५ पटक चुनाव वहिष्कार गरेका थवाङी आज मताधिकार प्रयोग गर्दै

रोल्पा,असार, १४-

सधैं एक्लिएको अनुभव गर्दै आएका रोल्पा, थवाङका मतदाता यतिखेर मतदानको प्रतिक्षामा छन् ।इएतिहासमै चुनावबाट टाढा रहेको उनीहरुले स्थानीय तहको चुनाव नदेखेको धेरै भयो ।

आज हुने निर्वाचनमा मतदान गर्न थवाङीहरु व्यग्र प्रतिक्षामा छन् । थवाङीले यसअघिका २०३८, २०५१, २०५४, २०५६ र २०७० सालका चुनाव वहिष्कार गरेका थिए ।