काठमाडौं,साउन,२४- नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । प्रदेश नं २ मा आगामी असोज २ गते हुन लागेको स्थानीय तहको तेस्रोचरणको निर्वाचनका बारेमा छलफल गर्न बैठक बोलाइएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा प्रदेश नम्बर २ को निर्वाचन तयारी र पार्टीले लिने रणनीतिको विषयमा हुनेछ । साथै प्रदेशसभा र प्रतिनिधिसभा […]
Images
एन आर एन ए जापानको सदस्य पदका लागि हस्त लामाको उमेदवारी
मिलन मगर, फुकुओका जापान, अगस्ट,८- गैर आबासिय नेपाली संघ (NRNA) जापान को आगामी दुई बर्षको कार्यकालको लागि हुन गैरहेको निर्वाचनको मिती नजिकिदै गर्दा जापानको क्युसु क्षेत्रमा बिगत ऐकदसक देखी बसोबास गर्दै आउनुभअका हस्त लामाले केन्द्रिय सदस्य पदमा उम्मेदवारि दर्ता गरेका छन। जापानमा बिगत एक दशक भन्दा बढी समय बिताइ सक्नु भएको छ । जापानको केन्द्रिय […]
जापानले दुनियाँकै सबैभन्दा शक्तिशाली ‘सुपरकम्प्युटर’ बनाउदै
बिहानी,साउन,२३- जापानले विश्वकै द्रुतगतिको सुपर कम्प्युटर बनाइरहेको छ । यदि यसमा सफल भयो भने जापान बौद्धिक अनुसन्धानको हब (केन्द्र) नै बन्ने आशा गरिएको छ । सुपरकम्प्युटरको गति १३० पेटाफ्लप्स रहनेछ ।यो भनेको एक सेकेण्डमा एक सय ३० मिलियन बिलियन अर्थात् १३० क्वाड्रिलियन क्यालकुलेसन गर्ने उच्च गति हो । कम्प्युटर आगामी २०१८ को अप्रिलसम्म बनाइने लक्ष्य […]
नेमारको स्थानमा,बार्सिलोना फिलिप काउटिन्हो आउने
बिहानी,साउन,२३- कीर्तिमानी रकममा नेमार पीएसजी गएपछि उनको स्थानमा बार्सिलोनाले लिभरपुलका फिलिप काउटिन्होलाई ल्याउने भएको छ। यसैहप्ता उनलाई बार्सिलोनाले भित्र्याउने तयारी गरेको समाचारमाध्यमहरुले जनाएका छन्। लिभरपुलले काउन्टिहोका लागि ९०.२ मिलियन डलर माग गरेको थियो। उक्त रकम तिर्न तयार भएपछि काउटिन्हो बार्सिलोना जाने लगभग निश्चित भइसकेको समाचारमाध्यमको दाबी छ। नेमार २ सय २२ मिलियन यूरो कीर्तिमानी रकममा […]
अफगानिस्तानमा चरमपन्थी हमला
काबुल, साउन २३- अफगानिस्तानको सारीपुल प्रान्तमा भएको चरमपन्थी आक्रमणमा कम्तीमा ५० जना सर्वसाधारणको मृत्यु भएको छ । मारिनेमा महिला र बालबालिकासमेत छन् । सारीपुल प्रान्तको मिर्जावालाङ्ग क्षेत्रस्थित एक सुरक्षा चौकीलाई चरमपन्थीहरुले निशाना बनाएका थिए । यो चौकीको नेतृत्व स्थानीय पुलिस नै लिएका थिए । सुरक्षा चौकीमा आक्रमण गरेपछि चरमपन्थीहरुले गाउँमा रहेका सिया मुसलमानलाई निशाना बनाउन […]
आज राति चन्द्रग्रहण लाग्ने
काठमाडौं,साउन,२३- आज श्रावण शुक्ल पूर्णिमामा राति चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । सूर्य, पृथ्वी र चन्द्रमा समान रेखामा परेर चन्द्रमामा पृथ्वीको छायाँ पर्न जाने खगोलीय प्रक्रिया नै चन्द्रग्रहण हो । आज राति ११ बजेर ७ मिनेटदेखि ग्रहणले स्पर्श गर्ने समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिनुभयो । राति १२ बजेर ६ […]
धनगढी उपमहानगरको बजेट एक अर्ब १४ करोड
कैलाली,साउन,२२- धनगढी उपमहानगरपालिकाले चालू आर्थिक वर्ष २०७४/०७५ का लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । प्रथम नगरसभा अधिवेशन मार्फत उपमहानगरपालिकाका प्रमुख नृप ओडले बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । प्रदेश नम्बर ७ को एकमात्र उपमहानगरपालिका रहेको धनगढीको चालू आर्थिक वर्षको अनुमानित आयव्यय बजेट एक अर्ब १४ करोड ४९ लाख ५९ हजार […]
पूर्वका नौं जिल्ला बन्द, जनजीवन प्रभावित
काठमाडौं,साउन,२२- राष्ट्रिय जनमुक्ति पार्टी लिम्बुवान राज्य परिषद्ले आज आह्वान गरेको वन्दका कारण अरुण पूर्वका नौ जिल्लाको जनजीवन प्रभावित भएको छ । परिषदको बन्दका कारण पूर्वका ताप्लेजुङ, पाँचथर, ईलाम, झापा, सुनसरी, मोरङ, तेहथुम, धनकुटा, र संखुवासभा गरी ९ जिल्लाको जनजीवन प्रभावित भएको हो । बन्दका कारण बजार, पसल, यातायात, शैक्षिक संस्था उद्योग कलकारखानाहरु ठप्प रहेका छन् […]
फेरि अघि बढ्यो संविधान संशोधनको मुद्दा
काठमाडौं,साउन,२२- सत्ता गठबन्धनले प्रदेश नम्बर २ मा हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनमा आन्दोलनरत तराई–मधेसकेन्द्रित दललाई सहभागी गराउनका लागि संविधान संशोधन प्रस्तावलाई फेरि अघि बढाएको छ। सत्तापक्षले प्रतिपक्ष, आन्दोलनरत राजपासँग संशोधनका एजेन्डा थपघट गराउन अनौपचारिक छलफल चलाएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल एमालेसँग संशोधनका बुँदा लिखित रूपमा राखेर अनौपचारिक छलफल अघि बढाएका छन्। […]
भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहाल विजयी
भरतपुर,साउन,२१- भरतपुर महानगरपालिकाको मेयरमा माओवादी र कांग्रेसकी साझा उम्मेदवार रेणु दाहाल निर्वाचित भएकी छिन ।निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार देवी ज्ञवालीलाई २०३ मतले पछि पार्दै दाहाल मेयरमा निर्वा्चित भएकी हुन । विजयी दाहालले ४३ हजार १२७ मत प्राप्त गरेकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका प्रमुख पदका उम्मेदवार देवी ज्ञवालीले ४२ हजार ९२४ मत ल्याएका छन् […]










