मेरै बदनामको अपार सफलता पछि शिब खनालको तिज कोशेली“चट्ट मायालु“

अराज सिहं बेल्बासे,

कपिलबस्तु,असार,२७ –
लोक तथा दोहोरी गायक शिब खनाल र गायिका बर्षा लम्सालको तीजको एल्बम “चट्ट मायालु“ सार्वजनिक भएको छ । दुबै जनाको स्वर भएको उक्त गितको म्युजिक भिडियोमा चर्चित मोडल पार्वती राइ र राजु महोत्राले अभिनय गरेका छन भने विष्णु भट्टराईले निर्देशन गरेका छन ।

तीजको गितमा आफ्नी मायालुलाइ प्रशंसा गरेको भाव समेटिएको उक्त गितमा गायक बिधान कार्कीले लय भरेका हुन भने शब्द स्वयंम गायक शिब खनालको रहेको छ । उक्त गितलाइ स्वाभिमान क्रियशनले बजार ब्यवस्थापन गरेको छ भने अविरल फिल्म्सले दृश्य निर्माण गरेको छ ।

बुटवलको एशियन होटलमा छायांकन गरिएको भिडियो मा सगुन शर्माको श्रीन्गार छ भने बिष्णु भट्टराईकै छायांकन सम्पादन रहेको छ िमिनुजÞ रानाको नृत्य निर्देशन रहेको भिडियो युटुबमा सार्बजनिक भएको छ ।

 भिडियो  हेर्नुहोस् ।

https://www.youtube.com/watch?v=kCcquqjdABs