सुर्खेत जिल्ला समन्वय समितिको संयोजकमा काँग्रेसका सिग्देल निर्वाचीत

रोशन घर्ती, सुर्खेत,साउन,२४- जिल्ला समन्वय समिति सुर्खेतको संयोजकमा नेपालीकांग्रेसका छविलाल सिग्देल निर्वाचितहुनुभएको छ । सोमबार भएकोनिर्वाचनमा संयोजकसिग्देलसहित नेपालीकांग्रेसको प्यानल नै जिल्ला समन्वय समितिमानिर्वाचितभएको छ । यस्तै, उपप्रमुखमाकांग्रेसकै देवी भट्टराई निर्वाचितहुनुभएको छ । दलित सदस्यमाकांग्रेसका पुसे कामीनिर्वाचितहुनुभएको छ भने महिला सदस्यमाबालकुमारी पुन, रमाविसी र पुर्णा चालिसे निर्वाचितहुनुभएको छ। समन्वय समितिको अन्य सदस्यमाकांग्रेसकाविरसिंह घर्ती, बासुदेव शर्मा र […]

प्रतिबन्धको मूल्य चुकाउनुपर्ने अमेरिकालाई उत्तर कोरियाको चेतावनी

 एजेन्सी, साउन २४- उत्तर कोरियाले आफ्नो देशमाथि लगाइएको प्रतिबन्धको मूल्य अमेरिकाले चुकाउनुपर्ने चेतावनी दिएको छ ।संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्बाट उत्तर कोरियामाथि प्रतिबन्ध लगाउने प्रस्ताव सर्वसम्मत पारित भएपछि उसले अमेरिकालाई चेतावनी दिएको हो । प्रतिबन्ध लगाउन अमेरिकाको सबैभन्दा ठूलो हात रहेको ठहर गर्दै उत्तर कोरियाले त्यसको परिणाम भोग्न अमेरिकालाई गाह्रो पर्ने चेतावनी दिएको हो ।उत्तर कोरियाले […]

आज ‘गाइजात्रा’ मनाइँदै

काठमाडौं, साउन,२४- भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । एक वर्षभित्र दिवङ्गत आफन्तको सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आआफ्ना इलाकामा परिक्रमा गराइने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगर परिक्रमा गर्नाले वर्षभरि […]

२ नम्बरमा चुनाव जित्न थप रणनीति बनाउदै कांग्रेस

काठमाडौं,साउन,२४-   नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । प्रदेश नं २ मा आगामी असोज २ गते हुन लागेको स्थानीय तहको तेस्रोचरणको निर्वाचनका बारेमा छलफल गर्न बैठक बोलाइएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा प्रदेश नम्बर २ को निर्वाचन तयारी र पार्टीले लिने रणनीतिको विषयमा हुनेछ । साथै प्रदेशसभा र प्रतिनिधिसभा […]

एन आर एन ए जापानको सदस्य पदका लागि हस्त लामाको उमेदवारी

मिलन मगर, फुकुओका जापान, अगस्ट,८- गैर आबासिय नेपाली संघ (NRNA) जापान को आगामी दुई बर्षको कार्यकालको लागि हुन गैरहेको निर्वाचनको मिती नजिकिदै गर्दा जापानको क्युसु क्षेत्रमा बिगत ऐकदसक देखी बसोबास गर्दै आउनुभअका हस्त लामाले केन्द्रिय सदस्य पदमा उम्मेदवारि दर्ता गरेका छन। जापानमा बिगत एक दशक भन्दा बढी समय बिताइ सक्नु भएको छ । जापानको केन्द्रिय […]

जापानले दुनियाँकै सबैभन्दा शक्तिशाली ‘सुपरकम्प्युटर’ बनाउदै

बिहानी,साउन,२३- जापानले विश्वकै द्रुतगतिको सुपर कम्प्युटर बनाइरहेको छ । यदि यसमा सफल भयो भने जापान बौद्धिक अनुसन्धानको हब (केन्द्र) नै बन्ने आशा गरिएको छ । सुपरकम्प्युटरको गति १३० पेटाफ्लप्स रहनेछ ।यो भनेको एक सेकेण्डमा एक सय ३० मिलियन बिलियन अर्थात् १३० क्वाड्रिलियन क्यालकुलेसन गर्ने उच्च गति हो । कम्प्युटर आगामी २०१८ को अप्रिलसम्म बनाइने लक्ष्य […]

नेमारको स्थानमा,बार्सिलोना फिलिप काउटिन्हो आउने

बिहानी,साउन,२३- कीर्तिमानी रकममा नेमार पीएसजी गएपछि उनको स्थानमा बार्सिलोनाले लिभरपुलका फिलिप काउटिन्होलाई ल्याउने भएको छ। यसैहप्ता उनलाई बार्सिलोनाले भित्र्याउने तयारी गरेको समाचारमाध्यमहरुले जनाएका छन्। लिभरपुलले काउन्टिहोका लागि ९०.२ मिलियन डलर माग गरेको थियो। उक्त रकम तिर्न तयार भएपछि काउटिन्हो बार्सिलोना जाने लगभग निश्चित भइसकेको समाचारमाध्यमको दाबी छ। नेमार २ सय २२ मिलियन यूरो कीर्तिमानी रकममा […]

अफगानिस्तानमा चरमपन्थी हमला

काबुल, साउन २३- अफगानिस्तानको सारीपुल प्रान्तमा भएको चरमपन्थी आक्रमणमा कम्तीमा ५० जना सर्वसाधारणको मृत्यु भएको छ । मारिनेमा महिला र बालबालिकासमेत छन् । सारीपुल प्रान्तको मिर्जावालाङ्ग क्षेत्रस्थित एक सुरक्षा चौकीलाई चरमपन्थीहरुले निशाना बनाएका थिए । यो चौकीको नेतृत्व स्थानीय पुलिस नै लिएका थिए । सुरक्षा चौकीमा आक्रमण गरेपछि चरमपन्थीहरुले गाउँमा रहेका सिया मुसलमानलाई निशाना बनाउन […]

आज राति चन्द्रग्रहण लाग्ने

काठमाडौं,साउन,२३- आज श्रावण शुक्ल पूर्णिमामा राति चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । सूर्य, पृथ्वी र चन्द्रमा समान रेखामा परेर चन्द्रमामा पृथ्वीको छायाँ पर्न जाने खगोलीय प्रक्रिया नै चन्द्रग्रहण हो । आज राति ११ बजेर ७ मिनेटदेखि ग्रहणले स्पर्श गर्ने समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिनुभयो । राति १२ बजेर ६ […]

धनगढी उपमहानगरको बजेट एक अर्ब १४ करोड

कैलाली,साउन,२२- धनगढी उपमहानगरपालिकाले चालू आर्थिक वर्ष २०७४/०७५ का लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । प्रथम नगरसभा अधिवेशन मार्फत उपमहानगरपालिकाका प्रमुख नृप ओडले बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो  । प्रदेश नम्बर ७ को एकमात्र उपमहानगरपालिका रहेको धनगढीको चालू आर्थिक वर्षको अनुमानित आयव्यय बजेट एक अर्ब १४ करोड ४९ लाख ५९ हजार […]