सिर्जना बर्देवा ओखलढुंगा,साउन २६,- इलाका प्रशासन कार्यालय खिजीफलाटको सेवा पुनःसुचारु भएको छ । ओखलढुंगाको खिजीदेम्बा स्थित इलाका प्रशासन कार्यालयमा विगत केही समय यता प्रमुख कर्मचारी नहुँदा ठप्प भएको सेवा बुधबार पुनः सुचारु भएको हो । इलाका प्रमुख भएर अधिकृत प्रदिप गिरी आएपछि सेवा पुनःसुचारु भएको खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष वेदबहादुर रोकाले जानकारी दिनुभयो । स्थानीयले अब […]
Images
स्ववियु सिद्धार्थ क्याम्पस बाणगंगा द्धारा जनप्रतिनिधीलाई सम्मान
अराजसिंह वेल्वासे/ कपिलवस्तु,साउन,२६- स्वतन्त्र विद्यार्थी युनियन सिद्धार्थ क्याम्पस बाणगंगा कपिलवस्तुले बिहीबार एक कार्यक्रमको आयोजना गरि बाणगंगा नगरपालिकाका नब निर्बाचित जनप्रतिनिधीलाई सम्मान गरेको छ । स्ववियु सभापति शुसिल खत्रिको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस संचालक समितिका अध्यक्ष झबिलाल पोख्रेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा क्याम्पस प्रमुख बालाराम ज्ञवाली बाणगंगा नगरपालिकाका उपप्रमुख चक्रपाणी अर्याल, क्याम्पस संचालक […]
गोरु काटेर खाएको अभियोगमा ईलाका प्रहरी कार्यालय ठाडा अर्घाखाँचीले ४ जनालाई पक्राउ
अराजसिंह वेल्वासे/ अर्घाखाँची,साउन,२६- गोरु काटेर खाएको अभियोगमा ईलाका प्रहरी कार्यालय ठाडा अर्घाखाँचीले ४ जनालाई पक्राउ गरेको छ । सितगंगा नगरपालीका वडानं ८ जलुके धोद्रे जङगलमा साउन २४ गते राती गोरु काटेर खाएको अभियोगमा दाङ जील्ला गढवा गाउँपालीका वडानं १ का लाल बहादुर सुनार , सोही ठाँउका ३० बर्षिय बिक्रम योगी , ४० बर्षिय राम बहादुर […]
विश्वविद्यालयलाई दक्ष जनशक्ति उत्पादन गर्ने केन्द्रको रुपमा विकास गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं, साउन २६- प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयलाई दक्ष जनशक्ति उत्पादन गर्ने केन्द्रको रुपमा विकास गर्न निर्देशन दिनुभएको छ। विश्वविद्यालयको छैंठौं साधारणसभाको आज राजधानीमा उद्घाटन गर्दै सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका कुलपतिसमेत रहनु भएका प्रधानमन्त्री देउवाले दक्ष जनशक्ति उत्पादन गरेर देश विकासमा परिचालन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले दक्ष जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्न मुलुकमै रोजगारी सिर्जना गर्न […]
जापानमा दोस्रो विश्वयुद्धमा अमेरिकाले फालेको बम नपड्किएको अवस्थामा भेटियो
जापान,साउन,२६- जापानको फुकुसिमामा दोस्रो विश्वयुद्धको समयमा अमेरिकाले फालेको विश्वास गरिएको बम नपड्किएको अवस्थामा (आज) भेटिएको छ ।दोस्रो विश्वयुद्धका समयमा सन् १९४५ को अगष्टमा अमेरिकाले जापानमा शक्तिशाली हानिकारक ‘एटम बम’ले हमला गरेको थियो । सन् १९४५ को अगष्ट ६ मा अमेरिकाले जापानको हिरोसिमामा र अगष्ट ९ मा नागासाकीमा बम हमला गरेको थियो । सो बम आक्रमणका […]
बिमस्टेक बैठक आजदेखि राजधानीमा सुरु
काठमाडौं,साउन,२६- बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका निम्ति बंगालको खाडीको प्रयास (बिमस्टेक) को बैठक आजदेखि राजधानीमा सुरु हुँदैछ । बैठकमा भाग लिन सातै सदस्य राष्ट्रका विदेश सचिवलगायत अधिकारी काठमाडौं काठमाडौं आइपुगेका छन् । भारत, श्रीलंका, बंगलादेश र भुटानका विदेशमन्त्रीहरू क्रमशः सुष्मा स्वराज, रवि करुणनायके, अबुल हसन महमुद अली र दाम्चो दोर्जी आज काठमाडौं आइपुग्ने छन् । […]
त्रिविका ६० वटै आंगिक क्याम्पसमा तालाबन्दी
काठमाडौं,साउन,२६- आंशिक प्राध्यापकले त्रिभुवन विश्वविद्यालयका ६० वटै आंगिक क्याम्पसमा तालाबन्दी गरेका छन् ।अठार दिनदेखि अनसन बस्दा पनि माग पूरा नभएपछि आंशिक प्राध्यापकले आज त्रिवि अन्तर्गतका सबै क्याम्पसमा तालाबन्दी गरेका हुन् । त्रिभुवन विश्वविद्यालयका सबै आंगिक क्याम्पसका प्रमुख, लेखा शाखा र प्रशासन शाखामा तालाबन्दी गरिएको आंगिक प्राध्यापक संघका अध्यक्ष शशीकुमार शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार […]
अमेरिकाले दिएको धम्कीको विरोधमा उत्तर कोरियाली नागरिकले गरे देशभक्ति प्रदर्शन
प्योङयाङ्ग, साउन २६- अमेरिकाले दिएको धम्कीको विरोधमा उत्तर कोरियाली नागरिकले देशभक्ति प्रदर्शन गर्दै प्योङयाङ्गमा र्याली निकालेका छन् ।प्योङयाङ्गस्थित किम इल सुङ्ग स्क्यागरमा बुधबार दशौं हजार नागरिक भेला भइ अमेरिकी धम्कीको विरोधमा प्रदर्शन गर्नुका साथै देशभक्तिको सन्देश प्रवाह गरेका हुन् । सेतो पोशाकमा आएका प्रदर्शनकारीहरुले उत्तर कोरियाको झण्डा र सर्वोच्च नेता किम जोङ उनको तस्वीरसमेत बोकेका […]
प्रधानमन्त्रीको दिल्ली भ्रमणका एजेन्डा तयार,(सूची सहित)
काठमान्डौं,साउन २६- प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणका लागि सरकारले प्रारम्भिक एजेन्डा तयार गरिरहेको छ। सूचीमा निर्वाचनका लागि भौतिक सामग्रीदेखि सैन्य सामग्री खरिदबापत तिर्नुपर्ने रकम मिनाहा, युरिया मलको आपूर्तिदेखि पञ्चेश्वर परियोजनाको लाभ बाँडफाँडसम्म उल्लेख छ। प्राप्त सरकारको प्रारम्भिक सूचीमध्ये अधिकांश पुरानै छन्। परराष्ट्र मन्त्रालयले सरोकारवाला मन्त्रालयसँग समन्वय गरेर एजेन्डाबारे प्रधानमन्त्री कार्यालयलाई ब्रिफिङ गरिरहेको छ। यो […]
उत्तर कोरियालाई अमेरिकाको चेतावनी: ‘सत्ताको पतन तथा देशको विनास हुनसक्छ’
काठमाडौं, साउन २६- अमेरिकी रक्षामन्त्री जिम म्याटिसले आफ्नो विनासको बाटो आफैं नबनाउन उत्तर कोरियालाई चेतावनी दिएका छन् ।रक्षामन्त्री म्याटिसले उत्तर कोरियाले गरिरहेका पछिल्ला गतिविधि उसकै लागि घातक हुनसक्ने चेतावनी दिएका हुन् । उनले उत्तर कोरियाको यस्तै गतिविधि कायमै रहेमा उसको शासन सत्ताको पतन तथा देशको विनास हुन सक्ने चेतावनी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । […]









