलवार राति सम्पन्न स्पेन र मोरक्को बीचको खेलको विजेताको टुंगो भने पेनाल्टी सुटआउटबाट लगाइएको हो । निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटमा पनि दुवै टोलीबाट गोल हुन नसकेपछि क्वाटरफाइनल पुग्ने टिमको टुंगो पेनाल्टीबाट लगाइएको हो । पेनाल्टी सुटआउटमा मोरक्को ३-० […]

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना सकियो

काठमाडौं,मंसिर,२१-प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना सकिएको छ।निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फको पनि मतगणना सकिएको हो । आयोगका अनुसार कुल १ करोड ५ लाख ६० हजार ६७ मत सदर भएको छ।जसमा सबैभन्दा धेरै नेकपा (एमाले)ले पाएको छ। एमालेले २८ लाख ४५ हजार ६४१ मत पाएको आयोगले जनाएको छ ।दोस्रोमा रहेको नेपाली कांग्रेसले २७ लाख १५ […]

विश्वकप फुटबल : आज मोरक्को र स्पेन तथा पोर्चुगल र स्विजरल्याण्डबीच प्रतिस्पर्धा हुने

काठमाडौं,मंसिर,२०-कतारमा जारी फिफा विश्वकप फुटबलमा आज मंगलबार प्रि-क्वाटरफाइनलका अन्तिम दुई खेल हुँदैछन् ।यी दुई खेलसँगै विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा हुनेछ । मंगलबार हुने पहिलो खेलमा मोरक्को र स्पेनबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल राति पौने ९ बजे सुरु हुनेछ । मोरक्को समूह ’एफ’ को विजेता र स्पेन समूह ’ई’ को उपविजेता बन्दै नकआउट […]

ब्राजिल र क्रोएसिया विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश

काठमाडौं,मंसिर,२०-ब्राजिल र क्रोएसिया कतारमा जारी फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।ब्राजिलले दक्षिण कोरियालाई तथा क्रोएसियाले जापानलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेका हुन् । सोमबार राति भएको राउण्ड सिक्सिटन अन्तर्गतको खेलमा ब्राजिलले कोरियालाई ४–१ ले पराजित गर्दै क्वार्टरफाइनलमा पुगेको हो । यस्तै क्रोएसियाले जापानलाई पेनाल्टी सुटआउटमा ३– १ गोलले पराजित गरेको हो । ब्राजिलले दक्षिण कोरियाविरुद्ध […]

समानुपातिकतर्फको मतगणना आज सकिंदै

काठमाडौं,मंसिर,२०-यही मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको समानुपातिकर्फको मत गणना आज मंगलबार सकिने भएको छ । मंगलबार बिहान ६ बजेसम्म एक करोड चार लाख ७८ हजार ७ सय ३५ मतगणना भएको छ । जसमा २८ लाख १४ हजार ६ सय ५५ मत मत पाउँदै नेकपा (एमाले) अग्रस्थानमा रहेको छ । यस्तै २६ […]

प्रत्यक्षतर्फ १६४ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कसको कति सिट ?

काठमाडौं,मंसिर,२०-प्रतिनिधिसभा निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फ १६४ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएको छ।सार्वजनिक भएको मतपरिणाम अनुसार सबैभन्दा धेरै नेपाली कांग्रेसले ५७ निर्वाचन क्षेत्र जितेको छ । नेकपा एमालेले ४४ वटा निर्वाचन क्षेत्र जितेको छ।यस्तै, नेकपा माओवादी केन्द्रले १७ सिट जितेको छ।नेकपा एकीकृत समाजवादीले १० सिट जितेको छ।प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले ७/७ सिट जितेको […]

अष्ट्रेलियालाई हराउदै अर्जेन्टिना विश्वकपको क्वाटरफाइनलमा प्रवेश

काठमाडौं,मंसिर,१८-कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा अर्जेन्टिना प्रवेश गरेको छ । कतारको अहमेद बिन अलि स्टेडियममा शनिबार राति अष्ट्रेलियालाई २-१ गोल अन्तरले हराउँदै अर्जेन्टिना अन्तिम आठमा पुगेको हो ।     खेलको ३५ औं मिनेटमा अर्जेन्टिनाका लागी कप्तान लियोनल मेस्सी र उतकृष्ट गोल गर्दै अग्रता दिलाएका थिए । यस्तै विश्वकपको नकआउट चरणमा मेस्सीको यो पहिलो गोल […]

नेदरल्यान्ड विश्वकपको क्वाटर फाइनलमा प्रवेश

काठमाडौं,मंसिर,१८-कतार विश्वकपको क्वाटर फाइनलमा नेदरल्यान्ड प्रवेश गरेको छ।अमेरिकामाथि ३-१ को फराकिलो जित निकाल्दै नेदरल्यान्ड क्वाटर फाइनलमा प्रवेश गरेको हो । खेलको १० औं मिनेटमा डिपेले गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए ।पहिलो हाफको इन्जुरी समयमा ब्लाइन्डले गोल गर्दै नेदरल्यान्ड्सलाई २-० को अग्रता दिलाएका थिए । अमेरिकाका लागि खेलको ७६ औं मिनेटमा हाजीले गोल गर्दै […]

कतार विश्वकप फुटबल : नकआउट चरणमा दुई खेल हुँने

काठमाडौं,मंसिर,१७-फिफा विश्वकप फुटबल अन्तर्गत शनिवार नकआउट चरणमा दुई खेल हुँदैछन् । पहिलो खेलमा नेदरल्यान्ड्स र अमेरिकाबीच नेपाली समय अनुसार राति पौने ९ बजे प्रतिस्पर्धा हुनेछ । नेदरल्यान्ड्स समूह ए को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । अमेरिका भने समूह बी को उपविजेता बनेको थियो । यस्तै, दोस्रो खेलमा अर्जेन्टिना र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ । […]