दाङमा बस बाढीले बगाउदा १७ जना घाईते

पाँचको अवस्था गम्भीर

दाङ,साउन,२१-

दाङको ग्वार खोलामा आएको बाढीले यात्रुवाहक बस बगाउँदा १७ जना यात्रु घाइते भएका छन् ।घाइतेमध्ये पाँचको अवस्था गम्भीर रहेको जनाईएको छ ।

धनगढीबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको ना४ख ८१३६ नम्बरको यात्रुबाहक बस आइतबार राति खोलाले बगाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो ।

उनीहरुको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ।घाइतेमध्ये दुई जना गम्भीर रहेको प्रहरीले जनाएको छ। लगातारको वर्षापछि स्थानीय खोलामा आएको बाढीले तुलसीपुर-लमही सडकखण्डमा यातायात सेवा प्रभावित भएको छ ।

प्रहरीका अनुसार तुलसीपुर–लमही सडकखण्डको बबई, कटुवा खोला, सेवार, गुर्जे, ग्वारखोलालगायका खोलामा आएको बाढीले आइतबार दिउँसोदेखि यातायात प्रभावित थियो।

साना सवारी साधन सबै ठप्प भएका थिए भने ठूला सवारी साधन भने फाटफुट सञ्चालन भएका थिए।खोलामा ठूला सवारी साधन जोखीम मोलेर सञ्चालन भए पनि साना सवारी साधनहरु अझै चल्न सकेका छैनन्। साभार नेपालखबरबाट