कपिलवस्तुमा सातौदिन पनि विरोधका कार्यक्रम निरन्तर, तौलीहवामा लगाएको निषेधाज्ञा भने हट्यो

अराज सिहं बेल्बासे कपिलवस्तु मंसिर २१-   प्रदेश नम्वर ५बाट पहाडी जिल्लालाइ अलग गराएको विरोधमा कपिलवस्तुका राजनितिक दलले आज सातौदिन पनि विरोधका कार्यक्रमलाइ निरन्तरता दिएका छन् । आफना माग पुरा नहुंदासम्म आन्दोलन जारी रहने बताउंदै सर्बदलिय बैठकले सघर्ष समिति नै बनाएर दैनिक जिल्लाका विभिन्न ठाउंमा अनिश्चितकालीन कपिलवस्तु बन्द लगायत विरोधका कार्यक्रम गदैं आएका छन् ।  बन्दको […]

नेपाल पत्रकार महासंघ बाँके शाखाले सदस्यता विरणमा मनपरी गरेको भन्दै , प्रेस युनियनद्वारा तालाबन्दी

बाँके,मंसिर २० –नेपाल पत्रकार महासंघ बाँके शाखाले सदस्यता विरणमा मनपरी गरेको भन्दै आज संघको कार्यालयमा तालाबन्दी गरिएको छ । महासंघले एकतर्फी रुपमा नयाँ सदस्यता सिफारिस गरेको भन्दै प्रेस युनियन बाँकेले आज तालाबन्दी गरेको हो । कार्यसमिति सदस्य र सल्लाहकारलाई थाहा नै नदिई व्यवसायिक पत्रकारलाई कुनै वास्ता नगरि बहुमतको आडमा राम्रा लाई भन्दा आफ्नालाई महासंघको सदस्यमा […]

फोरम लोकतान्त्रिकका उपाध्यक्षसहित तीन सयले दिए राजीनामा नयां शक्त्ती नेपालमा प्रबेश

अराज सिहं बेल्बासे कपिलवस्तु, मंसिर २० –मधेशी जनाधिकार फोरम (लोकतान्त्रिक) का केन्द्रीय उपाध्यक्ष तथा पूर्व मन्त्री दानबहादुर चौधरीले पार्टीबाट राजीनामा दिएका छन्।  आइतबार कपिलवस्तुको तौलिहवामा पत्रकार सम्मेलन गरी उनले पद तथा पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरे। पत्रकार सम्मेलनमा उनले अध्यक्ष विजयकुमार गच्छदारले पार्टीको नीति र सिद्धान्तलाई लत्याउदै स्वेच्छाचारी ढंगले पार्टी चलाएको आरोप लगाए। […]

संशोधनमा बल गर्दा द्वन्द्व बढ्छ : खनाल

पोखरा, मंसिर २० नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले संविधान कार्यान्वयनमा लाग्नुपर्ने बेलामा संशोधनका लागि जोड गर्दा मुलुकमा द्वन्द्व बढ्ने बताउनुभएको छ । पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुदमा खेलाडी पठाउन पश्चिमाञ्चलका लागि पोखरा रंगशालामा आज सुरू छनोट खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै उहाँले भन्नुभयो, ‘अहिलेको समय संविधान कार्यान्वयन गराउनको लागि हो, संशोधन गर्ने […]

पार्टीभित्र पुनः शक्तिमा उदाउने रणनीतिमा खड्का

काठमाडौं, मंसिर २० –कांग्रेस नेता खुमबहादुर खड्का पार्टीभित्र पुनः शक्तिमा उदाउने रणनीतिमा लाग्नु भएको छ ।गत फागुनमा सम्पन्न १३ औं महाधिवेशनमा शेरबहादुर देउवालाई सभापतिमा जिताउन प्रमुख भूमिका खेलेका खड्का यतिखेर पार्टीका हरेक तहमा बार्गेनिङ गर्दै आफ्नो ‘स्ट्रेन्थ’ बढाउँदै लाग्नु भएको छ ।नेता खड्का अहिले हिन्दु अधिराज्यको महाभियानमा लाग्नु भएको हो ।त्यसैलाई आधार बनाएर उहाँले पार्टीका […]

राष्ट्रपतिद्वारा सहमतिमा अघि बढ्न दलहरुलाई सुझाव

काठमाडौं, मंसिर २०- राष्ट्रपति विद्या भण्डारीले दलीय सहमतिमा अघि बढ्न विभिन्न दलका नेताहरुलाई सुझाव दिनुभएको छ ।संविधान संशोधनको विषयलाई लिएर राष्ट्रपति भण्डारीले आइतबार साँझ आयोजित सर्वदलीय बैठकमा यस्तो सुझाव दिनुभएको हो ।तल निवासमा भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख ओनसरी घर्तीसहित व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरु सहभागी भएका थिए ।बैठकमा संविधान संशोधन, कार्यान्वयन, […]

सरकारसंग १२ बुँदाको सम्झौता पछि डा.केसीद्धारा दशौं अनसन फिर्ता

काठमाडौ,  मंसिर १९ – सरकारी टोलीसंग १२ बुँदाको सम्झौता गरेपछि डाक्टर केसीले आफ्नो दशौं अनसन तोड्नु भएको छ । शिक्षण अस्पताल महाराजगञ्ज स्थित अनसनस्थलमा उनलाई भूकम्पमा परेका अढाई बर्षीय बालक मर्साङ तामाङको हातबाट जुस पिलाइएको थियो ।चिकित्साशास्त्र अध्ययन संस्थान आइओएममा डीन वरिष्ठताका आधारमा नियुक्ति लगायतका १० बुँदे माग डा। केसीले अनसन सुरु गर्नुभएको थियो ।पछिल्लो सहमतिमा […]

संसद बैठक आज पनि अवरुद्ध, अर्को बैठक २२ गते बस्ने

काठमाडौ, मंसिर १९- व्यवस्थापिका संसदको वैठक बुधबार सम्मलाई स्थगित भएको छ । संसद भवन नयाँ बानेश्वरमा आज बसेको वैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लगाएतका दलहरुले अबरोध गरेपछि संसद वैठक बुधबार सम्मलाई स्थगित गरिएको हो ।संसद सुरुहुने वित्तिकै नेपाल मजदुर किसान पार्टीकी सांसद अनुराधा थापा मगरले सरकारले ल्याएको संविधान संशोधन विधयेक प्रस्ताव फिर्ता गर्न माग […]

अवधी पत्रकार संघ नेपाल केन्द्रीय समितिको बैठक तथा पदभार

नेपालगन्ज ,मसिंर १८ –अवधी पत्रकार संघ नेपाल केन्द्रीय समितिको आज बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ । नव निर्वाचित संघका केन्द्रीय अध्यक्ष राकेश कुमार मिश्रको अध्यक्षतामा बसेको पहिलो बैठकले संघको प्रथम महाधिबेशन सफलतापुर्वक सम्पन्न गराउनमा निर्वतमान अध्यक्ष लगायत सम्पुर्ण कार्यसमिति, निर्वाचन समिति, तथा विभिन्न सहयोगी निकायलाई धन्यावाद ज्ञापन गर्ने निर्णय गरेको छ । यस्तै बैठकले एक […]

वडा नागरिक मञ्चको संयोजकमा केदार प्रसाद आचार्य चयन

बाँके,मंसिर १८-नेपालगञ्ज उपमहानगरपालिका वडा नम्वर १३ स्थित वडा नागरिक मञ्चको संयोजकमा केदार प्रसाद आचार्य चयन हुनु भएको छ । वडा नम्वर १३ वडा नागरिक मञ्चको हिजो गठित मञ्चका २७ सदस्यले आज एक समारोहबीच सर्वसम्मत संयोजक सहितको व्यवस्थापन समिति चयन गरेका हुन् । उप संयोजकका रुपमा दुई कार्यकाल पुरा गर्नु भएका आचार्य संयोजक, नर बहादुर विष्ट […]