जापानलाई नेपाल जस्तो नबनाईदिनु : वरिष्ठ सञ्चारकर्मी भूषण दाहाल

फाईल तस्विर ||

टोकियो,जापान,१९-वरिष्ठ सञ्चारकर्मी भूषण दाहालले जापानलाई नेपाल जस्तो नबनाईदिन सम्पुर्ण नेपाली नागरिकलाई अनुरोध गर्नु भएको छ।

आज शनिबार टोकियोको सिनओकुबो स्थित सोलमारी रेष्टुरेण्टको मुरा हलमा सिटी एक्सप्रेस र समुन्द्रपारी डटकमले संयुक्त आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुको प्रश्नको जवाफ दिने क्रममा उहाँले जापान बस्ने सम्पुर्ण नेपाली नागरिकलाई यस्तो कुरा बताउनु भएको हो।

वरिष्ठ संचारकर्मी “दाहालले भन्नुभयो” पछिल्लो समय नेपाल देखी जापान आउने नेपालीको संङ्ख्या उल्लेखनीय मात्रामा बढेकोले जापानको नियम कानुन कतिले जानी जानी र कतिले थाहा नपाएर काम गर्दा त्यसले विकृती र विसङ्गती बढ्ने भएको हुदाँ यस्तो कुरामा सचेत भईदिन सबैलाई आग्रह गर्नु भएको हो।

“उहाँले भन्नुभयो” यहाँ बस्ने तपाईहरु भनेको हरेक व्यक्ती देशको प्रतिनिधीत्व गर्ने पात्र भएको हुदाँ तपाईहरुले गर्ने सानो तिनो नराम्रो कामले गर्दा जापानीजहरुले नेपाली नागरिक प्रती हेर्ने दृष्टिकोण र पछि यस ठाँउमा बसोबास गर्ने प्रवासी नेपाली समुदायलाई ठुलो असर पार्ने बताउनुभयो।

“आफ्नो जापान भ्रमण दोस्रो भएको र जापान बस्ने नेपाली नागरिकको हरेक समस्या नजिक संग नियाली रहेको छु,”नेपाल देखी जापानमा कामदारको रुपमा ल्याउनु भएका  कैयौं व्यक्तीको धेरै गुनासाहरु रहेछन्।यस्तो कुरामा सम्बन्धीत व्यक्तीले नै यहाँको नियम कानुनमा रहेर उसले पाउनु पर्ने अधिकार अनुसार निश्पक्ष तवरले काम गर्न र गराउने कुरामा जोड दिनुभयो।

सहभागीले राखेको राजनीतीक सम्बन्धी एक फरक प्रसंगमा “उहाँले भन्नुभयो” म कुनै पनि राजनितीक पार्टी संग आवद्ध छैन्, न कि कुनै जवाफ दिने सरकारी संयन्त्रमा आफू नभएको कुरा बताउदै आफू कार्यरत मिडीयाबाट जनताका समस्या र गुनासोलाई जस्ताको त्यस्तै ऐनाको रुपमा काम गर्दै सम्बन्धीत निकायहरुलाई झकझकाउन आफूले निरन्तर प्रयत्न गर्ने बताउनुभयो।

“उहाँले अगाडी भन्नुभयो” अब विदेशमा बसेर देशको चिन्ता गरेर मात्र हुदैँन, चिन्तन गर्न पनि उत्तीकै जान्नु पर्छ, त्यसैले राजनितिक दलका नेताहरुलाई गाली गरेर मात्र हुदैँन, तपाईहरु त यस्तो विकसित देशमा बस्नु भएको छ।

यहाँको नियम कानुन कसरी पालना गर्ने कसरी काम गर्ने सबै कुराको अनुभव लिई सक्नु भएको छ,यदि साच्चै देश प्रती माया र आफ्नो देश बनाउनु छ भने राजनितीक दलका नेतालाई गाली गर्नु भन्दा पनि चुनावको बेला एक पटक नेपाल गएर सचेत नागरिक चुन्ने ल्याकत राख्न पनि विदेशमा बस्ने सबै नेपालीलाई आग्रह गर्नुभयो।

अब देश बनाउनु छ भने नेतालाई गाली गरेर होईन अरुलाई दोषारोपण गरेर मात्र हुदैँन,आफैले भित्री मन देखी सोच्नु पर्छ, किनकि जुन व्यवस्था हामीले चाहेका थियौं, भलै त्यो व्यवस्था त आए होला तर तपाई हामीले चाँहे जस्तो परिवर्तन भएको छैन्।

अहिले नेपालको हरेक क्षेत्रमा राजनितीक छिरेपछि कर्मचारी संयन्त्र, प्रशासन र शैक्षीक क्षेत्रमा ठुलो असर पुर्याईसकेको छ।जसको कारणले गर्दा कुनै न कुनै दिन देशले ठुलो नोक्सानी व्यहोर्नु पर्ने बेला नआउला भन्न सकिन्न, त्यसैले अहिले यो कुरालाई विदेशमा रहनु भएका १ करोडको हाराहारीमा बस्ने नेपाली नागरिकले सोच्न जरुरी रहेको बताउनुभयो।

सहभागीहरुको पटक पटक एउटै प्रश्न दोहोरिदा अली एग्रेसिप हुदैँ “वरिष्ठ संचारकर्मी दाहालले भन्नुभयो” कसैले कसैलाई दोषारोपण भन्दा पनि हरेक काम कुरामा निष्पक्ष भएर आफू बाटै सुरुवात गर्न जरुरी रहेको बताउनुभयो।आफूले कतिपय काम पर्दा पछाडी बसेर सहयोग गरेको भन्दै राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सहभागीलाई सुल्झ्याउनु भयो।

अब प्रमुख मिडीया र सामाजीक संजालमा आएका सानो तिनो भिडीयोको क्लिपहरु हेरेर प्रमुख मिडीयाले नै लेखेको हो भन्ने भाष्य नपार्न र कुन प्रमुख मिडीया र कुन सामाजीक संजालमा सर्वसाधारण मान्छेले भिडीयो सम्प्रेषण गरेका हुन्।त्यो कुरा स्वयम दर्शकले छुट्टाउनु पर्ने बताउनुभयो।

उहाँले अन्तमा देश विदेशमा रहेका आम नेपालीजन प्रती आउदै गरेको बडादशैँको पावन अवसरमा सुख शान्ती, सम्वृद्धी तथा सु-स्वास्थ्य एवंम दिर्घायूको उत्तरोत्तर प्रगतीको शुभकामना व्यक्त गर्नुभयो।

साथै उहाँले नेपाली समाजलाई समुन्नत बनाउन सबैको साथ, सहयोग र ऐक्यबद्धता सहित सामाजिक सहिष्णुता र सदभाव अझै अभिवृद्धि हुने र यस वर्षको दशैँले सबैको मनमा हर्षो उल्लाष र उमंग मीलोस् भन्दै शुभेच्छा पनि प्रकट गर्नुभयो।